–कुमार केसी
म तामसिक पुरुषबेस्वाद अनि अस्पृश्य भोजन जस्तोम सात्विक हुन चाहेर पनि त बन्न सकिनँकिनकि,मेरा वरिपरि भएका हुँडार र ब्वासाहरुलेचिथोरी चिथोरी रक्तमुच्छेल पारेरखाएका मांसपिण्ड देख्दाम विक्षिप्त हुन पनि त सकिनँकिनकि, म निर्दयी तामसिक पुरुष
निर्मला पन्त हुन् या सम्झना दासहरुसत्तरी कि आमा हुन या सात कि छोरीबूढो होस् या कलिलो स्वाद लिएरशिकार गरिएका छन्यी त देखिएका शिकारहरुयस्ता अनगिन्ती कुनामा, खोल्सामाभएका अदृश्य बहिसाब शिकारहरुकतै एसिडको हतियार त कतै बाहुबली हातहरुमैले रोक्न पनि त सकिनँकिनकी, म लाचार तामसिक पुरुष
मलाइ देखेर हजारौँ छाकसँगै खाना खाएकी मेरी श्रीमतीमलाइ देखेर मेरो लामो आयु र आरोग्यको कामनासहितओखर फुटाउने मेरी बहिनीहरुअनि, अनि मेरो काखमा लुटुपुटु गर्ने मेरी छोरीहरुमबाट तर्कन थाले, मलाइ देख्दा एकपटक सोच्न थालेभय बोध गर्न थालेचाहेरै पनि त मैले आफूलाई सात्विक बनाउन सकिनकिनकि, म निर्लज्ज तामसिक पुरुष
म संरक्षक हैन, म भक्षक, रक्तपिपासु, यौनपिपासुबलात्कारी, व्यभिचारी अनि म शिकारीदिनभरि शिकार र मौकाको खोजीमा हिँड्ने ।त्यसैले त म अघोरी तामसिक पुरुषलास र चिहानहरुमा रमाउनेरोदन र चीत्कारलाई संगीत सम्झनेअनि, अनि म क्रूर मानसिकताको रोगीचाहेर पनि सात्विक बन्न सकिनँकिनकि म क्रुर तामसिक पुरुष ।