जीवनको ८ दशक पार गरिसक्दा समय फेरिए, अनेक व्यवस्था परिवर्तन भए तर प्रेमध्वजको स्वभाव कहिल्यै फेरिएन । बाल्यकालदेखि नै शान्त र लजालु उनको स्वभाव अहिलेसम्म जस्ताको तस्तै छ ।
प्रेमध्वज प्रधान अर्थात नेपाली संगीत क्षेत्रको युग गायक । विगत ६५ बर्षदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा आफनो योगदान पुर्याउदै आएका गायक प्रधानले करिब ७ सय गीतहरुमा आफ्नो स्वर दिईसकेका छन् । घुम्तीमा नआउ है,नमान लाज यसरी,गोरेटो त्यो गाउँको,पर लैजाउ फूलहरु जस्ता दर्जनौं कालजयी गीतका गायक प्रधानले ८१ बर्षको उमेरमा समेत गीत रेकर्ड गराएर नेपाली सांगीतिक क्षेत्रमा ईतिहास रचेका छन् ।
[caption id="attachment_3660" align="alignleft" width="205"]
-
दीपेन्द्र दोङ तामाङ[/caption]
पुरानो र नयाँ पुस्ता सबैका लागि आदर्श गायक प्रेमध्वज प्रधानको जन्म विक्रम सम्बत १९९३ जेष्ठ २९ गते सिन्धुपाल्चोकको चौतारामा भएको थियो । बुबा रत्नध्वज प्रधान तथा आमा प्राणदेवी प्रधानको सुपुत्र प्रेमध्वजको बाल्यकालको नाम भने गणेशध्वज प्रधान थियो । स्कूलमा भर्ना हुने बेला उनका शिक्षकले उनलाई प्रेम नाम राखिदिए र कालान्तरमा उनी प्रेमध्वज प्रधान कहलिए । जीवनको ८ दशक पार गरिसक्दा समय फेरिए, अनेक व्यवस्था परिवर्तन भए तर प्रेमध्वजको स्वभाव कहिल्यै फेरिएन । बाल्यकालदेखि नै शान्त र लजालु उनको स्वभाव अहिलेसम्म जस्ताको तस्तै छ ।
बाल्यकालको सम्झना प्रायः सबैकालागि अविस्मरणीय रहन्छन् । किनभने बालपन सबैको अनुपम हुन्छन् । तर प्रेमध्वजको बाल्यकाल अबिस्मरणीय त थियो नै तर रमाईलो भने खास्सै थिएन । उनी बाल्यकाल आमा र बुबाको सम्बन्ध विच्छेदको कारण तनावमा बित्यो । कहिले आमासंग कहिले बुबासँग गर्दागर्दै पछि उनको पढाई र भबिष्य हेरेर सबैको सल्लाह अनुसार उनी बुबा रत्नध्वज प्रधानसंग बस्न थाले । उनको आमा प्राणदेवी प्रधान पनि गीत गाउथिन् ।
त्यसैले प्रेमध्वजलाई सांगीतिक गर्भ नसीव भयो । त्यसमाथि उनको हजुरबुबा स्वयम् संगीतप्रति रुचि राख्ने हुनाले पारिवारिक माहोल पनि संगीतमय नै थियो । यी सबै कारणले प्रेमध्वजको गीत संगीतप्रति झुकाव दिनदिनै बढ्दै गयो । स्कूलको पढाई सकेर बुबाको पसलमा बुबालाई सघाउने काम गर्दथे प्रेमध्वज । त्यसबाट बचेको समय भने गीत संगीतमा नै बित्थ्यो उनको । उनले अतीतमा फर्कदै भने–मेरी आमा असाध्यै मीठो आवाजमा गाउनुहुन्थ्यो । आमाको गीत सुनेर नै मभित्र पनि गीत गाउने आकंक्षाको जन्म भयो । त्यसैले मेरो प्रथम सांगीतिक गुरु मेरी आमा नै हुनुहुन्छ ।
पारिवारिक किचलोले पढाइमा असर
९ बर्षको उमेरमा सिन्धुपाल्चोकबाट काठमाण्डौ छिरेका प्रेमध्वजको स्कूले शिक्षा अलि ढिला नै शुरु भयो । विक्रम सम्वत् २००२ सालमा बल्ल उनी काठमाडौंको विश्व निकेतन स्कुलमा भर्ना भए । घरको स्थितिका कारण पढाईसगै बुबालाई काममा सघाउनु उनको दैनिकी थियो । त्यसैले होला उनी पढाइमा कमजोर हुदै गए । त्यसको परिणामस्वरुप एसएलसी परीक्षामा उनी संस्कृत बिषय लागेर फेल भए । फेलभएपछि पढाई नै ठुलो कुरा रहेछ भन्ने उनमा आत्मबोध भयो । त्यसैले उनी कडा मिहिनतका साथ पढाइमा लागे । अन्ततः २०१३ सालमा उनले राम्रो अंकका साथ एसएलसी उत्तीर्ण गरेर देखाए ।
सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थे उनी । तर गायक नै बन्छु भन्ने सपना भने साँचेका थिएनन् । तर एकदिन रेडियो नेपाल घुम्न गएको बेला रहरै रहरमा स्वर परीक्षा दिएका उनको नाम ‘क’ श्रेणीमा निस्कियो । अनि त के चाहियो उनलाई ? ढुङ्गा खोज्दा देउता नै भेटेपछि ।
बाहिर स्टारडमको रवाफ, घरभित्र चरम अभाव
रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि त्यही गीत रेकर्डिङ गर्ने अवसर जुर्र्यो उनकालागि । र, विक्रम सम्बत २०१४ सालमा उनको स्वरमा पहिलो गीत रेकर्ड भयो । उनको स्वरमा पहिलो पटक रेकर्ड भएको यो नेपाली शीर उचाली बोलको राष्ट्रिय गीतमा उनले गायिका तारादेवीसँग युगल गायन गर्ने अवसर पाए । त्यसपछि बिस्तारै अरु गीतहरु गाउदै अगाडि बढ्दै गएका प्रेमध्वजले आजसम्म पछाडि फर्कनु परेका छैनन् । बोल्ड र मखमली स्वरका धनी उनका एकपछि अर्काे गीत नेपाली संगीत क्षेत्रमा लोकप्रिय हुँदै गयो र गायक प्रेमध्वज प्रधानको नाममा उनी पनि गीतसँगै लोकका प्रिय बने ।
अलि बुझ्ने भएपछि उनले वुवाको साथ छोडेर आमासँग बस्ने निधो गरे । बुबाबाट छुट्टिएर आमासंग बस्नथालेपछि आमाको जिम्मेवारी पनि उनकै काँधमा आइलाग्यो । त्यसैले उनी कामको खोजीमा भौंतारिन थाले । साँच्चै नै बुबासँग छुट्टिएर बसेपछि दुई आमाछोरालाई घर खर्च चलाउन निकै गाह्रो पर्दथ्यो ।
उनकी आमाले निकै दुःखकष्ट गरेर पुतली, गुडिया बनाई त्यसको बिक्रिबाट आउने पैसाबाट आफ्नो र छोरा प्रेमध्वजको जीवनयापन गरिरहेकी थिइन् । आमाले आफ्ना लागि यसरी दिनरात दुःख गरेको देखेर प्रेमध्वजको मन रुन्थ्यो । त्यसकारण उनी चाँडै जागिर खाएर आमालाई सुख दिनका लागि चारैतिर जागिर खोज्न थाले ।
आफू गायक भएका कारण प्रेमध्वज रेडियो नेपालमा गायकको रुपमा जागिर खान चाहन्थे र यसका लागि उनले निकै प्रयास पनि गरे । तर मासिक तलब ९० रुपियाँ पाउने ठाउँमा ४५ मात्रै लिन्छु भन्दा पनि रेडियोले उनलाई पत्याएन । जागिरको खोजीमा भौतारिरहेका प्रेमध्वजले अन्ततः विक्रम सम्वत २०१७ सालदेखि अमेरिकी सूचना केन्द्रमा टाइपिष्टको जागिर पाए । जागिर खान सुरु गरेपनि गीत गाउन भने कहिल्यै छोडेनन् उनले ।
उनको ख्याति यति चुलीमा थियो कि विक्रम सम्वत् २०२३ सालमा निर्माण भएको निजी क्षेत्रको पहिलो चलचित्र माईतीघरको पाश्र्वगायनकालागि नारायणगोपालसँगै उनी पनि छनौटमा परे । जस अनुसार भारतको बम्बईमा पुगेर उनले चलचित्र माइतिघरकालागि नमान लाज यसरी बोलको गीत रेकर्ड गराए । उक्त गीतमा उनलाई भारतीय गायिका उषा मङ्गेसकरले साथ दिएकी थिइन् ।
विदेशीसँग गाउने पहिलो नेपाली गायकआधुनिक गीतमा राम्रो छाप बनाईसकेका प्रधानलाई फेरि अर्काे सुनौलो मौका जुर्याे २०२३ सालमा । निजी क्षेत्रबाट निर्माण भएको पहिलो नेपाली चलचित्र माईतीघरमा उनले पनि गीत गाउने अवसर पाए । र, विदेशी कलाकारसंग गीत गाउने पहिलो नेपाली गायक बन्न सफल भए ।प्रेमध्वज प्रधानको स्वरमा जादुमयी शक्ति नै हुन्थ्यो । त्यसैले उनका गीत सुनेर श्रोता र दर्शक लठ्ठै पर्थे ।
उनको ख्याति यति चुलीमा थियो कि विक्रम सम्वत् २०२३ सालमा निर्माण भएको निजी क्षेत्रको पहिलो चलचित्र माईतीघरको पाश्र्वगायनकालागि नारायणगोपालसँगै उनी पनि छनौटमा परे । जस अनुसार भारतको बम्बईमा पुगेर उनले चलचित्र माइतिघरकालागि नमान लाज यसरी बोलको गीत रेकर्ड गराए । उक्त गीतमा उनलाई भारतीय गायिका उषा मङ्गेसकरले साथ दिएकी थिइन् ।
यसरी विदेशी कलाकारसँग गीत रेकर्ड गराउने उनी पहिलो नेपाली गायक थिए । तत्कालीन समयमा लोकप्रियताको शिखरमा रहेकी भारतीय गायिका उषा मङ्गेसकरसँग गीत गाउन पाउनु नै प्रेमध्वजकालागि ठूलो उपलब्धी थियो । त्यसमाथि गीत पनि हिट भैदिएपछि उनको म्यूजिक करियर झनै चम्कियो ।
यसरी गीत संगीत क्षेत्रमा गायक प्रधानको उचाई बढ्दै गएसँगै बिभिन्न स्टेज कार्यक्रममा गीत गाउन अफर आउथ्यो उनलाई । कार्यक्रमकै सिलसिलामा छिमेकी मुलुक भारतसम्म पुगेर तत्कालीन समयका सुपरस्टार धर्मेन्द्र लगायतका कलाकारहरुसँग समेत उनले एउटै स्टेजमा कार्यक्रम गरेका थिए । धर्मेन्द्रसँगको एउटा कार्यक्रममा प्रेमध्वजको गीत सुनेपछि हजारौं भारतीय दर्शकहरुले ठूलो आवाजमा वान्स मोर वान्स मोर भनेर चिच्याएको क्षण आफ्नो जीवनकै अविस्मरणीय पल बनेर रहेको उनी बताउछन् ।
चलचित्र माइतीघरमा प्रेमध्वजको पाश्र्वगायन सुनेर प्रभावित सोही चलचित्रमा अभिनय गर्न नेपाल आएकी त्यसबेलाकी चर्चित भारतीय नायिका माला सिन्हा गायक प्रेमध्वज प्रधानको आकर्षक व्यक्तित्वबाट भुतक्कै भइन् ।
बलिउड सुपरस्टार माला सिन्हाको प्रेम प्रस्ताव
चलचित्र माइतीघरमा प्रेमध्वजको पाश्र्वगायन सुनेर प्रभावित सोही चलचित्रमा अभिनय गर्न नेपाल आएकी त्यसबेलाकी चर्चित भारतीय नायिका माला सिन्हा गायक प्रेमध्वज प्रधानको आकर्षक व्यक्तित्वबाट भुतक्कै भइन् । कतिसम्म भने बलिउडमा सुपरस्टार बनिसकेकी मालाले प्रेमध्वज समक्ष आफैंले प्रेम प्रस्ताव राखिन् । तर प्रेमध्वजले मालालाई कहिल्यै त्यसनजरबाट हेरेकै थिएनन् । अझ भनौं उनी त कुनै युवतीको समीपमै पर्न चाहदैनथे । शायद त्यही भएर उनले घुम्तीमा नआउ है आँखा तिमी जुधाउन, बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन गीतका शब्द रोजेका थिए कि !
खैर प्रेमध्वजले मालाको प्रेम प्रस्ताव अस्वीकार गरिदिए । मालाले पनि प्रेमको अस्वीकृतिलाई सहजरुपमा लिइन् । तर माला र प्रेमध्वज असल मित्र भने बने । पछि माला सिन्हा बम्बई फर्किंदा उनले प्रेमध्वजलाई पनि उतै आउने निम्तो दिएर गइन् । माला सिन्हाको निम्तो, बम्बई गएर सङ्गीतमा केही सिक्ने र त्यहाँ नाम चलेका गायक सङ्गीतकारहरुसँग भेट्ने इच्छा भएका कारण प्रेमध्वजले अफिसमा १ वर्षजतिको बिदा मिलाएर बम्बई पुगे ।
सन् १९६९ मा भारतीय विद्याभवनमा सङ्गीत पढ्ने विचारले त्यहाँ पुगेका प्रेमध्वजले घुम्तीमा नआउ है र पारिदेखि जुनकिरी बोलको दुई वटा गीत सुनाएपछि यति राम्रो त यहाँका गायकले पनि गाउदैनन्, त्यसैले तिमीले सङ्गीत सिक्न आवश्यक छैन भनी प्रशिक्षकहरुले फर्काइदिए । माला सिन्हाको विशेष आग्रहमा उनले सन् १९७० को फिल्म फेयर अवार्डमा समेत् केही गीतहरु सुनाएर त्यहाँ उपस्थित कैयौँ भारतीय कलाकारहरुलाई नेपाली गीतको परिचय गराएका थिए ।
युवकहरु समेत लोभिने जीउडाल
प्रेमध्वज गीत गाउन जति खप्पीस थिए,नयां नयां काम गर्न पनि त्यतिकै ईच्छुक थिए । नेपाली गायनक्षेत्रमा पहिलो पटक गीतार बजाउने गायक समेत उनी नै थिए । एउटा कार्यक्रममा बिदेशीले गीतार बजाएको देखेर त्यतिबेला २ सय रुपैयामा गीतार किनेर बजाएका थिए उनले । कहिले गीतार बजाउने त कहिले आर्मीमा भर्ती हुने । फेरिहरन्थे उनका सौखहरु । त्यही सौखले उनी नेपाली सेनामा भर्ती भए । निकै फुर्तिला स्वभावका प्रेमध्वज जीम गर्न खुबै रुचाउथे । आर्मीको दैनिक अभ्यास र जीम गरेर चिटिक्क परेको उनको जीउडाल हेरेर युवतीहरु मात्र होइन युवकहरु समेत लोभिन्थे । चकलेटी अनुहार र सुगठित शरीरका धनी प्रेमध्वजलाई चलचित्रमा नायकको भूमिकाकालागि थुप्रै अफरसमेत आएको थियो ।
जवानीको त्यो स्फूर्ति र शारीरिक अभ्यासले जीवनको उत्तराद्र्धमा समेत प्रेमध्वजलाई उत्तिकै फूर्तिलो बनाइराख्न मद्दत गरेको छ । शरीरले साथ दिन छोडे पनि गायनप्रतिको उनको जोश र जाँगर अझै पनि घटेको छैन । त्यसैले अहिलेसम्म उनको गायन यात्राले निरन्तरता पाइरहेको छ ।
झण्डै ६ दशक लामो निरन्तरको संगीत यात्राका क्रममा उनले आधुनिक,राष्टिय,लोक,भजन र नेपाल भाषामा गरि ७ सय बढी गीत रेकर्ड गराइसकेका छन् । ती मध्ये उनका अधिकांश गीत लोकका प्रिय छन् । माइतीघर, अन्याय, मायालु, बदलिँदो आकाश, फेरि फेटौँला, जीवनरेखाजस्ता १२ वटा चलचित्रहरुमा स्वर दिइसकेका प्रेमध्वज प्रधानले ४ ओटा जति लोकगीत र २०–२५ ओटा जति भजनहरु गाएका छन् ।
साङ्गीतिक भ्रमणको लागि भारत, अमेरिका र अष्ट्रेलियामा पुगिसकेका प्रेमध्वज२०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा प्रथम, २०४४ सालमा गोरखा दक्षिण बाहु चौथा, २०४७ सालमा छिन्नलता पुरस्कार, २०५३ सालमा विख्यात त्रि–शक्तिपट्ट तेस्रा, २०५८ सालमा भूपालमानसिंह पुरस्कार, २०५९ सालमा गंगा लुनकरणदास चौधरी पुरस्कार, २०५९ सालमै इमेज च्यानल र हिट्स एफ.एम.बाट लाइफ टाइम एचिभमेन्ट अवार्डजस्ता सम्मान, पदक र पुरस्कारहरुले पनि सम्मानित भइसकेका छन् । ००००
प्रेमध्वजको जीवनमा झुल्किएकी किरण
प्रेमध्वजलाई नजिकबाट चिन्नेहरु भन्दछन्–उनको व्यक्तित्व यस्तो थियो,जसलाई देखेर धेरै युवतीहरु भुतुक्कै हुन्थे । उनको व्यक्तित्वबाट बलिउड अभिनेत्री माला सिन्हा समेत प्रभावित भएकी थिइन् । मखमली स्वर, हिस्सि परेको अनुहार अनि जीम गरेर चटक्क मिलेको जीउडाल । त्यसमाथि गायन क्षेत्रमा उनले पाएको ख्याति । उनलाई मन पराउनेहरुबाट प्रेम प्रस्ताव थुप्रै आए पनि उनलाई भने प्रेमबिबाहमा पटक्कै बिश्वास थिएन । त्यसैले त उनले मागी बिबाह गरेर आफ्नो जीवन संगिनी रोजे ।
बाल्यकालमै आमा बुबाको सम्बन्ध विग्रिएको घट्नाले प्रेमध्वजको बाल मस्तिष्कमा पारेको प्रभावले प्रेमप्रति उनको विश्वास टुटेको थियो । त्यसैले उनी प्रेमप्रति कहिले सकरात्मक बन्न सकेनन् । आमावुवाको प्रेमबिबाह सफल नभएको उदाहरण आफनै घरमा देखेकाले होला प्रेमबिबाहमाथिको उनको विश्वास उडिसकेको थियो । कतिसम्म भने उनी त बिबाह नै नगर्ने पक्षमा थिए । त्यही भएर उनले तत्कालीन समयकी बलिउड सुपरस्टार माला सिन्हादेखि धैरे युवतीहरुबाट आएको प्रेम प्रस्ताव अस्वीकार गरिदिएका थिए । तर भनिन्छ नि भगवानले हरेक व्यक्तिको जोडी पहिले नै बाँधेर पठाइदिएका हुन्छन् । त्यस्तै भयो प्रेमध्वजको जीवनमा पनि ।
सन् १९६७ मा सरस्वती कलेजबाट स्नातक उत्तीर्ण भएका प्रेमध्वज सबै कुराले भरिपूर्ण थिए । लक्का जवान भइसकेका उनलाई घरपरिवार र साथीभाईहरुले विवाह गर्ने उमेर जान लाग्यो भनेर करकर गर्न थाले । त्यही करकरले उनलाई विवाह गर्न राजी बनायो । अन्ततः वि.सं.२०२८ साल फागुन ६ गते डिल्लीबजारकी किरण श्रेष्ठसँग उनले मागी विवाह गरे । प्रेमध्वजको विवाहमा नारायण गोपाल, नातिकाजी, पुष्प नेपाली, माणिकरत्न, सिके रसाइलीजस्ता थुप्रै गायक–सङ्गीतकार साथीहरु जन्ती गएका थिए ।
प्रेमध्वज र किरणका २ छोरा जन्मिए–प्रसन्नध्वज प्रधान अनि कबिरध्वज प्रधान । जेठा छोरा प्रसन्नध्वजले शुरुवातमा बुबाले नै देखाएको बाटो रोजेका थिए । अर्थात सानैदेखि संगीतप्रति रुची राख्दै हुर्केका उनले केही एल्वम समेत निकालेका थिए । तर अहिले भने दुबै छोराहरु अमेरिकामा बसोबास गर्दै आएका छन् । दुवै छोराहरुको घरजम हुनुकासाथै नातिनातिना समेत जन्मिसकेका छन् ।
अवकाशपछिको जीवन
अमेरिकी सूचना केन्द्रको जागिरबाट अवकाश पाएपछि उनले सम्पूर्ण समय घरपरिवार र गीत संगीतलाई नै दिदै आएका छन् । हाल जीवनसंगीनी किरणसँगै काठमाडौंको बागबजारमा बस्दै आएका प्रेमध्वज अहिले पनि बिहान बेलुका केही क्षण संगीत साधना गर्छन् । हरेक बिहान केही योग र प्राणायाम समेत गर्ने गर्छन् उनी । त्यसैगरि उनी हरेक बिहान कमलादी गणेशस्थान मन्दिर, भद्रकाली मन्दिरमा गएर पूजा गर्ने र असनका गल्लीहरुमा १–२ घण्टाहिड्ने गर्छन् । यसले स्वस्थ्य भइराख्न मद्दत गरेको उनी बताउँछन् । उमेरको गन्ती गर्दा ८१ अंक पुगिसकेको छ तर संगीतप्रतिको झुकाव भने उस्तै छ । यसै वर्ष उनले सार्वजजनिक गरेको गीति एल्वम उनको यो जोशिलो संगीतकर्मको ताजा उदाहारण हो ।
प्रेमध्वजका कमलजायी गीतहरुः
घुम्तीमा नआउ है आँखा तिमी जुधाउनबाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन ।००००पर लैजाउ फूलहरुछोपीदेउ तारा जुनबन्द गर आँखाहरुतिम्रो याद आउनेसबै चीजहरु ।००००
गोरेटो त्यो गाउँको लौन आजखोजी खोजी थाकें निपहिल्याउन सकिनँ ।००००देउरालीमा बतास चल्योबतास चल्यो,बतास चल्यो ।००००यो नानीको शीरैमा इन्द्रकमल फूल फुल्योमग मग चल्यो बास्ना ।००००तारा मात्र होइन तिमीलाई जूनै दाइजो दिइदिउँलामाग तिमी,तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला ।००००हाँस्ने रहरहरु आँसुमा डुबेसुन्दर सपना शीशा झैं फुटे ।