कविता
–घिमिरे लक्ष्मी ‘उर्ध्वगामी’
हावाका झोक्काहरुले खबर छाडेर जान्छन्या जादैनन्, त्यो त थाहा छैन मलाइ
मैले त ! बेगिलो हावा जब ममा ठोक्किन्छ,हठात् प्रेमका झोक्का ह्रदयको स्पन्दनबाटसुटुक्क दिई पठाएकै हुन्छु
ए ! बतास कलिला तेरा पॅखेटामा,कलिलै सूचना बॉधेर,संसारका खोक्रा नीतिनियमका दस्तावेज च्यातेर,सामाजिक अन्धविश्वासका आदिम पर्खाल फोडेर
अहमताको शालिकलाई नछोइकन,चमेली र बेलीको प्रेमिल सुवास् छर्दै–छर्दै उडिरहे,जबसम्म भेट्दैनस्, कञ्चन देहले सोह्रसिंगार भई सजिएरमुस्कुराइरहेको शालीन एक गुलाबी फूल
तबसम्म उडिरह,रसूचना उसको वरिपरी छरिदिँदै भन कि,प्रेमका खाकाहरु कोमल ह्रदयको दरबारभित्ररुजु भएको छ, जहाँ तिमीलाई नै नियुक्ति गर्ने,विज्ञप्ति जारी छ भनी
अफसोच ! परीक्षा हलमा लेख्दा घोकेको सबै बिर्सिमस्तिष्क रिक्त भई कलम टोकी बसेझैं,निशब्द भई हेरिरहन्छ बतास पनि,जब पुग्छ उस्को सामीप्यमा,जस्तो कि म !
उस्कै परिसरमा हुॅदा पनिन त बोल्छ यो दिलन त ऊ नै,न त बोल्छ मेरो प्रेमको हुलाकी ‘बतास’ नै
छोडिरहन्छ त ऊ केवल अथाह ! दुग्धामृत सुवासिलोसुन्दर चुम्बकीय मुस्कानबस्सुन्दर चुम्बकीय मुस्कान