–तिला लेकाली
पोहोर झैँ यसपाली पनिफटाफटआयो लक्ष्मीजयन्तीर, सरासर नेपाली मनमा गएर बस्योबर्खाभरीको दर्के पानीले निथ्रुक्क भिज्दैलगाएको हो धान, कोदो, मकै बालीबर्खाको दर्के झरी छैन अहिले,हटेर हिलोकाधो स्वच्छ छ आकाशन कतै छ धूलोको गन्धसुनैसुनको बहार लिएर आएको छ शरददेखिँदैनन् कतै भोका र नांगा पेटहरुपहेलपुर पाकेको धानसँगै आयोमकैका घोगासँगै आयोर, भित्रियो भकारीमा लक्ष्मीजयन्ती
फूलबारीमा मखमली, सयपत्री, गोदबारी बनेर आयोझिलिमिली बत्तीका लहरसँगैदेउसी, भैली बनेर आयो लक्ष्मीजयन्तीढिकीमा चामल कुटिएर सेलरोटी बनेर आयोदेउसीभैलीको तुमिल धुन बनेर आयोवास्तबमै बालक, युवा, वृद्ध सबैको उमंग बनेर आयोचारो खोज्न उडेका चराहरुको स्वदेश फिर्तीसँगैखुशी बोकेर आयो लक्ष्मी जयन्ती यसपाली पनि
सानुमायाले पनि उनी गोदाबरीको लामो मालार, सम्झिँदै भनी, ‘दाइ,पोहोर पनि आएनौ’यसपाली त तिहार नलाग्दै आऊ है !म ओखेर फोरेर यमराज हर्काउछुसप्तरंगी टीका लगाइदिएर तिम्रो लामो आयु माग्छुतिमी दशैँमै आउने भन्थ्यौ, किन सम्पर्कविहीन छौ ?यी आँखा तगारोमै ओछ्याइरहेकी छुदशैँका जमरा तिम्रै पर्खाइमा ओइलिएर मरेथर्थराउँदै बूढी आमाले मुछेका अक्षता थालीमै सुकेआमाको एउटै मात्र घिडघिडो छ, बाबु तिमी आयौ ?भनिरहनुहुन्छ ,बाबु तिमी आयौ ?हो, यसै भन्दै बितेका थिए बाबा पनि पोहोर साल
भाइ बेगारी भो, गाउँभरिका आबारा बटुलेरनानाभाँती गरिरहन्छतिमीले पैसा, पैसा, पैसा भनेर नैभाउजुले छोडेको हो घर पोहोर सालम यहाँ बेसाहारा जस्तै बनेकी छु
तिमी मालिक हौ दाइ, दास नबनसयौँ खोला छन्, विद्युत् निकाल्नपानी बनेर हिमाल खेर गइरहेछप्राकृतिक हाम्रा हिमालका दृश्यविदेशीले कैद गरेर क्यामरामाकरोडौं डलर साटिरहेछन्अनन्त हिमाल, खोला, नालाहरु बेहिसाब अलपत्र छन्रोइरहेछन बाँझा खेतहरुलेक, बेसी र तराइका मलिला फाँटहरुहामी मृगतृष्णा दौडिरहेछौआफैँलाई नचिनेर, आफ्नै सुगन्ध नभेटेर कस्तुरी झैँ
प्रशस्त बाँझो हाम्रो जमीन छयहीँको माटोका डल्ला ठोकौँलापसिनाले भिजाएर धान, फलफूल रोपौँलाव्यावसायिक गाईभैँसी, भेडा, सुँगुर पालौँलादेवकोटाले भन्नुभए जस्तैहातका मैला सुनका थैला के गर्नु धनलेसाग र सिस्नु खाएर बस्नु आनन्द मनलेहो, तिमी आऊ दाइ, सारा खुशी लिएर आऊसिङ्गो गाउको खुशी लिएर आउसिङ्गो देशको खुशी लिएर आऊयसपाली आऊ, आजको औँसीको रात जस्तैदेशको अँध्यारो चिर्दैबनेर उज्यालो लक्ष्मी जयन्ती ।
–बेलबारी, मोरङ