कवितादुरदराजबाट उच्च शिक्षा हालिस गर्न राजधानी छिर्छसुरुवाती समयमा नियमित कलेज जान्छर, पढ्छ समेत।बिस्तारै काठमाडौको वातावरणमा घुलमिल हुन्छ।
कलेज बंक सुरुराजनीति सुरुनेतागिरी सुरुगुण्डागर्दी सुरुफर्जी काम सुरु
किताब कपी कोठाको कुनै कुनामा हुन्छसाथमा चै विभिन्न संगठनका चन्दा रसिद र लेटर प्याडअनि हातहतियार ।
जीवनस्तरमा पुरै परिवर्तनस्मार्ट फोनपोस्टपेड नंमोटरबाईकब्रान्डेड पहिरनदरबार मार्ग /ठमेलमा लञ्च/डिनर।
कोठा बाट फ्ल्याटबेल्जियम कार्पेटमहँगो सोफासेटएलइडी टिभी ।
र,उसको पेशा/ब्यवसायफलानो विद्यार्थी संगठनको,फलानो कमिटी/समितीको फलानो पद ।
पढाइ गोलमालफर्जी परिक्षार्थी खोजेरसेटिङ मिलाउदै, बल्लतल्ल पास सम्म ।
सैद्धान्तिक ज्ञान शून्यभाषण गर्न आउदैन्बरु खुकुरी, बन्दुक चलाउन आदि आउँछ।
मुख्य नेताको नजरमाउ नै नेता हुन योग्य हुन्छ।मुख्य नेताहरूको लागिहरेक चिजको ब्यवस्था गरिदिन्छ।र,उ नै विद्यार्थी आन्दोलनको पहरेदार हुन्छ।
-किरण देउजा
कोटेश्वर, काठमाडौ ।