प्रकाश न्यौपाने
भैरहवा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध पूर्वाग्रही र नकारात्मक ढंगले प्रचार भएको बताउनुभएको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारबाट रुपन्देही सदरमुकाम भैरहवामा शुरु भएको सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको उद्घाटन गर्दै दाहालले जनचाहनाअनुसार तीव्र काम हुन नसके पनि काम नै भएन भनेर सरकारको गलत प्रचार भइरहेको बताउनुभयो ।
उहाँले छिमेकी राष्ट्र भारतसँग रेलवे विस्तार, विराटनगरको भारतीय क्याम्प सार्ने र चीनसँग सुक्का बन्दरगाहा निर्माण जस्ता ऐतिहासिक सम्झौता गरिएको बताउँदै नेपाल भूपेरिबेष्ठित राष्ट्र भए पनि जमिनबाट सदुन्द्र सतहसम्म जोड्ने गरी काम भएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले सरकारको आलोचना गरेर, धर्मको प्रसङ्ग उठाएर संघीयतालाई नै उल्टाई हालिन्छ भन्ने कसैले कल्पना गरेको भए त्यो पूरा नहुने बताउनुभयो । उहाँले विरोधका लागि विरोध गर्नुभन्दा सबै मिलेर जनताको भावना र मुलुकलाई समृद्धितर्फ लग्न एकजुट हुुनु पर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले विगतमा सबै दलहरु मिलेर नै मुलुकलाई यहाँसम्म ल्याइएको बताउँदै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न काँग्रेसलगायतका दलहरुसँग छलफल भइरहेकाले छ्ट्टिै टुंगोमा पुगिने बताउनुभयो ।
कार्यक्रममा सांसद घनश्याम भुसाल र काँग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँणले सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको आरोप लगाउनुभयो । पौस १ गतेसम्म चल्ने महोत्सवमा, कृषि प्रदर्शनी, बाल उद्यान, सांस्कृतिक स्टद राखिएको छ । भैरहवा आइडल र नृत्य प्रतियोगिता मेलाका आकर्षक हुन् यस्तै कुस्ती, मायादेवी र रानी महलको आकृति मेलाका आकर्षण बनेको छ ।