नम्रता बानियाँ काठमाडौं । जब चिनियाँ सरकारको कुरा आउँछ, तब सामान्यतया तपाईंको दिमागमा के आउँछ ?
चीनको ग्रेट वाल, फेन सूई, त्यहाँको खानेकुरा, पाण्डा, सस्ता सामान, कम्युनिष्ट प्रणाली, मार्सल आर्टस् यस्तै–यस्तै कुरा तपाईंको दिमागमा आउन सक्छ । यी सब चीनबारे सामान्य अवलोकन हो । अनि यी सबै साँचो विश्लेषण पनि हो । तर आधुनिक चीनको विकासमा अरु पनि सूची थपिएका छन् । केही कुरा त्यस्ता छन् जुन चीनको निम्ति निकै दुर्लभ छ । त्यो कुरा के होला भनेर तपाइइं सोच्दै हुनुहुन्छ भने त्यो हो चीनका धेरैजसो राजनीतिज्ञको वैज्ञानिक र इञ्जिनियर पृष्ठभूमि ।
यो वास्तविकता प्रमाणित गर्न आउनु होस् एउटा मनको खेल खेलौँ । तपाईं एउटा यस्तो शीर्ष राजनीतिज्ञको नाम लिनुहोस् जो वैज्ञानिक वा इञ्जिनियर पृष्ठभूमिबाट हुनुहुन्छ । कृपया यो प्रश्नको उत्तर गुगलमा नहेर्नुहोला । मलाइ थाहा छ, तपाईं अड्कल लगाउँदै हुनुहुन्छ होला त्यस्तो राजनीतिज्ञ अमेरिकाबाटै हुनुपर्छ ।
तर तपाईं गलत हुनुहुन्छ । चिनियाँहरु आफ्नो राजनीतिज्ञलाई निकै आदर र सम्मान गर्दछन् । किनकी चिनियाँ राजनितिमा वैज्ञानिक र इञ्जिनियरलाई मात्र योग्य मानिन्छ र सबैजसो त्यही पृष्ठभूमिबाट आएकालाई मात्र मौका पनि दिइन्छ । चिनियाँ सरकारले राजनीतिक मामिलामा त्यस्ता व्यक्तिलाई मात्रै सक्षम मानेको छ जो वैज्ञानिक र इञ्जिनियरिङ्बाट आएका छन् । उनीहरु सार्वजनिक मामिलाको कार्यालयलाई त्यस्तै व्यक्तिले मात्र सम्हाल्न सक्दछन् भन्ने कुरामा विश्वास राख्छन् । यति मात्र नभई उनीहरु अरुको तुलनामा निकै अनुशासित हुने गरेको तथ्य समेत बाहिर आएको छ ।
यो भन्दा अघिल्लो प्रशासनलाई नै हेर्ने हो भने पनि ९ औँ सरकारमध्ये ८ सरकारी अधिकारी वैज्ञानिक र इञ्जिनियर थिए । चीनका शीर्ष राजनीतिज्ञहरु अहिले कोही अर्थशास्त्री कोही पत्रकार त कोही खोजकर्ताका रुपमा उदीयमान भइरहेका छन् । यद्यपि सरकारका अधिकांश सिट भने वैज्ञानिक र इञ्जिनियरले नै ओगटेका छन् र यिनीहरुले नै सरकारी अफिस सम्हालेका छन् ।
चीनका राष्ट्रपति सी जिन पिङ्ले सिङ्हुवा विश्वविद्यालयबाट रसायन इञ्जिनियरिङ् पढ्नु भएको थियो । धेरै तथ्यहरुले यो प्रमाणित समेत गरेको छ कि चिनियाँ सरकारमा वैज्ञानिक र इञ्जिनियरको बाहुल्यता देखिन्छ । ८० प्रतिशत भन्दा बढी सांसदले इञ्जिनियरिङमा ४ वर्षी स्नातकोत्तर गरेका छन् ।स्रोतः