खेम बम काठमाडौं । घटना डोटी दुर्घटनाको हो । डडेल्धुरामा अवस्थित उग्रतारा मन्दिरमा लाग्ने मेला हेरेर घर(डोटी) फर्कंदै गरेको यात्रु सवार विद्यालयको बस रडुवा खोलामा दुर्घटनाग्रस्त बन्यो । करिब ४० जना यात्रु बोकेको स्कुल बसमा बिद्यार्थी थिएनन् । मेला भरेर फर्केका डडेल्धुरा र डोटीका स्थानीयहरु र अन्य मानिस थिए । पुरानो अवस्थामा रहेको बसको ब्रेक डडेल्धुराको ओरालोमै बिग्रिसकेको थियो भन्ने घाइतेको भनाइ छ । घर जानका निम्ति हतारो र अरु गाडीको अभावले स्थानीय सोही बसमा यात्रा गर्नु बाध्यता थियो । घटना बाजा बजाएर नआउने भएकै कारण भव्यतव्यमा भएको थियो । बस आफ्नै वेगमा हुइँकिरहेको थियो, जब रडुवा खोला पुग्नै लाग्दा गाडीको ब्रेक फेल भयो बस दुर्घटनाग्रस्त बन्यो । बसमा सवार ४० मध्ये १८ जनाको मृत्यु भयो ।
केआई सिंह राजमार्ग अन्तरगत पर्ने रडुवा खोलाको सडक ओरालो भएपनि त्यति अप्ठ्यारो थिएन । दुर्घटना भएको स्थानलाई हेर्ने हो भने सामान्य छ । जहाँ दुर्घटनाको कल्पना गर्न सकिन्न । ओरालो र ठूला मोड कटाइसकेपछि सेतीको किनार पुग्नै लाग्दा दुर्घटना भएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु नै थियो । मनोकामना पुरा होस् भन्दै गएका सर्वसाधारणहरुले एकै चिहान बन्नुपर्ला भन्ने सोच्ने कुरै थिएन । जसमध्ये अधिकांश मानिसको बिचल्ली भएको छ । जसमा डोटीको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ७ का नवीन बिक परेका छन् ।
https://youtu.be/-8m5lTOuAU0
नवीनले आमालाई गुमाएका छन् । उनलाई बाबुको याद नै छैन । बुवाले सानै उमेरमा अर्कैलाई लगेर भागेको उनका छिमेकी बताउछन् । नवीनको हेरचाहमा दिपायलदेखि काठमाडौं आएकी छिमेकीका अनुसार नवीनको पारिवारिक अवस्था निकै नाजुक रहेको छ । उनलाई साँझ बिहान छाक टार्न समेत धौ–धौ छ । गिट्टी कुटेर, स्थानीयको फर्निचरमा काम गरेर आमाले नवीनलाई हुर्काइरहेकी छिन् । तर बिडम्बना उनको दुर्घटनामा मृत्यु भयो । नवीन मात्रै होईन् उनका दाजु र दिदी समेत टुहुरा बनेका छन् । घरमा हजुरबा, हजुरआमा बुढा छन् । हजुरआमा पनि गाडि दुर्घटनामा परेर केही समय अघिदेखि अशक्त छन् । खरले छाएको टहरामा दिन गुजारिरहेका नवीनको जीवनमा बज्रपात परेको छ ।
काठमाडौंस्थित डोटेली समाजले नवीनको स्वास्थ्योपचारमा सहयोगको प्रतिबद्धता गरेको छ । धेरै रकम उठिसकेको डोटेली समाजका सह–कोषध्यक्ष टेक बलमे जनता समाचार डटकमलाई जानकारी दिनुभयो । करिब डेढ लाख रकम उठिसकेको छ । बाँकी सहयोग रकम उठ्ने क्रम जारी छ । उठेको रकम नवीनलाई पढाउन र उसको बाँकी जीवन अर्थात् कमाउन सक्ने नहुन्जेलसम्म पालनपोषण गर्नका निम्ति खर्च गरिने बमले बताउनुभयो । अहिले नवीनको अवस्था क्रमिक रुपमा सुधार भइरहेको छ ।
सहयोग गर्नका लागि डोटेली समाज काठमाडौंका सह–कोषध्यक्ष टेक बमको अपिलनवीन बिक(नाबालक), कुमारी बैंक लिमिटेड, पुतलीसडक शाखाखाता नम्बर– ००१००३७५५४९००००१डोटेली समाज काठमाडौं, कृर्षि विकास बैंकखाता नम्बर– ०४०४१२ (डिजिटल नम्बर ०२१०२०००५४६४७०११)
भिडियो हेर्नुहोस्ःhttps://youtu.be/-8m5lTOuAU0