बालकविता
–रमेशचन्द्र घिमिरे
उत्तर दिन अप्ठ्यारो ठान्दै नठाननजाने नि क्यै हुन्न गाह्रो नमानमिसले प्रश्न सोध्नु भो उत्तर खोज्नु भोलाजले मुन्टो निहुर्याएँ केके सोच्नुभो
मैले बोल्दा क्यै साथी हाँस्छन् जहिल्यैकल्ले जान्या हुन्छ र उत्तर पहिल्यै ?भन्नै केही पाउँदिन खिस्सी गर्दछन्गुरुमाको यी अब फेला पर्दछन्
कसले आ’को हुन्छ र पैल्यै जानेरके सोच्दा हुन् आफूलाई हिरो ठानेरनजानेमा सिकाउने गुरुआमा छन्गाह्रो पर्दा सघाउने यै कक्षामा छन्
केलाई पिर मानेर शिर झुकाउने ?आ’को उत्तर भन्दिन्छु किन लुकाउने ?एक्कै छिन सोचेर उत्तर भन्दिएँचुप्प ला’र उभिएँ ज्ञानी बन्दिएँ
कोको रै’छन् खिस्याउने मिसले गन्नुभोहाँस्नेमध्ये यौटालाई ‘उठ’ भन्नुभोउसलाई पनि सोध्नुभो मैलाई जसरीके जानेर मिलाओस् भनोस् कसरी ?
लाजले रातो पिरो भो टाउको कन्यायो‘ट्वाइलेट जान्छु’ भनेर कुरा बनायोपल्यापुलु गरेर हेर्यो सबैलाई‘खुच्चिङ् खाइस्’ भन्दैथे अरु साथीभाइ
भन्नुभयो मिसले हाम्रा कुरा मानेरइज्जत गर साथीलाई साथी ठानेरअरूलाई उडाउँछौ आफैँ जान्दैनौअब मैले भनेको मान्छौ मान्दैनौ ?
कान समाई ती साथी उठे जुरुक्कमुन्टो झुकाई उभिए पर्दै लुरुक्कअब कैल्यै कुनै दिन यस्तो गर्दैनौँगल्ती काममा अगाडि सर्दै सर्दैनौँ
हामी खिस्सी गर्दैनौँ इज्जत गर्दछौँमाफी दिनुस् भनेर शरण पर्दछौँराम्रो गर्छौँ नराम्रो कुरा छोडेरमाफी मागे दुईवटै हात जोडेर
हाम्री ज्ञानी गुरुमा रमाउनु भोअब बल्ल साँच्चै नै खुसी हुनु भोबोलाएर मलाई काखमा लिनु भोमेरो उत्तर मिलेछ चकलेट दिनु भो
–भोर्लेटार, लमजुङ