काठमाडौं ।जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो साधारण सभा आज (मंगलबार) बबरमहलस्थित कार्की बैंक्वेटमा हुँदैछ ।
समुदायका सर्वसाधारणको शेयर संकलन गरेर सञ्चालनमा आएको जनता प्रसारण तथा प्रकाशन लिमिटेडले टेलिभिजन सञ्चालन, पुस्तक प्रकाशन, अनलाइन सञ्चालन गरिरहेको छ । अशल पुस्तक प्रकाशनसँगै सञ्चारमाध्यम सञ्चालनमा क्रियाशील जनता प्रसारण तथा प्रकाशन लिमिटेडको रेडियो जनता ८९.१ मेघाहर्ज आजदेखि प्रसारणमा आउँदैछ । शुरुमा जनता समाचार डटकम र पछि जनता टेलिभिजन सञ्चालन गरेको संस्थाले आफ्नै भवन नयाँ बानेश्वरबाट रेडियो पनि प्रसारणमा ल्याउन लागेको हो ।
दिउँसो २ः३० बजे हुने साधारण सभा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुनेछ । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुको सहभागिता रहनेछ ।
६५ जिल्लामा शेयर सदस्यसामुदायिक अवधारणमा स्थापित जनता प्रसारण तथा प्रकाशन लिमिटेडमा ६५ जिल्लाका सर्वसाधारण शेयर सदस्य छन् । एक हजार एकसयको हाराहारीमा शेयर सदस्य छन् ।
६ पुस्तक विमोचन हुँदैजनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो साधारणसभा पारेर आज हुने कार्यक्रममा संस्थाका तर्फबाट ६ वटा पुस्तक विमोचन हुँदैछ । प्राज्ञ गोपीरमण उपाध्यायको मानिस महाबली यसरी भयो र नीति वचन संग्रह, डा. कपिल लामिछानेको विस्थापन, दुर्गा पौडेलको रसाएका आँखा, गोविन्द ज्ञवालीको नेपालको कथा र डा. विदुर चालिसेको अभिलेखीय नेपाली नामधातु पुस्तक विमोचन हुने नायव महाप्रबन्धक अशेष घिमिरेले बताउनु भयो ।
प्रत्यक्ष प्रसारणसंस्थाको चौथो साधारण सभा जनता टेलिभिजन, रेडियो जनता ८९.१ मेघाहर्ज र जनता समाचार डटकम (www.janatasamachar.com) सँगै फेसबुक (www.facebook.com/janatasamachar) तथा युट्युब Janata Television Nepal बाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।
अध्यक्षको शुभकामनाजनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेलले संस्थाको चौथो साधारण सभाको अवसर पारेर शेयरधनी, कर्मचारी, दर्शक, स्रोता, पाठक र शुभेच्छुकमा शुभकामना दिनु भएको छ । आफ्नो लक्ष्यमा ‘प्रोगेसिभ कर्पोरेट’ परिचयसहित संस्था अघि बढिरहेको र बजारमा प्रतिस्पर्धी संस्थाका रुपमा स्थापित हुँदै गएको बताउँदै अध्यक्ष पौडेलले सबैमा शुभकामना दिनु भएको छ ।