काठमाडौं । मौलिक कथा बस्तुको नाटक लिलामे माइलो मञ्चन भइरहेको छ कुञ्ज थियटरमा । गगर समुदायको कथा बस्तु समेटेर बनाइएको नाटक मंसिर १४ बाट प्रदर्शन भएको हो भने पुस ७ गतेसम्म प्रदर्शनमा रहनेछ ।
नाटकको पात्र परिवेशअनुसारको बास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालले रोमाञ्चित बनाइरहेको हुन्छ । जसले दर्शकलाई यथार्थता महसुस गराउन ठूलो मदत पुगेको छ । यो किसिमको प्रयोग नेपालमा पहिलो पटक गरिएको निर्माण पक्षको दाबी छ । ग्रामीण भेगमा बसोबास, स्थानीय रहसन, संस्कृति, पर्व, जीवनयापन गर्नेहरुको कथा नाटकमा समेटिएको छ । मोरङको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर नाटक तयार गरिएको हो ।
राजाराम गौतम निर्माता रहेको नाटकका कथाकार र निर्देशकः प्रभाकर न्यौपाने हुने । राज थापा काउचाको नाट्य रुपान्तरण रहेको लिलामी माइलोमा सलमान खान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, विजय नेपाल, वीरेन्द्र खाति, अलविना न्यौपाने, मनोज थापामगर, सञ्जीव राई, नमस्ते दीवाकर घिमिरे, विपना थापा, शिला राना मगर, सचिन मल्ल, संगीता थापा, सुनिल मगर, ललित मगर, चक्र विष्ट, पारुहाङ राईको अभिनय छ ।
लिलामे माइलो नाटकबाट संकलन हुने रकम खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता गौतमले बताए ।