‘कसले पत्याउँछ र हौ मेरो ब्या’ हुने ? कि तिमी र म ब्या’ गर्नी ?’ प्रतिप्रश्न ।उत्तरमा उनले थपिन्, ‘लेखक मान्छे ! कति केटी पछि लाग्या’होलान् ? हाम्रो त नो चान्स ।’‘पछि लाग्ने त भए कि, तर सँगै हिँडौँ भन्ने फेला परेनन्’, मेरो कुराले उनको मनमा कस्तो प¥यो कुन्नि ?
निबन्धभर्खरै मङ्सिर पनि सकियो ।मङ्सिर महिना र बिहे एक अर्काको परिपुरकझैँ लाग्छ नेपाली समाजमा ।तपाईंहरुमध्ये थुप्रै पक्कै बिहेको तयारीमा हुनुहुन्छ नि ! होइन ? तपाईंहरुमध्ये कतिपयलाई त घरमा बिहेको लागि प्रेसर आएको हुनुपर्छ । कतिपयले, ‘अहिल्यै बिहे गर्दिनँ, पढाई पूरा गरेपछि मात्रै बिहे गर्छु ।’ यस्तो प्रेसर प्रायः युवतीको हकमा देखा पर्नसक्छ । केटाहरुको हकमा कतिपय अवस्थामा, ‘यसको बिहे गर्दिए सुध्रिन्थ्यो कि ?’अभिभावकहरु छोराबाट हैरान भएर यस्तो भन्ने गरेको सुनिन्छ । आफूले सुधार्न नसकेको छोरो अर्काकी छोरीले कसरी सपार्न सक्ली ? बरु आफ्नै छोराले बुहारी बनेर भित्रिने केटीको जिन्दगीको किताब लावारिस पनि त बनाइदिन सक्छ ।बिहे खेलाँची होइन, हुँदै होइन ।बिहे भन्ने कुरा दुईवटा फरक गाउँबाट गोरु ल्याएर हल मिलाएजस्तो होईन । तर भएको छ ठीक यस्तै । दुई तीन वर्ष अरब, युरोप अमेरिका बसेर दुई महिना छुट्टीमा आएको केटो बिहे गरेर फर्कने हतारो हुन्छ । यो हाम्रो समाजको बिहेको समाजशास्त्र हो । बाध्यता भन्छ समाजले यसलाई । कसरी बाध्यता हुन्छ ? जबकी बिहे गरेको हप्ता दिनमा आफ्नी नवयौवना श्रीमती छोडेर जानु रहर त पक्कै नहोला । बुढा भएका बा–आमा स्याहार गर्ने सुसारे बढी, बुहारी कम चाहिएको हो । गाउँमा बिरामी पर्दा पानी तताएर दिनेसम्म कोही हुँदैनन् । बिहे गरेको वर्ष दिन नपुग्दै शहर पस्ने परिपाटी छ युवतीको । अब पर्छ समस्या त्यही परिवार, बा–आमा र श्रीमतीको उज्ज्वल भविष्यका लागि भनेर खटिने युवामा । श्रीमती या बा–आमा कसको कुरा सुन्ने ?
मैले त्यसो भन्दा उनीहरु भन्थे, ‘तपाईं कसरी त्यसो भन्न सक्नुहुन्छ ? हामी प्रेम गरेरै, एक अर्काेलाई बुझेरै बिहे गरेका हौँ ।’फेरी भन्थेँ, ‘ऊ बेला तिमीलाई प्रेम गर्छु भन्ने र खासमा प्रेम गर्ने अर्काे पात्र पनि त थियो होला । तिमीलाई बढी अहिलेको लोग्ने मन परेर नै त प्रेम ग¥यौ, बिहे ग¥यौ । होइन र ?’
सधैँझैँ त्यस दिन पनि म फेसबुक च्याटमा थिएँ ।केटा मान्छे स्वभावैले केटा भन्दा बढी केटीसँग बोल्न रुचाउँछन् । सायद केटीमान्छेको हकमा पनि यस्तै हुनसक्छ ।प्रायः बोलिरहने मध्येकी एक युवतीलाई जिस्क्याएँ, ‘ मङ्सिर पनि लाग्यो । अब त ब्या’ गर्नी होला नि ?’‘यो वर्ष त गर्दिनँ,’ सायद यस्तै उत्तर आयो क्यारे !‘भनेपछि अर्काे वर्षको तयारी हो ?’, जिस्किन अझै पुगेको थिएन ।‘बिहे भन्ने कुरा पनि माथिबाटै लेखेको हुन्छ रे । के थाहा अर्काे वर्ष पनि नहुन सक्छ । बरु हजुरको भोज खाने यो पाली ।’‘कसले पत्याउँछ र हौ मेरो ब्या’ हुने ? कि तिमी र म ब्या’ गर्नी ?’ प्रतिप्रश्न ।उत्तरमा उनले थपिन्, ‘लेखक मान्छे ! कति केटी पछि लाग्या’होलान् ? हाम्रो त नो चान्स ।’‘पछि लाग्ने त भए कि, तर सँगै हिँडौँ भन्ने फेला परेनन्’, मेरो कुराले उनको मनमा कस्तो प¥यो कुन्नि ?हो । सँगै हिँडौँ भन्ने जोडी भेटिनु एउटा संयोग हुनसक्छ । तर धेरैको त्यस्तो पाइँदैन । कतिपय प्रेम विवाह गरेका युवायुवती पनि खुशी छैनन्, वैवाहिक सम्बन्धबाट । प्रायः केटाहरु बिहेपछि एउटा श्रीमती चाहन्छन् भने युवती प्रेमिका नै भइरहन चाहन्छन् । बिहेको अर्थशास्त्र व्यवहारतः त्यसरी नचल्न सक्छ, जसरी बिहे अघिको प्रेममा चल्छ ।वर्षाैँको प्रेमलाई बिहेमा रुपान्तरण गरेको जोडीहरु पनि साँचोमा खुशी छैनन् ।कतिपय केटी साथीहरु भन्छन्, ‘बिहे नहुन्जेल प्रेममा सबथोक गर्न तयार हुने प्रेमी, लोग्ने भएपछि केहि गर्दिदैँनन् श्रीमतीकी लागि ।’‘हाय ! त्यहाँ तिमीहरुको प्रेम थिएन ।’मैले त्यसो भन्दा उनीहरु भन्थे, ‘तपाईं कसरी त्यसो भन्न सक्नुहुन्छ ? हामी प्रेम गरेरै, एक अर्काेलाई बुझेरै बिहे गरेका हौँ ।’फेरी भन्थेँ, ‘ऊ बेला तिमीलाई प्रेम गर्छु भन्ने र खासमा प्रेम गर्ने अर्काे पात्र पनि त थियो होला । तिमीलाई बढी अहिलेको लोग्ने मन परेर नै त प्रेम ग¥यौ, बिहे ग¥यौ । होइन र ?’सहमतिसूचक टाउको हल्लाइन् ।फेरि भनेँ, ‘तिमीले त्यहाँ प्रेम गरेकी थिइनौ । र, तिम्रो लोग्ने प्रेमी थिएन ।’‘कसरी ?’ उनले आश्चर्यभावमा प्रश्न गरिन् ।‘प्रेममा केवल प्रेमकै उपस्थिति हुनुपर्छ । प्रेममा उत्पन्न हुने दरारलाई प्रेमले नै पुर्नुपर्छ । तिमीहरुको प्रेम भन्दा पनि एक सम्झौता भयो । सम्झौता गर्ने पार्टीले सम्झौताको उल्लङ्घन गर्न सक्छ । तिमीहरुको हकमा भएकै त्यही हो ।’अब अर्काे प्रसङ्गमा जाऔँ,मेरो गाउँको एकजना भाइले केही वर्षअघि बिहे गरे । उनले मागेरै घरबाट नै बिहे गरेका हुन् । उनको हुनेवाला केटी उनको रोजाईमा सोझी, सामान्य लवाइखवाई, घर व्यवहार चलाउने केटीको खोजी थियो । पाए पनि ।त्यसपछि उनी शहर पसे । पेशा सुरु गरे । साथीहरुको श्रीमती देखे, उनीहरुको गर्लफ्रेण्ड देखे । अझ भनौँ उनका थुप्रै साथीहरु घरमा श्रीमती हुदाँहुदै शहरमा अरु केटीहरुसँग लिभिङ टुगेदरमा बस्न थाले । ती भाई पनि त्यही सिको गर्दैछन् ।यो त भयो एउटा प्रतिनिधि घटना ।बिवाहेत्तर सम्बन्धका अनेकौँ आयाम देख्न सकिन्छ समाजमा । कतिपय खाडीको पचपन्न डिग्रीको गर्मी नभनी जिन्दगीको गाडी गुडाउन अभिसप्त युवा घरमा आउँदा न त सम्पत्ति न त श्रीमती भएको अनेकौँ समाचार सुनेका छौँ । ठीक त्यसैगरी श्रीमतीलाई विदेशमा कमाउन पठाएर यता अन्य युवतीसँग सम्बन्ध अघि बढाउनेहरु पनि प्रशस्तै भेटिन्छन् ।त्यसैले तन जोडिँदैमा बिहे भएको मान्न सकिन्न । जबसम्म मन जोडिन सक्दैन । फेरि हाम्रो समाजको अर्थशास्त्र भन्छ, ‘जवानीमा काम गर बुढेशकालमा त कसले हेर्छ र ?’त्यसपछि साइँली परदेशबाट म आउँला, चालीस कटे’सी रमाउँला भन्नुबाहेक के छ र ?भन्ने गरेको छु, सायद कवितामा पनि लेखेँ जस्तो लाग्छ ।बिहे एक दुघर्टना हो । कहाँ, कोसँग, कतिबेला र कसरी बिहे हुन्छ ? भन्न सकिन्न ।
तपाईंहरु सबैको वैवाहिक सम्बन्ध सफल रहोस् ।यो मङ्सिर महिना सम्झन लायक बनोस्, हार्दिक शुभकामना ।