दाङ । दाङमा भएको बस दुर्घटनामा परी ठूलो क्षति भएको छ । अहिलेसम्म २३ जनाको मृत्यु भइसकेको छ । घाइते १४ जनाकै अवस्था गम्भीर रहेको छ । उनीहरुलाई अहिले काठमाडौं ल्याउने तयारी भइरहेको छ । हालसम्म मृतक मध्ये १५ जनाको सनाखत भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रुकुम पूर्व भूमे ६ का नरेश वली, दाङ घोराही उपमहानगरपालिका १७ पनौराका प्रदिप घिमिरे, सोही स्थानका मदन क्षेत्री, जाजरकोट सानोभेरी नगरपालिका ४ का आतिस नेपाली, कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाका खेमराज भट्ट, जुम्ला चन्दननाथ ३ बुडताबाडाका हिकमत बोहोरा र कुसुम रावल रहेका छन् ।
दाङको बबई गाउँपालिका ५ पदमपुरकी कबिता खत्री, घोराही उपमहानगरपालिका १४ का बिजय घर्ती मगर, दाङकै दगंगिसरण गाउँपालिका १ रामपुरका सन्जित रतगैया, जुम्ला चन्दननाथ ३ का अर्जुन शाही, डोल्पा जग्दुला गाउँपालिका ६ का गजेन्द्र ऐडी, दाङको तुलसिपुर उपमहानगरपालिका १८ का गणेश बिक, जुम्ला चन्दनाथ १० का रुपेश शाही, सोही स्थानका रितेन्द्र शाही, बिपना खत्री, चन्दननाथ ५ का देबीप्रसाद उपाध्याय, जुम्लाकै तिला गाउँपालिका १ का जंगबहादुर बुढा, बाजुरा बुढीगंगा नगरपालिका १० का लोकेन्द्र रावल, जुम्लाको तिला गाउँपालिका ३ का रमेश उपाध्याय, जुम्लाकै हिमा ७ धाजुगाउँकी शैलजा शाही र बझाङको जयपृथ्वी नगरपालिका १२ का महेश जोशी रहेका छन् ।
बिरेन्द्र कन्डराको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।