भगीरथ भण्डारी
इलाम । माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा भक्तजनहरुकोे घुँइचो लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमामा गजुरमुखी धाममा गएर पूजा गरे मनोकांक्षा पूराहुने जनविश्वासले गर्दा गजुरमुखि धाममा घुँइचो लागेको हो ।
![](https://45.77.241.73/wp-content/uploads/2018/11/IMG_3142-1024x768.jpg)
इलामको गजुरमूखि धाममा दर्शन र पूजापाठ गर्न आउने भक्तजनहरुको घुइँचो लागे सँगै धाम आसपासमा पाल टागेर पाँचसय बढी अस्थायी टहराहरु निर्माण गरी होटल तथा अन्य व्यवसायहरु संचालन गरिएको छ । गजुरमुखीमा कार्तिक पुर्णिमामा मेला लाग्ने र गजुरमुखि धाम दर्शन गर्र्दा, भाकल बुझाउदा र पूजापाठ गर्दा मनोकांक्षा पूराहुने जन विस्वासले गर्दा भक्तजनहरुको भिड लागेको हो ।
यहाँ बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने युवा यूवतिले गजुरमुखिको दर्शन गरी विवाह गर्दा सोचेको पुरा हुने धार्मिक विश्वास रहेकाले देवीको दर्शन र पूजा अर्चना गर्ने संयौको संख्यामा भक्तजनहरु आउने गर्दछन ।
![](https://45.77.241.73/wp-content/uploads/2018/11/IMG_3133-1024x768.jpg)
धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखी इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा पर्दछ । चार खोलको जिल्लाले परिचीत इलाम चार माई मध्ये देउमाईको किनारामा पर्ने गजुरमुखी बागबिर लिम्बूले गजुरमुखीको पत्तालगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको इतिहास पाइन्छ । यसको उत्पतीकरिव २ सय ५० वर्ष अगाडी भएको पाइन्छ ।
![](https://45.77.241.73/wp-content/uploads/2018/11/gajur-mukhi-2.jpg)
गजुरमूखि धाम पुग्नका लागि माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुदै पैदल र सवारी साधनमार्फत भक्तजनहरु पुग्ने गर्दछन ।
![](https://45.77.241.73/wp-content/uploads/2018/11/IMG_3111.jpg)
गजुरमुखि धाममा इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जि्लिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गर्छन ।
![](https://45.77.241.73/wp-content/uploads/2018/11/gajur-mukhi-3-1024x768.jpg)