काठमाडौं । नेपाली साहित्य परिषद् सिक्किमले नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याएवापत १८ नेपाली साहित्यकारलाई अभिनन्दन गरेको छ ।किनार प्रकाशनको सहकार्यमा गरिएको सम्मानमा जनता टेलिभिजनका समाचार संयोजक रामकुमार एलनसहित अन्य १७ साहित्यकार अभिनन्दित भएका हुन् ।कार्यक्रममा डा. भीम खतिवडा, मधु पोखरेल, शिव रेग्मी प्रणत, विवश बलिभद्र कोइराला, बिन्दु दाहाल, भूपेन्द्र तिम्सिना, लोकेन्द्र बञ्जारा, सुरेश सुवेदी, घनश्याम पथिक, ह्यग्रीव आचार्य, राजबाबु पहाडी, कृष्णप्रसाद दाहाल, मुक्तिगोविन्द वैद्य, गोर्खे साँहिलो, बिर्खे अन्जान, केशवराज आमोदी र लोकनाथ खराललाई सम्मान गरिएको हो ।यस्तै, भारत, आसामका छत्रमान सुब्बा, मित्रदेव शर्मा, ज्ञानबहादुर क्षेत्री, मणिपुरका राहुल राई, भवानी अधिकारी र दार्जिलिङका सुकराज दियालीलाई पनि सम्मान गरिएको थियो ।सिक्किम विधानसभाका अध्यक्ष केएन राईले स्रष्टालाई अभिनन्दन गर्नु भएको हो । राईले नेपाली साहित्य श्रीवृद्धिमा सक्रिय स्रष्टालाई सम्मान गर्ने नेपाली साहित्य परिषद् सिक्किमलाई धन्यवाद दिनु भयो । ‘नेपालमा राजनीतिक स्थिरता देखिन थालिएको छ,’ राईले भन्नु भयो, ‘हामी पनि यो विकसित राजनीतिक घटनाक्रमबाट खुशी छौँ ।’नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्रप्रसाद सुवेदी, महासचिव जीवन शर्मा, किनार प्रकाशनका अध्यक्ष टीबीचन्द्र सुब्बा, डा. भीम खतिवडा, भवानी अधिकारीले मन्तव्य व्यक्त गर्नु भएको थियो भने मधु पोखरेल, विवश बलिभद्र कोइराला, सुरेश सुवेदी, रामकुमार एलनलगायतले रचना वाचन गर्नु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४ २३:०३