सनिउल्ला धोबी
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेकप्रताप शाहले ४ करोड बजेट विनियोजन गर्नुभएको छ । सांसद शाहले स्थानीय पुर्वाधर विकास साझेदारी कार्यक्रम अन्तरगत बजेट विनियोजन गरेको बताउनु भएको छ ।
उहाँले यस क्षेत्रको विकासको लागि कृषि, सडक, शिक्षा, भौतिक पुर्वाधार निर्माण, खानेपानी, सिचाइलगायतको क्षेत्रमा बजेट विनियोजन गरेको बताउनु भयो । ५८ प्रतिशत बजेट बाटो मर्मत, स्तरोउन्नितमा छुटयाइएको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ मा १९ योजनाका लागि बजेट विनियोजन गरिएको छ । आवश्यक्ता अनुसार सबैभन्दा बढी ५०-५० लाखका योजना विनियोजन गरेको छ । आफ्नो क्षेत्रमा पर्ने कृष्णनगर, शिवराज, महाराजंंज नगरपालिका र विजयनगर गाउँपालिकामा सामानुपातिक रुपमा बजेट विनियोजन गरेको बताउनु भयो ।
महराजंज नगरपालिका ६ बड्की भलवारीदेखि हुलाकी रोडसम्म सडक स्तरोन्नती र कृष्णनगर नगरपालिका २ महेन्द्र पार्कदेखि बैंक सडक स्तरोन्नती गर्न बजेट छुट्याइएको छ । कृष्णनगर नगरपालिकामा ह्याण्ड पम्म जडान गर्न २० लाख, उक्त नगरपालिका १० सौनहवामा अधुरो प्रसुती गृह निर्माण गर्न १३ लाख र कृष्णनगर जाने मुल सडकदेखि लोहरौला जाने सडकसम्म सडक स्तरोन्नती गर्न १३ लाख छुट्याईएको छ ।
कृष्णनगर नगरपालिका १२ हरिहरपुरमा अधुरो नाली र सडक निर्माणमा १२ लाख, कृष्णनगर नगरपालिका ८ लिंक रोडदेखि पुर्व पोखरी शिवमन्दिर जाने सडक स्तरोन्नती २० लाख र विजयनगर गाउपालिका २ लौहरौलामा थारु संग्रहालय निर्माण २० लाख विनियोजन गरिएको छ । विजयनगर गाउपालिका ७ बड्सुडवा, ढोढरी र परसोहियाको सिमानामा डिप बोरिङ जडान ३५ लाख, उक्त गाउपालिका १ का नेवलागंज र जुवाबैराठ प्रावि वाउन्डरी वाल निर्माणा गर्न १०-१० लाख र शिवराज नगरपालिका ९ शिवगढी, अंचलपुर र बनिभारको बीचमा पर्ने गल्छीमा कल्र्भट निर्माण २० लाख विनियोजन गरिएको छ ।
शिवराज नगरपालिका ३ मदवा मा कृषि सिंचाई डिप बोरिङ ३५ लाख, वाल शिक्षा माविमा भौतिक पुर्वाधारकालागि १० लाख र वडा नम्बर ४ वनकट्टी बुद्धटोलदेखि बाधसम्म बाटो पिसिसिका लागि १० लाखको योजना छनौट गरिएको छ । शिवराज नगरपालिका ५ काग्रेस चौकदेखि परसिया सडक मर्मतमा २५ लाख, वडा नम्बर. १ शिवपुर स्थित नेपाल आदर्श उमावि भौतिक पुर्वाधार निर्माणमा १५ लाख, वडा नम्बर ३ मजगाउ, बलुहवा, हचुवा सडक स्तरोन्नति १० लाख र वार्ड ११ छोटकी थुन्हियादेखि सेमरीसम्म सडक मर्मतका लागि २० लाख विनियोजन गरिएको छ ।