डा. भीम खतिवडा
कति मीठा तिम्रा शब्द, बिम्ब र भाकाकति सुन्दर कला,तिख्खर विचारको गुदी,पढिरहूँ, सुनिरहूँ लाग्नेगोधुलि साँझजस्तैशान्त तर सघन,जूनजस्तै उज्याला दृश्यहरू,बिहानको आकाशजस्तै निर्मल,मनको घाम झलमल्ल बनाउने,तिम्रा सिर्जनाहरू, अहा !
फूलका कुरा गरेनौ हो,ओठका कुरा गरेनौ हो,पसिनाका मोतीको गीत बनायौ,आमाका आँखाको सपना सजायौ,किन बेचिन्छन् चेलीहरू,किन मारिन्छन् बिरामीहरू,लाखौँ पाखुराहरू दूर बगरमा,तीसौँ तलाको निर्माणमा,वर्षौँदेखि हेलिएका छन्,सिमानाका जङ्गेखम्बाहरू,चल्मलाइरहन्छन् रातबिरात,मेची र काली, हिमाल र बुद्धबोकेपछि सत्ताका काँध गल्छन्,छातीको कित्ताका साँध गल्छन्थर्थराउँछन् खुट्टा स्वाभिमानकाभन्थ्यौ शब्दशब्दमा तिमी,पाखुराहरूको कसम,पसिना रोप्ने अवसर देशमै हुनेछ,खुसी खोज्न आफ्नो र आफन्तकोबाआमाले छोराछोरीलाईपर्खिरहेकै पलबाकसमा भेट्नुपर्ने छैन भन्थ्यौ,अहा, तिम्रा शब्दशब्दमाआँखा जोतेर हामी,हिमाल बनाउँथ्यौ छातीमा,तिमी हाकाहाकी लेखिरहन्थ्यौयो देश हामीले बनाउने हो,हामी आफ्ना बलशाली काँधप्रति गर्व गर्थ्यौं,
कविजी ! आठमहिनादेखि,कुइन्टलौँ सुनजस्तै हरायौ,निर्मलाको न्यायजस्तै बेपत्ता भयौ,हजुरबाआमाका आशाजस्तै गायब भयौ,कोटमा नोट टल्केको देख्दा,बारीमा हात्ती पल्केको देख्दा,तिमी याद आइरहेछौ,सहिदपत्नी विधवा आमाहरू,युद्धाहत तनमन बाबाहरू,बलात्कृत नानीहरू,बलात्कृत स्वाभिमानहरू,असरल्ल बिस्कुन लागेका छन्विसङ्गत बनिरहेछ वर्तमानकरको करकर छ,तावाबाट सपनाहरू हावातिर सरिरहेछन्,काका र बडाबाहरू कराइरहेछन्तिनका भाकाहरू हराइरहेछन्करोडका गाडीसँगै,घुँडे सलाम र आशीर्वाद छ,बैठक छन्, निर्णय र भत्ता छ,जनताबाहेक सबैसँग सत्ता छ,एकता भएको छ नेताहरूमा,बेपत्ता भएको छ सिलसिला,मुस्कुराउनेहरू गाडीमा छन्,सुँक्सुँकाउनेहरू झाडीमा छन्,सबै छन्, तथापि फगत्कतै तिमीलाई नदेख्दाअचम्मित छौँ हामी हिजोआज,ए कवि, तिमी हराएका हौ कितिम्रो जिब्रो र हात हराएको हो,झन्डामा बेरिएर तिमीबिलायौ किन यसरी ?
प्रिय साथी !तिम्रा कुरा सत्य हुन्म देश बनाउने तयारीमा छु,म तिम्रा सपना सजाउने तयारीमा छु,म बोल्न भ्याउँदिन अहिले सुन,सुकर्मका योजनामा तल्लीन छु,पर्ख तिमी पनि किनकि,अहिले मेरै सरकार छ,त्यसैले,मैले बनाउनु छ नेपाल,हामीले बनाउनु छ नेपाल,तर,मैलेभन्दा छिटोछिटोमारुती सिमेन्ट भनिरहेछ,‘हामी बनाउँदैछौँ नेपाललाई’मलाई त मौकै दिँदैन कि कसो !