हरेक सफलता पछाडि प्रेरणाका स्रोत हुन्छन् नै । उनका लागि उनको पारिवारिक पृष्ठभूमि नै साहित्यिक यात्रा सहयोगी साबित भयो । ‘मेरी आमाको मृत्युले निकै संवेदनशील बनायो ।’ उनले भने, ‘त्यसैले पनि साहित्यमार्फत पानाहरुमा पोखिन थालेँ ।’ घरमा पुस्तक पढ्ने वातावरण थियो । दाजुहरु साहित्यमा थिए । यसले गर्दा पनि उनलाई लेखौँ भन्ने लाग्यो ।
–निरुपा प्रसून
जीवनमा कति कुरा हुँदा रहेछन्, जसले मान्छेलाई भित्रैदेखि तहसनहस पार्दछ । अनि केही यस्ता कुरा पनि हुन्छन् जसले भत्किएको जीवनलाई जोड्ने काम पनि गर्दछ । नत्र मान्छे के गर्दो हो कुन्नि ?
डा.धुवचन्द्र गौतमलाई हेरौँ, मान्छेहरु उनलाई घमण्डी भन्छन् । उनीसँग संगत गर्नेहरु उनलाई सहयोगी, मिलनसार र असल मान्छे भन्ठान्छन् । नेपाली साहित्य अर्थात् उपन्यासहरुमा उनी अग्रणी र मूर्धन्य उपन्यासकारका रुपमा स्थापित भइसकेका छन् । विसं २००० साल आजैको दिन अर्थात पुस २ गते वीरगञ्जमा जन्मिएका उनले दश–एघार वर्षका उमेरदेखि अनौपचारिक लेखनयात्रा शुरु गरेका थिए भने विधिवत् रुपले विसं २०२० को रुपरेखामा ‘तटस्थताः असफलता’ शीर्षकको कवितामार्फत साहित्य यात्रा आरम्भ गरेका थिए ।
नेपालमा पूर्णकालीन लेखक न्यून छन्, जसमध्ये डा.धुव्रचन्द्र गौतम पनि एक हुन् । उनले आफ्नो जीवनमा साहित्यबाहेक कुनै निकाय रोजेनन् । चाहे साझाको महाप्रबन्धक हँदा होेस वा प्रज्ञाप्रतिष्ठानको सदस्य सचिव हुँदा नै किन नहोस् ।
[caption id="attachment_83557" align="aligncenter" width="900"]
डा. ध्रुवचन्द्र गौतमसँग लेखक[/caption]
साहित्य समाजको ऐना हो, समाजको प्रतिविम्ब हो । यसै भन्छन् सबै जना र म पनि यसैलाई मान्छु । कतिपटक निरास हुँदा पनि उनले साहित्यप्रति समर्पित हुन छाडेनन् । त्यसैले साहित्यकारहरुको भिडमा पनि उनी अलग छन् । उनको शैली पृथक छ । उनको आफ्नै धरातल छ । आफ्नै उचाइ छ आफ्नो बेग्लै पहिचान र अस्तित्व छ ।
उनी नै नेपाली साहित्यका यस्ता स्रस्टा हुन् उनले अनुभवन्यास (बाढी २०५६) भन्ने उपन्यासको प्रकार भनौँ या साहित्यको अर्को नयाँ विधा सिर्जना गरे । आफूलाई ‘ऊ’ बनाएर लेखिएको यो तरीका नौलो थियो । यस्तो अभ्यास विदेशतिर पहिल्यै प्रचलनमा रहे पनि यहाँ नयाँ हो, अनुभवन्यास । यसरी नेपाली साहित्यमा नयाँ शब्द जन्म दिने प्रथम प्रयोक्ता हुन डा.ध्रुवचन्द्र गौतम ।
उनी साहित्यलाई नियम कानुनभित्र सिद्धान्तले बाँधिएर लेख्ने चिज हो भन्ने ठान्दैनन् । डा.ध्रुवचन्द्र जतिखेर मन लाग्यो उतिखेर लेखिहाल्ने, कसैले लेखिदिनु पर्यो भन्दा तत्काल लेखेर दिने प्रकृतिका पनि होइनन् । उनलाई लेख्न विशेष परिवेश उपस्थिति हुनुपर्छ । उनी भन्छन्, ‘अचानक बिजुली चम्किए जस्तो गरी आँउछ सबै कुरा, एकछिनमा संसार उज्यालो हुन्छ र छिनभरमै अध्याँरो ।’ यही मनमस्तिष्कमा लेख्छन् उनी । आजसम्म जति लेखे, ती सबै यही बिजुली चम्काइको देन हो भन्छन् ।
उनी नै नेपाली साहित्यका यस्ता स्रस्टा हुन् उनले अनुभवन्यास (बाढी २०५६) भन्ने उपन्यासको प्रकार भनौँ या साहित्यको अर्को नयाँ विधा सिर्जना गरे । आफूलाई ‘ऊ’ बनाएर लेखिएको यो तरीका नौलो थियो । यस्तो अभ्यास विदेशतिर पहिल्यै प्रचलनमा रहे पनि यहाँ नयाँ हो, अनुभवन्यास । यसरी नेपाली साहित्यमा नयाँ शब्द जन्म दिने प्रथम प्रयोक्ता हुन डा.ध्रुवचन्द्र गौतम ।
हरेक सफलता पछाडि प्रेरणाका स्रोत हुन्छन् नै । उनका लागि उनको पारिवारिक पृष्ठभूमि नै साहित्यिक यात्रा सहयोगी साबित भयो । ‘मेरी आमाको मृत्युले निकै संवेदनशील बनायो ।’ उनले भने, ‘त्यसैले पनि साहित्यमार्फत पानाहरुमा पोखिन थालेँ ।’ घरमा पुस्तक पढ्ने वातावरण थियो । दाजुहरु साहित्यमा थिए । यसले गर्दा पनि उनलाई लेखौँ भन्ने लाग्यो ।
उनका पालामा अहिले जस्तो सुविधा थिएन । पत्रपत्रिका एकदमै कम थिए । उतिबेला अहिले जस्तो पारिश्रमिक पाउनु त धेरै परको कुराको कुरो, छापिनु नै पुरस्कार पाए भन्दा बढी हुन्थ्यो । तर पनि उनी साहित्यमा समर्पित हुन छाडेनन् । भन्छन् , ‘मेरा लागि साहित्य सास फेर्नु जस्तै हो ।’ उनकै भनाइमा सास फेर्नुको दुईवटा महत्व हुन्छ । एउटा बाँच्नुको बोध अर्को स्वाभाविक प्रकृतिकरुपमा जसरी सास फेरिरहेको थाहा हुँदैन । ठीक त्यस्तै निरन्तरता हो साहित्य सिर्जना धु्रवचन्द्रका लागि । यी दुवै कुरा हुन् साहित्य पनि । भन्छन्, ‘साहित्य त मबिना पनि हुन सक्छ तर म साहित्यबिना हुन सक्दिनँ ।’
साहित्य एउटा लामो यात्रा ठानेर हिँडे । कयौँ उकालीओराली। घुम्ती, गोरेटो–दोबाटो आए–गए । तर उनी कहिल्यै विचलित भएनन् । न त बाटो अर्को रोजे । उनको विचारमा साहित्य साधना हो र साधना मूल्यहीन हुँदैन कहिल्यै पनि । उनले आफ्नो अस्तित्व आफ्नो उचाइ बनाइछाडे । विशाल ठाउँ ओगट्न सफल पनि भए । एकछिनका लागि साहित्य फाँटमा उनको उपस्थिति मेटाइदिने हो भने नेपाली साहित्य अपूर्ण हुन्छ । यो खोटो देखिनेछ । महत्वपूर्ण कुरा नपुगेको अवश्य हुनेछ ।
विसं २०२४ मा ‘अन्त्यपछि’ पहिलो उपन्यासबाट औपन्यासिक यात्रा शुरु गरेका आजसम्म आइपुग्दा आधा शताब्दीभन्दा बढी नै साहित्यमा समर्पित उनका प्रकाशित कृति ५२ पुगिसके । संख्या धेरै भएर पनि गुणस्तरमा कुनै कमी आउन दिएका छैनन् उनले । एकभन्दा अर्को राम्रा छन् उनका सृजनाहरु । उपन्यास नै २५ वटा लेखिसकेका डा.गौतमको ‘विगत जस्तो केही’ अहिलेसम्मको अन्तिम उपन्यास हो भने ‘एक आनाको जमाना’ अनुभवन्यास अन्तिम अनुभवन्यास हो भन्छन् उनी । उनको उपन्यास ‘अलिखित’ले विसं २०४० मा मदन पुरस्कार प्राप्त गरेको थियो भने उनको कट्टेलसरको चोटपटक (चलचित्र बासुदेव) अत्यन्तै चर्चित कृति हो । डापी, निमित्त नायक, अग्निदत्त+अग्निदत्त, बाढी, उपसंहार अर्थात् चौथो अन्त्य, दुविधा, फूलको आतंक र सहस्राब्दीको अन्तिम प्रेमकथा, भष्मासुरको नलीहाड र पहिलो प्रेमको संस्मरण आदि सबै पाठकले रुचाएका कृति हुन् । उनलाई नेपाली साहित्यमा आख्यानपुरुष भनेर पनि चिनिन्छ । उनै आख्यान पुरुष डा.ध्रुवचन्द्र गौतमको आज ७५ औँ जन्मउत्सव हो । उनको शुभ जन्मदिनको शुभजन्मोसवको उपलक्ष्यमा दीर्घायु र सुस्वास्थको मंगलमय शुभकामना ।