संयोग नेपालकाठमाडौं । मिस नेपाल २०१८ श्रृंखला खतिवडाको जन्म २२ वर्षअघि मकवानपुरको हेटौंडामा भएको हो । पारिवारिक पृष्ठभूमि राजनीतिक थियो । श्रृंखला पढ्नमा सानैदेखि परिश्रमी र क्षमतावान थिइन् । श्रृंखलाका बुवा बिरोध खतिवडा तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाकी सदस्य हुनुहुन्छ भने आमा मुनु सिग्देल प्रदेश नम्बर ३ बाट प्रदेश सभा सदस्य हुनुहुन्छ ।
श्रृंखला ललितपुरको थैसीखेलमा बस्छिन् । श्रृंखलाले एलएलसीसम्मको पढाइ हेटौंडा एकेडेमीबाट पूरा गरेकी हुन् भने कक्षा १२ सम्मको अध्ययन काठमाडौंको गोल्डेनगेट कलेजबाट पूरा गरिन् । कक्षा १२ पछि श्रृंखलाले ललितपुरको पुल्चोक इञ्जिनियरिङ कलेजबाट कलेज टप हुँदै आर्किटेक्ट इञ्जिनियरिङको पढाइ पूरा गरिन् । उनी भविष्यमा किताब लेख्ने योजनामा छिन् ।
स्नातकसम्मको अध्ययनपछि श्रृंखलामा एउटा अचम्मको इच्छा पलायो । जुन उनको अध्ययनको विषय भन्दा बिल्कुल फरक थियो । उनले सौन्दर्य प्रतियोगितामा भाग लिने निर्णय गरिन् । पढाइ, किताब र कलेजको नियमित कार्यतालिका भन्दा फरक शैलीको जीवन रोजेकी श्रृंखलाका लागि ग्ल्यामर, मेकअप र क्राउडमा आउनु सजिलो थिएन । तर त्यो असहज परिस्थिति सामना गरेर नै श्रृंखलाले मिस नेपाल २०१८ को ताज पहिरिन पुगिन् ।
मिस नेपाल भएको केही साता मिडिया र विभिन्न औपचारिका कार्यक्रममा संलग्न श्रृंखला त्यसपछिका दिनमा समाजसेवामा सक्रिय बनिन् । श्रृंखला गृहजिल्ला मकवानपुरको चेपाङ बस्ती कैलाश गाउँपालिकामा एउटा अस्पताल बनाउने अभियानमा छिन् । अस्पतालका लागि भवन निर्माणको काम सकिइसकेको छ भने बाँकी काम पनि द्रूत गतिमा भइरहेको छ । श्रृंखलाले अस्पताल निर्माणका लागि अहिलेसम्मको सबै कमाई खर्च गरेकी छन् ।
उनै मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा छिन् । डिसेम्बर ८ मा हुने प्रतिस्पर्धाका लागि विश्वका १ सय २१ देशका सुन्दरीको सहभागिता छ । सबैलाई आफूप्रति आकर्षित गर्नसक्ने क्षमता भएकी श्रृंखलाले चीनमा भइरहेको प्रतिस्पर्धामा नेपालको संस्कृति झल्कने विभिन्न प्रस्तुति दिइरहेकी छन् । हालसम्मको अवस्था हेर्ने हो भने उनी १ सय २१ देशका सुन्दरीलाई पछि पार्दै भोटिङमा एक नम्बरमा छिन् ।
https://www.youtube.com/watch?v=IeKU25sekEE&t=19s
यस्तै आज बिहानबाट श्रृंखलाको हेड टु हेड च्यालेन्ज पनि सुरु भएको छ । आज बिहान पौने ७ बजे मिस वर्ल्डले सार्वजनिक गरेको भिडियोमा उनीसहित अर्जेन्टिना, बोस्निया एण्ड हर्जेगोभिना, गुम, लक्जेम्बर्ग र मोल्डोभाका प्रतिस्पर्धीहरुसँगको कुराकानीलाई प्रस्तुत गरिएको छ । हेड टु हेड च्यालेन्ज सार्वजनिक भइसकेपछि पनि भोटको आवश्कता पर्ने श्रृंखला बताउँछिन् । मिस नेपालको आधिकारिक युट्युब च्यानलका अनुसार हेड टु हेड च्यालेन्जका लागि चार तरिकाबाट भोट गर्न सकिन्छ ।
श्रृंखलालाई भोट गर्न निम्न ४ विधि अपनाउन सकिन्छ ।- भोट गर्नको लागि उनीहरुको पेज लाइक गर्नुपर्नेछ । जसको लागि श्रृंखलाको फेसबुक पेजको लिंक हामीले यहाँ राखेका छौँ ।
- यस्तै श्रृंखलालाई भोट गर्नको लागि मिस वर्ल्डको आधिकारिक वेबसाइट मा गएर उनीहरुको प्रोफाइलमा गई पनि भोट गर्नुपर्छ ।
- यस्तै यसअघि गरेको जस्तै मोवस्टा एपमा गएर बाँयाबाट दायाँतर्फ फोटोलाई स्वाइप गर्नुपर्नेछ भने त्यहाँ भएका श्रृंखलाका सबै फोटोहरुम लाइक र कमेन्ट गर्नुपर्ने हुन्छ
१. मोब्स्टार MobStar एप डाउनलोड गर्नुहोस् ।२. कुनै पनि सामाजिक सन्जाल एकाउन्टबाट लग इन गर्नुहोस् ।३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गनुहोस् ।४.निलो थोप्लो भएको प्रोफाइल Shrinkhala लाई फलो गर्ने (आइओएसमा पहेँलो थोप्लो)५. प्रोफाइल भित्र गई फोटो, भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औँलाले सार्ने)६. कमेन्ट गर्ने, कमेन्ट पनि भोटमा गणना हुन्छ ।
- त्यसैगरि श्रृंखलालाइ याे लिंकबाट पनि भोट गर्न सकिने व्यवस्था छ । यो लिंक क्लिक गरेपछि त्यहाँ भित्र भएको उनको प्रोफाइलमा गएर भोट गर्नुपर्नेछ ।
यस्तो छ श्रृंखलाको हेड टु हेड च्यालेन्जको भिडियोः