परिवार कति सुखी थियो । बुबा देशको इमानदार सिपाही, आमा घरकी शिक्षिका । भाइबैनी सबै गरेर पाँच जनाको परिवार हाम्रो । उसलाई घरको कुनै चिन्ता थिएन । तर देशलाई दशा लाग्यो । देशमा सिर्जित द्वन्द्वले एउटा राष्ट्रसेवक मेरो बुबा भिडन्तमा मारिनुभयो । त्यसपछि शुरु भए हाम्रा दुर्दिनहरु । हाम्रो जिउने बाटो पूरै बन्द भएको थियो । पढाइको चाहना हुँदाहुँदै मैले परिवारका लागि पढाइ छाडेर जागिर खोजी गर्नुपरेको थियो । पुख्र्यौली सम्पत्ति केही थिएन, सिवाय एउटा चार कोठाको घरबाहेक । त्यो पनि बुबाले जागिरको कमाइले बनाउनुभएको थियो । बुवा बितेपछि चिन्ता खप्न नसकेर होला आमा बिरामी पर्नुभयो । एकैपटक सबै कष्ट हामीमाथि खनिएको थियो । आमाको बिरामीको कारण पनि मलाइ थाहा थियो । त्यसैले सान्त्वना दिने हिसाबले भनेकी थिएँ, ‘चिन्ता लिनु पर्दैन आमा, म जागिर गर्छु र भाइबैनीलाई पढाउँछु ।’
–दुर्गा पौडेल
पुस्तक अंशशुभेच्छाको जीउ लगलग काँपेको छ । टाउको फुट्ला जस्तैगरी दुखेको छ र जीउ पनि त्यस्तै दुखेको छ । मानौँ कसैले मुङ्ग्रोले ठटाएको थियो । उठेर हिँड्ने उसमा हिम्मत छैन । मनमा अनेक कुराहरु ओहोरदोहोर गरिरहेका छन् । ऊ आफैँले आफूलाई गिरेको महसुस गरेकी छ । आफैँलाई गाली गरिरहेकीे छ र उपेन्द्रलाई सरापिरहेकी छ । उसले कहिल्यै सोचेकी थिइन् । एकदिन आफैँले चुनेको जागिरले उसलाई पतनको दिशातिर धकेल्ने छ । ऊ आफैँसँग भनिरहेकी छ, ‘तैँले उपेन्द्रको किन विश्वास गरिस् शुभेच्छा ? यस्तो मान्छेको कुटिल चाललाई तैँले बुझन् सकिनस् ?’ सम्झँदा उसलाई आफ्नै गालामा थप्पड हानौँजस्तै लाग्यो अनि आफ्नै कपाल लुछौँजस्तो लाग्यो ।
शुभेच्छाको मुखको हावभावलाई कोठाको झ्यालको सामने उभिएर नियाल्दै उपेन्द्र मुस्कुराइरहेको थियो । उपेन्द्रमाथि उसका आँखा परे । ऊ झटपट आफ्नो लथालिङ्ग भएको कपडा सम्हालेर शरीरमा लपेटी र उपेन्द्रलाई एक झापट हिर्काई अनि धित मरुञ्जेल गाली गर्दै भनी, ‘तँ मानिसका नाममा सैतान होस् । तेरो शरीरभित्र सैतानले बास गरेको रहेछ, मैले तँलाई मेरो दाजु ठानेकी थिएं । तँ त पापी रहिछस् । मलाइ तैले बर्बाद पारिस् । मुख देखाउन नमिल्ने गरी बर्बाद पारिस् मलाइ । मैले तेरो के नै बिगारिदिएकी थिएँ र ? तेरो चेहराभित्रको राक्षसीपन मैले चिन्न सकिनँ ।’ शुभेच्छा धेरैबेर उपेन्द्रलाई गाली गरिरही ।
उपेन्द्रले भन्यो, ‘गर मलाइ जति गाली गर्नु छ गर । तिम्रो गालीले मलाइ केही फरक पर्दैन । के के भन्नु छ भन, कहाँ कहाँ के के गर्नुपर्छ गर । तर बेइज्जत मेरो होइन, तिमै्र हुनेछ । सुन्नेले मलाइभन्दा तिमीलाई नै बढी दोष दिनेछन् । यो समाज नै यस्तै छ । तिमीलाई चरित्रहीन, वेश्या, कलंकिनी अनि के के भन्नेछन् । पुलिसमा रिपोर्ट ग¥यौ भने उल्टै उनीहरु नै तिमीलाई झन् बढी सताउनेछन् । यदि पुलिसले समातिहाले पनि पैसाको बलले म छुट्टिहाल्ने छु । तर तिमीबाट कलंकको टीका मेटिने छैन ।’
उपेन्द्रको कुरा सुनेर शुभेच्छाले दाह्रा किट्दै भनी, ‘पख मेरो इज्जतमा खेल्ने तँलाई म के के गराउँछु । हेर्दै जा न । यदि मलाइ स्वीकारिनस् भने म के गराउँछु । तेरो धनसम्पत्ति मानमर्यादा कहाँ पुग्छ । मलाइ त बिगारिस्–बिगारिस्, तँलाई पनि म त्यसै छाड्दिनँ ।’
उपेन्द्रले भन्यो, ‘के गराउँछ्यौ मलाई ? बरु तिमीले नै सोच एकपटक । यो कुरा थाहा पाए भने, तिम्रो आमा भाइबैनीको हालत के होला ? कसरी जिउन सक्लान् उनीहरु ? अनि को पुरुष तिमीसँग बिहे गर्न तयार होला ? एकपटक राम्रोसँग सोच ।’ यति भनेर केहीबेर चुप लाग्यो ।
केही छिनपछि फेरि भन्यो, ‘चुप लागेर बस्नुमा नै तिम्रो र तिम्रो परिवारको भलाइ छ शुभेच्छा । तिमीलाई हरबखत सहयोग गर्न म तयार छु । म तिमीलाई निकै माया गर्छु शुभेच्छा । तिम्रा लागि जे परे पनि म व्यहोर्न तयार छु । तिम्रा हरेक आवश्यकता पूरा गराउने छु । मलाइ गाली गरेर थाना कचहरी गराएर तिमीलाई नै नोक्सान हुनेछ । भुुल त्यो सानोतिनो घटनालाई दुर्घटना सम्झेर । यसैमा तिम्रोे भलाइ छ ।’
उपेन्द्रको कुराले शुभेच्छालाई हुनसम्म रिस उठेको उठयो । तर पनि उपेन्द्रको कुरालाई मनमा केलाउँदै गई । भाइबैनी, आमाको भविष्य सम्झी । त्यसैले मनले नमान्दानमान्दै पनि चुप लाग्नुमै भलाइ सम्झी उसले । यो समाज नै यस्तै छ, दोषी र निर्दाेष छुट्याउन सक्दैन, जो निर्दोष छ उसैलाई दोषी देख्छ, उसको जरा उखेल्छ । हुनसक्छ, यसले मलाइ भुलाउन यसो भनेको होला । हेरुँ केही दिन के गर्दो रहेछ ? फेरि मनमनै भनी, गर्न त यसले के सहयोग गर्ला र म निर्दोष ठहरिन सकुँला ? यसो भन्दै गालामा झरेका आँसु पछ्दै उ बाथरुमतिर लागी ।
‘तिम्रो गालीले मलाइ केही फरक पर्दैन । के के भन्नु छ भन, कहाँ कहाँ के के गर्नुपर्छ गर । तर बेइज्जत मेरो होइन, तिमै्र हुनेछ । सुन्नेले मलाइभन्दा तिमीलाई नै बढी दोष दिनेछन् । यो समाज नै यस्तै छ । तिमीलाई चरित्रहीन, वेश्या, कलंकिनी अनि के के भन्नेछन् । पुलिसमा रिपोर्ट ग¥यौ भने उल्टै उनीहरु नै तिमीलाई झन् बढी सताउनेछन् । यदि पुलिसले समातिहाले पनि पैसाको बलले म छुट्टिहाल्ने छु । तर तिमीबाट कलंकको टीका मेटिने छैन ।’
शुभेच्छा कराउन छाडेकाले उपेन्द्रले मनमनै भन्यो, ठीक गर्यौ शुभेच्छा तिमीले । के गरुँ म, मैले तिमीलाई कति माया गर्छु । तिमीलाई देखेर मैले मन थाम्न सक्दिनँ । म तिमीलाई जसरी पनि हासिल गर्न चाहन्थेँ । मौका जुरेको थिएन । बल्ल मौका जु¥यो । तर तिमीलाई मैले बेइमानी गर्दिनँ । सक्दो सहयोग गरिरहनेछु भन्दै उसले घण्टी बजायो र दुई कप चियाको अर्डर ग¥यो । चिया कोठामै आयो । दुवैले चिया पिउन थाले मौन बसेर ।
चिया पिएपछि शुभेच्छाले आफूलाई केही हलुङ्गो भएको महसुस गरी । उपेन्द्र अगाडि भए पनि उतिर हेरिन न त बोलीचाली नै गरी । ऊ विगतमा हराउन पुगी, ‘करिब दुई वर्ष अगाडि उपेन्द्रको स्टोरमा सामान बेच्ने केटीका रुपमा चयन भएर आएकी थिई ऊ । कुनै जागिर नपाएर छटपटिएको समयमा उपेन्द्रले उसलाई पसलमा सहयोगीका रुपमा नियुक्त गरेको थियो । उसका परिवारको हातमुख जोर्ने स्थिति थिएन । घरकी जेठीबाठी छोरी उही नै थिई । बुबाको मृत्युपश्चात घरको जिम्मेवारी उसको काँधमा आएको थियो ।
ऊ विगतमा हराउन पुगी, एक समय यही परिवार कति सुखी थियो । बुबा देशको इमानदार सिपाही, आमा घरकी शिक्षिका । भाइबैनी सबै गरेर पाँच जनाको परिवार हाम्रो । उसलाई घरको कुनै चिन्ता थिएन । तर देशलाई दशा लाग्यो । देशमा सिर्जित द्वन्द्वले एउटा राष्ट्रसेवक मेरो बुबा भिडन्तमा मारिनुभयो । त्यसपछि शुरु भए हाम्रा दुर्दिनहरु । हाम्रो जिउने बाटो पूरै बन्द भएको थियो । पढाइको चाहना हुँदाहुँदै मैले परिवारका लागि पढाइ छाडेर जागिर खोजी गर्नुपरेको थियो । पुख्र्यौली सम्पत्ति केही थिएन, सिवाय एउटा चार कोठाको घरबाहेक । त्यो पनि बुबाले जागिरको कमाइले बनाउनुभएको थियो । बुवा बितेपछि चिन्ता खप्न नसकेर होला आमा बिरामी पर्नुभयो । एकैपटक सबै कष्ट हामीमाथि खनिएको थियो । आमाको बिरामीको कारण पनि मलाइ थाहा थियो । त्यसैले सान्त्वना दिने हिसाबले भनेकी थिएँ, ‘चिन्ता लिनु पर्दैन आमा, म जागिर गर्छु र भाइबैनीलाई पढाउँछु ।’
त्यसपछिका दिनमा मैले जागिरका लागि चप्पल खियाउन थालेकी थिएँ । यहाँ, उहाँ, त्यहाँ गर्दै । कहीँ योग्यता, कही सोर्सफोर्स मेरा लागि बाधक बने । नेपाली केटीलाई नेपालमा अफिसको जागिर दुर्लभ भयो । हरेक दिन पत्रपत्रिका, रेडियोमा आउने विज्ञापनमा मेरा आँखा र कान पुग्थे । तर पनि जागिरको कुनै छाँट देखिएन । यस्तैमा एक दिन मेरा आँखा सेल्सगर्लको आवश्यकता भन्ने पत्रिकामा छापिएको विज्ञापनमा परे । मैले जागिरको आश मारेको बेला फेरि एकपटक भाग्य र योग्यता जाँच्ने निधो गरेँ र हत्पत आप्mना प्रमाणपत्रको फाइल बोकी सम्पर्क स्थानतिर दौडेँ । त्यहाँ पनि दरखास्त दिनेको घुइँचो थियो । स्थान थियो केवल तीन जनाको । त्यहाँको स्थिति देखेर जागिरको आश त मरिसकेको थियो तर निरास पनि थिइन ।
सामान बेच्ने केटीका रुपमा लिइएको अन्तर्वार्तामा म छानिएँ । त्यसदिन मेरो र मेरो परिवारको खुशीको सीमा थिएन । आमा पनि पीडाभित्रको हाँसो फिस्स हाँस्नुभएको थियो । विस्तार घरको स्थितिमा सुधार आउँदै गयो । भाइबैनी पढ्न थाले । आमाको रोग पनि सञ्चो भयो । पसलको मालिक उपेन्द्र पनि मेरो कामदेखि खुशी थियो । म आप्mनो काममा दत्तचित्त भएर लागेकै थिएँ । उसले ममाथि धेरै नै विश्वास गथ्र्यो । म पनि उसलाई आदर गर्थे । मेरो कामप्रतिको लगन, मेरो रुप, रंग, मेरो परिवार सबैसँग उपेन्द्र अनभिज्ञ थिएन र पारिवारिक समस्या उसको कमजोरी हो भन्ने उपेन्द्रलाई थाहा थियो । त्यसैले उपेन्द्रले मेरो त्यो कमजोरीको फाइदा उठाउने सोच राखेको रहेछ ।
सेल्सगर्ल भएर काम गर्दाका दुई तीन वर्षका दौरानमा, एक दिन उपेन्द्र उसलाई हिसाबकिताब गर्ने बहानामा दोकानमै बस्न भन्यो । सालतमामीको समय भएकाले मैले पनि नाइँनास्ती गरिन । अरु सबै छुट्टीपछि घरतिर लागिसकेका थिए । केही छिनको हिसाब किताबको हेराइपछि पसल बन्द गर्न लगाइ उसले भन्यो, ‘सारै भोक लाग्यो, केही खान जाउँ भन्दै उपेन्द्रले उसलाई होटलमा लग्यो । ऊ पनि उपेन्द्रलाई विश्वासै गर्थी । त्यसैले चिसो तातो जे मगाउँथ्यो उपेन्द्रले, ऊ पनि खाँदै गई । उसलाई कतिबेला निद्राले छोप्यो, उसले पत्तो पाइनँ । एकै पटक उसले बिहान होटलको कोठामा छरपस्ट अवस्थामा आफूलाई पाइ । आफूलाई त्यो हालतमा देखेर ऊ चिच्याउन थाली । रोइकराइ त्यो बन्द कोठाभित्र । तर सबै व्यर्थ । त्यसपछिका दिनहरुमा उपेन्द्रले शुभेच्छामाथि अधिकारै जमाउन थालेको थियो ।
राम्रो कुरा धेरै दिन लुक्न सक्छ तर नराम्रो कुरा तुरुन्त फैलिन्छ त्यस्तै भयो शुभेच्छा उपेन्द्रको कुरा पनि । तर के थियो उपेन्द्रलाई ? उसको केही बिग्रनेवाला थिएन । न त इज्जत नै घट्थ्यो उसको । तर शुभेच्छा बदनाम हुने स्थिति आएको थियो । कहिले त अरु केटा पनि उसको पछि लाग्न खोज्थे । विस्तारविस्तार ऊ सेल्सगर्लबाट कलगर्लतिर उन्मुख हुँदै थिई । उसको जीवन अन्धकारतिर धकेलिँदै थियो । तर उसको जीवनमा उपेन्द्र बाहेक अरु केटा थिएनन् ।
यस्तैमा एकदिन होटलकै कोठामा शुभेच्छाले उपेन्द्रलाई भनी, ‘हेर उपेन्द्र मलाइ तिमीले बिगार्यौ । तिमीबाहेक मेरो अरु कुनै केटासँग सम्पर्क पनि छैन । मभित्र तिम्रो नासो हुर्किदैछ । सबैले मलाई देखेर घृणाले टाउको घुमाउन थालेका छन् । मेरा परिवारले यो कुरा थाहा पाइसके । जसका लागि मैले जागिर शुरु गरेकी थिएँ, उनीहरु सबै कुरा बुझ्ने भइसके । उनीहरु पनि तिमीलाई हेरिरहेकाछन् । त्यसैले मलाइ अपनाऊ । नत्र तिमी पनि अप्ठेरोमा पर्नेछौ । मेरा भाइहरु तिमीप्रति रिसले चुर भएका छन् । उसको कुरा सुनेर उपेन्द्र पनि कता डराए जस्तो देखियो । तर केही बोलेन हुन्छ मात्र भन्यो । उसले हुन्छ भनेको सुनेर शुभेच्छाले अंगालो हाली । दुवै आआफना घरतिर लागे ।
भोलिपल्ट शुभेच्छाले सुनी, उपेन्द्र हिजो अफिसबाट घर आएको छैन । शुभेच्छा खङ्ग्रङ्ग भई । उसको अनुहार पहेँलो भयो । ओठ मुख सुक्यो । ऊ अब पुरै एक्लो भएको महसुस गरी । उसका अगाडि अन्धकार छायो । भनी के उपेन्द्रले मलाइ धोका नै दिएको हो त ? ऊ आप्mनो अज्ञानतामा पछुताइरही ।
एक दिन उपेन्द्र उसलाई हिसाबकिताब गर्ने बहानामा दोकानमै बस्न भन्यो । सालतमामीको समय भएकाले मैले पनि नाइँनास्ती गरिन । अरु सबै छुट्टीपछि घरतिर लागिसकेका थिए । केही छिनको हिसाब किताबको हेराइपछि पसल बन्द गर्न लगाइ उसले भन्यो, ‘सारै भोक लाग्यो, केही खान जाउँ भन्दै उपेन्द्रले उसलाई होटलमा लग्यो । ऊ पनि उपेन्द्रलाई विश्वासै गर्थी । त्यसैले चिसो तातो जे मगाउँथ्यो उपेन्द्रले, ऊ पनि खाँदै गई । उसलाई कतिबेला निद्राले छोप्यो, उसले पत्तो पाइनँ । एकै पटक उसले बिहान होटलको कोठामा छरपस्ट अवस्थामा आफूलाई पाइ । आफूलाई त्यो हालतमा देखेर ऊ चिच्याउन थाली । रोइकराइ त्यो बन्द कोठाभित्र । तर सबै व्यर्थ । त्यसपछिका दिनहरुमा उपेन्द्रले शुभेच्छामाथि अधिकारै जमाउन थालेको थियो ।
(जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित कथासंग्रह ‘रसाएका आँखा’बाट । पुस्तक केही दिनमा बजारमा आउँदैछ ।)