काठमाडौं । नेपाल र भारत विभिन्न भाषाले एउटै मञ्चमा आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर मिलेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित‘नेपाल भारत काव्य सन्ध्या मञ्च’मा सर्जकहरु एटटै मञ्चमा जुट्ने मौका मिलेको हो ।
हिमालिनी हिन्दी मासिक पत्रिका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा संचालन भएको काव्य सन्ध्यामा स्रष्टाहरुले नेपाली, हिन्दी, बंगाली, गुजराती र लगायतका भाषामा कविता वाचन गरे ।
कार्यक्रममा भारतको विभिन्न प्रदेशबाट ४० स्रष्टाले आफ्नो रचना प्रस्तुत गरे । नेपालका कविहरूले पनि विभिन्न शिर्षकमा आफ्ना कविता वाचन गरे । हिमालिनीका सम्पादक डा. श्वेतादीप्तिले हिन्दी आफ्नो कविता वाचन गर्नुभयो । नेपाली कवियत्रीहरु माबिनाथिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ र सन्ध्या पहाडीले आफ्ना रचना वाचन गर्नुभयो ।
कवि तथा गीतकार वसन्त चौधरीले हिन्दी गजल प्रस्तुत गर्दा सभा हल नैं गुञ्जमान भएको थियो । गुजरातकी डा. उषा उपाध्याय, विणा बुद्धकी, अच्युतानन, किरण कुमारी, पुण्यादेवी, परवेज हुसैन, रंजितगुगोई, मिताली भट्टाचार्य, वन्दना श्रीवास्तव, र धनाकर ठाकुरले कविता वाचन गर्नुभयो ।
भारतीय साहित्कार टोलीको प्रमुख डा. रामचन्द्र रायले नेपालबाट प्रकाशित हिन्दी पत्रिका हिमालिनीप्रति स्रहना व्यक्त गर्नुभयोहिमालिनीका प्रवन्धनिर्देशक सच्चिदानन्द मिश्र, सम्पादक श्वेता दीप्ति, ्््र प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले कार्यक्रमबाट नेपाल र भारतका साहित्यकारहरुबीच सद्भाव कायम गर्न मद्धत पुग्ने धारणा व्यक्त गर्नुभयो ।