खेम बम
काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानमा लापरवाही गरेको आरोपमा बर्खास्तमा पर्नुभएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लिराज बिष्टले आफूमाथि अन्याय भएको बताउनुभएको छ । आफूलाई एकहोरो रुपमा बलिको बोको बनाएको बताउँदै उहाँले खास रहस्य बाहिर आएरै छोड्ने आशा व्यक्त गर्नुभएको छ । निर्मला पन्त हत्या छानबिनमा लापरवाहीको आरोप लागेका एसपी बिष्टलगायत २ जनालाई गृहमन्त्रालयले बर्खास्त गरेको थियो । उनीहरुले हत्यारालाई पत्ता लगाउन नसकेको आरोप थियो । कञ्चनपुर घटनापछि आक्रोशित बनेको आन्दोलित भीडले त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो । हालसम्म पनि कञ्चनपुर निर्मलाको न्याय खोज्दै आन्दोलनरत रहेको छ ।
तत्कालिन प्रहरी प्रमुख बिष्टले आफूले गरिरहेको अनुसनधानमा बाधा उत्पन्न गराई काम गर्ने वातावरण खलबलाएको बताउनुभएको छ । बिष्टले भन्नुभयो, ‘भन्नुपर्ने धेरै छ, भीडलाई शान्त बनाउनकै निम्ति चुटिएको बिरालो जस्तो छेउमा स्याँस्या गर्दै बसेको छुँ एउटा समाजले कुनै व्यक्तिलाई भिक्टिम बनाउन कसरी खेल्दो रहेछ थाहा पाएँ ।’ घटनाको वास्तविकता ढिलो चाँडो आउने बताउँदै उहाँले नगरेको गल्तीको सजाय र पीडा असैह्य हुँदोरहेछ भन्नुभयो । समाजले नै आफूलाई एक्लो बनाएपछि चुप लाग्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । ‘ म विगतलाई सम्झन चाहान्न । जुन म माथि परेको असह्य पीडाको भारीलाई । आफूले नगरेको गल्तीको पीडा धेरै ठूलो हुँदो रहेछ, उहाँले भन्नुभयो ।’
आफूले जागिरी खाएको २४ वर्ष भएको बताउँदै उहाँले हरेक ठाउँबाट पुरस्कृत भएको र हालसम्म स्पष्टिकरणमा समेत नपरेको बताउनुभयो । जब निर्मला काण्डले निलम्बन हुँदै बर्खास्तसम्म पु¥याउँदा परेको पीडालाई भुल्न गाह्रो हुने उहाँको भनाइ थियो । कञ्चनपुर बसेको ६ महिनालाई स्मरण गर्दै उहाँले त्यहाँ भएको दुव्र्यसनी, देहव्यापार, मदिरा नियन्त्रणलाई ठूलो मात्रामा कन्ट्रोलमा ल्याएको बताउनुभयो । केही तत्वहरु आफ्नो कामप्रति नकारात्मक हुँदै गएको औल्याउँदै एसपी बिष्टले उनीहरुका कुरा नमान्दा यो अवस्थासम्म पुगेको स्वीकार गर्नुभयो । तर, उहाँले त्यो बिषयलाई खुलाउन चाहानुभएन । उहाँले भन्नुभयो–‘अहिले निर्मलाको हत्यालाई हतियार बनाएर जसरी स्वार्थमा रुमलिएका छन् उनीहरुका एक–एक अश्लियत बाहिर आउनेछ, मेरो र छोराको डिएनए परिक्षण हुनु प्रहरी संगठनका लागि समेत लाजमर्दो बिषय हो ।’
‘निर्मला हत्यालाई हतियार बनाएर आन्दोलनको विजारोपण गर्नेहरु सांसदसम्मका आश्वासन पाएर बसेका छन् रे ! तर, हामीले अनुसन्धान गरेकै थियौँ उहाँहरुलाई आफू कञ्चनपुरमा बहादुरी बन्न र त्यहाँका जनातालाई उक्साएर मन जित्नु थियो, म एक नेपाल सरकारको सीपाइ, राज्यको सुरक्षामा खटिँदा व्यक्तिगत गालीबेइजती, अपमान सहनुप¥यो ।’