भगीरथ भण्डारी
इलाम । सरकारले २० वर्ष पुगेका सवारी साधनमा रोक लगाएपछि पहाडी क्षेत्रको पर्यटकीय ठाउँ सन्दकपुरसम्मको यात्रामा समस्या भएको छ ।
इलामको महत्वपूर्ण पर्यटकीय गन्तव्य सन्दकपुर पुग्न ल्याण्डरोभरबाहेक अरु विकल्प छैन । तर, नेपालमा ल्याण्डरोभर गुड्न नपाउँदा भारतीयले त्यसको फाइदा उठाएका छन् । नेपालमा प्रतिबन्ध हुँदा भारतमा एसोसिएशन बनाएर संरक्षण गरिएको छ ।
माने भञ्ज्याङदेखि सन्दकपुर र माथिल्लो क्षेत्र जान अन्य सवारी पाइँदैन । नेपालमा प्रतिबन्ध लागेपछि पर्यटकहरु भारतीय ल्याण्डरोभरमा नेपाल घुमिरहेका छन् । ६० वटाको हाहारहारीमा सञ्चालनमा रहेको ल्याण्डरोभर चलाउन नपाइएपछि समस्या भएको हो । ल्याण्डरोभर थन्किएपछि मजदुर पनि बेरोजगार भएको पूवेली जीप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताउनु भयो ।
पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङ लगायत पहाडी जिल्लामा दुईसय ५० भन्दा बढी ल्याण्डरोभर गाडी सञ्चालनमा थिए । उमेर हदपछि सबै गाडी थन्किएका छन । धनकुटामा मात्रै ४४ ल्याण्डरोभरले हिलेबाट सनबालुवा, अधेरी घाँट, संखुवासभाको चेवाबेसी, चानवा र सगरमाथा यात्राको अन्तिम विन्दसम्म ल्याण्डरोभरले सेवा दिँदै आएका थिए । नियमित रुपमा सवारीका साधन नजाने भएपछि पहाडी क्षेत्रमा उत्पादित तरकारी, दुग्धजन्य बस्तु बजारसम्म पुग्न पाएका छैनन् ।
तेह्रथुमको कतिपय गाउँको समस्या पनि धनकुटाको विकट क्षेत्रको भन्दा फरक छैन । तेह्रथुममा ११ ल्याण्डरोभर थिए । आठराई, तेह्रथुम सम्दु, छातेढुङ्गा, चुहानडाडा, सिर्जुङलगायतका क्षेत्रमा ल्याण्डरोभरले सेवा दिँदै आएका थिए । गएको चैत यता ती क्षेत्रमा ल्याण्डरोभर चलेका छैनन् ।। ‘गाडी नहुँदा पेन्सन थाप्न बुढापाकालाई डोकोमा बोकेर ओहोरदोहोर गराउनुपर्ने बाध्यताछ,’ तेह्रथुमका दिने शभट्टराईले भने, ‘सुत्केरीलाई ट्याक्टरको भर पर्नुपर्ने बाध्यता छ ।’
भोजुरमा पनि ल्याण्डरोभको अभाव खड्किएको छ । भोज पुरको सदरमुकाम नजिकको ठाउँहरुमा समेत पुग्नका ल्याण्डरोभरको भर थियो । त्यहाँ पनि समस्या उस्तै भएको स्थानीय सुरेश मोक्तान बताउछन ।