खेम बम
काठमाडौं ।पढेर ठुलो मान्छे बन्ने, समाजको सेवा गर्ने, सानैमा छँदा त भिन्न सोच र रुचि हुन्छ मनमा । कसैले सोद्धा के बन्ने बाबु ? म त इन्जिनियर, पाइलट, डाक्टर थरीथरी आवाज निस्कन्छन् । कहिलेकाहीँ हामीले बुनेका सपना अधुरा, अपुरा बनिदिन्छन् ।
समयको चक्रले मानिसलाई कलकलाउँदो उमेरमा पनि मृत्युको मुखसम्म पु¥याउँछ । दैविक शक्तिसँग त को झुकेको छैन र ! तर, आफ्नै कारणले निम्तिने घटनाले मानसपटललाई झस्काई रहेको हुन्छ । मुलुकमा पछिल्लो समय भएका सवारी साधन दुर्घटनाले यात्रा गर्ने यात्रुलाई समेत झस्काइरहेको हुन्छ । एकहोरो दुर्घटना भईरहे, श्रद्धान्जली चढिरहे तर कहिकतैबाट पनि दुर्घटना न्यूनिकरणको दिगो प्रयास थालिएन ।
दुर्घटना भयो, प्रहरी घटनास्थल पुग्छ मुचुल्का तयार हुन्छ, पोस्टमार्टमका लागि शव अस्पताल लगिन्छ । मृतकका आफन्तको एकातिर चिच्याहट हुन्छ । स्थानीय सरकारले बोल्छ अब कसैले अकालमा मर्नु पदैन ! विभिन्न कालखण्डमा भएका दुर्घटनाले यिनै पाठ सिकाएको छ । शुक्रवार दाङमा भएको भ्रमण बस दुर्घटनाले यस्तै तथ्य देखाएको छ । नेपाल सवारी दुर्घटनामा कति जोखिम मुलुक बनेको छ भन्ने ।
डोटी–डडेल्धुरा हुँदै नुवाकोटसम्म भएका दुर्घटनाको कारणबारे यकिन तथ्य सार्वजनिक भएको कहिकतै देखिएको छैन । नभन्दै पुनः दाङको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्यनरत २३ विद्यार्थीको सपना अधुरो रह्यो । प्राविधिक शिक्षा हासिल गरेर समाजको सेवा गर्ने इच्छा खोलामै सीमित भयो । एकै चिहान बने कलिला २३ युवा ।
दाङको तुलसीपुर राम्रीमा शुक्रवार साँझ बस दुर्घटना भयो । शूरुमा १० जनाको मृत्यु भन्दै विभिन्न सञ्चारमाध्यमले ब्रेकिङ गरे । पछि बुझ्दै जाँदा २२ जनाको शव भेटियो । एकजनाले उपचारका क्रममा नेपालगन्जमा प्राणत्याग गर्नुप¥यो ।
गम्भीर घाइते भएका १४ जनाको अवस्था समेत चिन्ताजनक रहेको छ । बाँचेपनि के गर्ने भन्ने दोसाँध बनेको छ । मृतकमध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकमा डुबेको छ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ११ जना जुम्लेली विद्यार्थीको मृत्यु भयो । घाइतेमध्ये चार जना पनि जुम्लाकै रहेका छन् ।
मृतक कुसुम रावल, हिम्मत बोहरा, विरेन्द्र कडारा, शैलजा शाही, रुपेशजंग शाही, रितेन्द्र शाही, देवीप्रसाद उपाध्याय, जङ्गबहादुर बिक, अर्जुन शाही, बिपना खत्री र रमेश उपाध्याय रहेका छन् । मृतकमध्ये आठ जनाको शव हेलिकोप्टरबाट जुम्ला पु¥याइएको छ । शव जुम्ला र्पुयाइएपछि मृतकका आफन्तको विमानस्थलमै रुवावासी चलेको थियो ।
सन्तानलाई प्राविधिक शिक्षा पढाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतकका आमाबाबु भावविह्वल बनेका छन् । दुर्घटनामा घाइते हिमाली हमाल, कुशेन्द्र खत्री, जीवन भण्डारी र वर्षा रोकाया कोहलपुर मेडिकल कलेजमा उपचाररत छन् ।
जुम्ला मात्रै होइन दाङ समेत स्तब्ध छ । आइतबार दाङका शैक्षिक संस्था बन्द गरिएका छन् । एकै पटक दाङमा भएको यो ठुलो दुर्घटना हो । जुन दुर्घटनाले कलिला मुनाहरूलाई चुँडेर लगेको छ । जनता समाचार डटकम सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।
(
माथि देखाइएका तस्बिर विभिन्न सामाजिक सञ्जालबाट लिइएका हुन् । भ्रमण जानुपूर्व केही दिन अघि ती तस्बिर खिचिएका थिए)