बिना श्रेष्ठ‘चुलबुल’ शब्द उहाँको गीतमा मात्र होइन, व्यवहारमा पनि लागू हुन्छ । ६३ औं वसन्तमा टेकिरहँदा उहाँमा अहिले पनि जोश उस्तै छ, अझै केही गर्ने आँट छ । हाँसी–मजाक गर्नुपर्ने बानी छ, अनि पनि उत्तिकै चुलबुले...स्वभाव । यस्तै स्वभावले चिनिनु हुन्छ वरिष्ठ गायक पेमा लामा । उहाँको अहिलेसम्मको जीवन भोगाईमा धेरै रोचक प्रसङ्ग छन् ।
उहाँले अहिलेसम्म धेरै गीत गाउनु भएको छ । उहाँका गीत कर्णप्रिय छन् । केही गीत कालजीय बनेका छन् । उहाँको बारे जान्ने मनसायले हामी यस पटक दार्जिलिङतर्फ लाग्यौं । धेरै चुलबुल नगर बैनी, बतासैले उडाईदेला तिम्रो पछ्यौरी ...., म त भाग्दिन , अब कँही मेरी मायालु ....। यी गीत सुनिरहँदा उहाँलाई नजिकबाट बुझ्ने चाहनाले । उहाँ गम्भीर स्वभाबको ,कम बोल्ने हुनुहुन्छ होला भन्ने हाम्रो ठम्याई थियो । यस्तै ...यस्तै उहाँे बारे विभिन्न प्रसङ्ग हाम्रो टीममा चल्दै थियो ।
यिनै प्रसङ्ग चल्दा चल्दै स्कुलको घण्टी बज्यो । एकहुल बिद्यार्थी उकुस–मुकुस गर्दै कक्षा कोठाबाट निस्किएर स्कुलको प्राङ्गणमा खेल्न थाले । अर्कोे हुलबाट एक भद्रपुरुष बालबालिकालाई पन्छाउदै हामी नजिक आउनुभयो । हामीले शुरुमा त ठम्याउनै सकेनौं । एकैछिनको औपचारिक कुराकानीपछि पो थाहा भयो । उहाँ त्यति व्यक्ति हुनुहुँदोृ रहेछ, हामी जसको खोजीमा थियौ । हामीले कल्पना समेत गरेका थिएनौ, वरिष्ठ गायक पेमा लामा स्कुल हाताभित्र भेटिनु होला भनेर । उहाँ दार्जिलिङमा सन राईज स्कुल सम्हालेर बस्नु भएको रहेछ ।
पेमा लामा , बुबा पर्तिमान लामा तथा आमा नङसल डोल्माका चार सन्तान मध्यका माईला। सन १९५५ मार्च २३ मा दार्जिलिङ, हर्सिङहट्टा लेबुङमा जन्मिनु भएका पेमामा सानैदेखि गीत सँगीत भनेपछि हुरुक्कै हुने बानी थियो । नहोस् पनि कसरी ? उहाँ सँगीतको खानी दार्जिलिङमा जन्मिनु भएकाे हाे । त्यसमाथि उहाँकी आमा नङसल संगीत क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । घर नै संगीतमय । पुरै परिवार त्यसमै लीन । पेमा यस्तै वातावरणमा हुर्किनु भयो । उहाँले सानैदेखि संगीतप्रति चाख लिनु भयो । उहाँको संगीतप्रतिका्े भाव बुझेर तफ आमाले दीलिप च्याटर्जीकोमा सँगीत सिक्न पठाउनसु भयो ।
सानैदेखिको गीत गाउने रहर, त्यसमाथि गुरुबाट थप साँगेतिक उर्जा । त्यही कारणले पेमाको स्वरमा निखारता आउन धेरै समय लागेन । उहाँको स्वर झन् भन्दा झन् परिस्कृत हुँदै गयो । पेमाको स्वरबाट प्रभावित दार्जिलिङकी वरिष्ठ सँगीतकार शान्ती ठटालले नै उहाँलाई नेपाली चलचित्र ‘परालको आगो’मा गीत गाउने अवसर दिनुभयो ।
पेमा पनि के कम, त्यो अवसरको पूर्ण रुपमा सदुपयोग गनुभयो । उहाँले पहिलो पटक गाएको धेरै चुलबुल नगर बैनी ....बोलको गीत एकाएक चर्चित भयो । त्यही गीत उहाँको लागि संगीत यात्राको सिंढी बन्यो । सँगीतिक क्षेत्रमा त्यसपछि पछाडि फर्कनु परेन । सन १९७६ मा त्यो गीत रेकर्ड गराएसँगै शुरु भएको उहाँको साँगीतिक यात्रा अहिलेसम्म अनवरत जारी छ ।
सँगीतिक क्षेत्रमा उहाँले जीवनको पाँच दशक सुम्पिसक्नु भएको छ । उहाँले कहिल्यै पनि पैसा कमाउने हेतु गीत गाउनु भएन । त्यसो त सत्रदिन लामो साँगीतिक टुर गर्दा पारिश्रमिक वापत १ सय २५ रुपैयाँ मात्र पाएको तीतो अनुभव पनि छ उहाँसँग । साँगीतिक क्षेत्रमा निरन्तर क्रियाशील भइरहँदा उहाँले गृहलक्ष्मी सर्वाेकृष्ट गायक , रेडियो नेपालको सर्वाेत्कृष्ट सँगीतकार पुरस्कार लगायतका सम्मान तथा पुरस्कार पाउनु भएको छ । अल ईण्डीया रेडियोबाट दिईने टप ग्रेट आर्टिष्ट पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।
https://www.youtube.com/watch?v=E0ilxQA_kcU&list=PLT8LMrml4tPG_pblwqF0MaUMG-GhsyZbW