कविता
हिंस्रकहरू चाँडो सकिएथेइतिहासका पाला पन्नाहरूमाजल्नेहरूका खरानी घसेर !तर जनता आगोको लप्का वरपरधूँवा तापिरहेथे शान्त सरोवरको !
म पनि अचेलको मौसमको धमिलोसँगश्वास फेरिरहेथे निर्दयी तरबारहरूबीच,समयका पल्लामा अल्झिएका धैँसाहरूमेरो मुटुको छेउछाउ घुमेथे रमिते भएर !
[caption id="attachment_84813" align="aligncenter" width="700"]
–डा. विदुर चालिसे[/caption]
उडेका अमिला जेलससँग धन्दाहरूपल पलमा तल तलका तिर्खा छोड्दथेबन्दकी बसेका देश प्रेमका घडाहरूसँगलाज नमानी बसेको धेरै भो अभियान पनिउडन्ते कथन र कहानीका च्यारिटी शोसँग !
अनसनका कब्बाली गायनमा मूर्छनासँगजङ्गली राजदेखि समय तकका यादहरू
उहिलेका सम्राटहरू मध्ययुगमा विराट थेअहिले जमिन्दारीको महाप्रस्थानहरूसम्मतर पनि हिंस्रक दम्भहरू उडेथे आकासमा,परिवर्तनका विरूध्द धर्मद्वन्द्वका जामासँग !
म पनि फसेथेँ आफ्नै अस्मिता जोगाउन,हिंसाका अहिंसात्मक आन्दोलन पथतिर !
यति कमजोर त हिंस्रकहरू हुदैनथे सायद,शैतानका चतुर्याइमा महाप्रभुहरूको आदेश !सरासर टुक्रिरहेथे छातीमा टाँगिएको प्रदेश !!
दिवालियापन नै मेरो आदर्शको जड हुन्थेअपनत्वपन नै कसो कसो छ्याकन बन्थेउनीहरूका सामर्थका जहाजमा मेरो जुक्ति !
इतिहासका प्रत्येक घटनाक्रमका मेरा पूर्खापछारिरहेथे सिंस्रकको गम्छा तरबारसँगम धोइरहेथेँ, तरवारको लत्पतिएको रगत,पाला पन्नामा टाँसिएका अभिलेखहरूमा !
मान्छेहरू जति महान हुँदैजान्छन्हिंस्रक हुन्छन् उस्का महाप्रस्थानहरूहिंसातर्फ मानवताको प्रतिरोध गर्न !
कतै खाली छैन अहिंसाको जगउफ्रिरहेका मान्छेका मस्तिष्कभरि !
प्राचीन युगका भोकका लागि सर्दारहरू जन्मिरहन्छन्, मरिरहन्छन् चोलामासमय बगिरहन्छ हामीसँग त्यसै !