काठमाडौं । ‘लालटिनको उज्यालो ।’ पुस्तक लेखक सरस्वती ज्ञवाली । झट्ट परिचय दिँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पत्नी । तर सरस्वती ज्ञवालीको परिचय त्यति मात्र होइन । जनता टेलिभिजनको कार्यक्रम ‘किताबका कुरा’मा अशेष घिमिरेसँग सरस्वती ज्ञवालीले आफ्ना अन्तरकुन्तर खोतल्नु भएको छ । स्रोता, पाठक, दर्शकलाई मनको कुरा भन्नु भएको छ ।
यो कुरा हजुरको श्रीमान प्रदीप ज्ञवालीले लेख्दा यस्तै हुन्थ्यो ? आज परराष्ट्रमन्त्री सरस्वती ज्ञवाली र सहयोगी प्रदीप ज्ञवाली भइदिएको भए कस्तो हुन्थ्यो होला ?
भोगाइ त आआफ्नो हुन्थ्यो । मेरा भावना जसरी व्यक्त हुन सक्थ्यो, त्यो मेरो साथीबाट आउँदैनथ्यो । मैले जे भोगेको छु उहाँले देखेको मात्रै हो । भोगाइ त मेरो हो नि ! मैले जस्तो लेखेँ, त्यस्तै आउँदैनथ्यो ।
सफल हुनका लागि पर्दा पछाडि बसेर आफ्ना आकांक्षा मारेर आज श्रीमान मन्त्री हुनुहुन्छ, क्षतिपूर्ति माग्न मन लाग्दैन ?दुवै जनाबीचमा क्षतिपूर्तिको कुरै हुँदैन । यो एक अर्काप्रति त्याग, सहयोग, समर्पण हो ।
https://www.youtube.com/watch?v=X8fhrFKT2Rc&t=781s
कठोर राजनीतिमा लागेको कार्यकर्ता आज पर्दा पछाडि बस्दा भित्र मनमा म पछाडि परेँ भन्ने लाग्दैन ?मलाइ त्यस्तो कहिल्यै पनि छैन । किनभने म आन्दोलनमा जानेर वा नजानेर लाग्दादेखि नै यति छिटो बहुदल प्राप्ति होला, श्रीमान मन्त्री हुनुहुन्छ, सुख प्राप्त हुन्छ भन्ने कल्पना नै थिएन । एउटा आदर्शका कारण लागियो, समाज रुपान्तरण गर्न सकिन्छ भन्ने हिसाबले लागियो । त्यतिबेला पदको कुनै लोभ भएन । २०५६ मा उठ्दा पनि उहाँ नउठिदिए हुन्थ्यो, सार्वजनिक पदमा नबसेर पार्टीको काममा बसिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यसैले कहीँ कतै चित्त दुःखाइ छैन ।
हिजोको आदर्श र आजको सफलता कसरी हेर्नुहुन्छ ?हामीले अहिलेसम्म हिजोको आदर्श जोगाउन सक्दा मात्रै साथीहरूले मानेका छन् । सबैले फलानो भनेर सम्झेका छन् । त्यसैले मलाइ राम्रो लाग्छ, खुशी लाग्छ ।
हिजो संघर्षमा लाग्दा पारिवारिक जिम्मेवारी पूरा गर्न कठिनाइ थियो, अहिले कस्तो लाग्छ ?हिजो हामी आफैँले रोजेको बाटो, कसैले तानेर लतारेर लगेको होइन । हिजो आदर्श हेरेर लागियो अप्ठ्यारो बाटोमा, त्यसैमा आत्मसुन्तुष्टि छ । अहिले पदीय हिसाबको कुरा भन्दा उतिबेलाकै राम्रो लाग्छ । अहिलेको कतिपय कुरा देखावटी, रिझाउन हुने कुरा छुट्टै हो । मलाइ उतिबेलाकै आदर्श राम्रो लाग्थ्यो ।
पुस्तक किन लेख्नुभयो ?पत्रकार आउँदा पनि मलाइ हेर्ने दृष्टिकोण गृहिणीका रूपमा मात्रै भयो । देशमा भएका परिवर्तन नराम्रो हुँदा असाध्यै पीडा हुने, त्यो अवस्थामा मलाइ राजनीतिमा चासो हुने र बाहिरी कुरा बिग्रेको, हाम्रो आदर्शका कुरामा खिया लागेको अवस्था देखिने र पत्रकारले पनि प्रदीप सरको श्रीमती भएर निष्किृय हुने भनेपछि जीवनभर कहिल्यै पनि निष्कृय हुन नसक्ने मान्छे म, जीवन्त रहन चाहने मान्छे भएकाले यो पुस्तक लेखेँ ।
छायाबाट बाहिर प्रकाशमा निस्कने हुटहुटिले यो पुस्तक लेख्नुभयो भन्दा हुन्छ ?तपाईंले सही मूल्याङ्कन गर्नुभयो । हिजो मैले केही भोगेका थिइनँ भने लेख नभइ कथाजस्तो हुन्थ्यो । मसँग सम्बन्धित घटना म जहाँ जहाँ बसेको छु । त्यहाँका घटना छन्, त्यहाँ मेरा प्रत्यक्षदर्शी पात्र जीवितै हुनुहुन्छ । त्यसकारण मैले यथार्थ के हो, त्यही ल्याएँ ।
https://www.youtube.com/watch?v=X8fhrFKT2Rc&t=781s
आफ्नो जीवनमा भएका केही घटना भन्छु भन्ने छ ?बहुदल प्राप्तिपछि गणतन्त्र ल्याउन दाजुभाइ, श्रीमानका अगाडि लागेर आन्दोलनमा लागियो । आन्दोलनमा पनि अगाडि भइयो झन्डा, ब्यानर समातेर । किनभने पुलिसले महिलालाई गोली हान्दैनथ्यो । तर पछाडिबाट हकवाला जस्तो नहुँदो रहेछ । पछाडि परिने रहेछ ।
जब श्रीमान मन्त्री भइसकेको अवस्था छ । त्यतिबेला बिरामी छोरीलाई खाना खुवाउँदै थिएँ, दिउँसोको ३ बजेको रहेछ । त्यतिबेला १०–१२ जना प्रहरी आए । ठिमीबाट सधैँभरि पक्रन आउने गर्दथे । त्यो दिन घरमा घण्टी बज्यो । बाहिर आउँदा प्रहरी–आर्मी आएका रहेछन् । अब केही छैन, मलाई पनि लग्ने भए भन्ने लाग्यो । अनि किन आउनुभयो भनेर सोधेँ । उनीहरूले ज्ञवाली सर मन्त्री हुनुभयो । उहाँको सुरक्षाको लागि आएको भने । त्यतिबेला ठिमीको प्रहरी भन्दा पहिला थाहा पाउने हकदार त म हो नि ? मलाइ साह्रै चित्त दुख्यो ।
त्यो खुशी श्रीमानले मलाइ साट्नुपथ्र्याे भन्ने जस्तो लाग्यो । त्यतिबेला मलाइ सम्झने समय भएन होला भन्ने पनि लाग्यो । र, अहिले किताब लेखेपछि बल्ल मैले त्यतिकुरा पनि सम्झेनछु भनेर उहाँ भन्नुहुन्छ ।
https://www.youtube.com/watch?v=X8fhrFKT2Rc&t=781s