कविता
मञ्जुश्री ग्याबा
हो मलाइ आध्यात्मिक माया देऊ,जुन मायामा तिम्रो स्पर्श दूर रहोस्तिम्रो स्पर्श त केतिम्रो बास्ना मेरो लागि अपरिचित बनोस्
तिम्रो मन तातो मदहोस् श्वास मेरो मुहार छेउछाउ नपरोस्तिम्रा हातहरु मेरो तापसँग रमाउँदै शरिरभरि नसल्बलाओस्तर तिम्रो यादहरुले बेस्सरी कसिदेऊ म कतै उम्किन नसकूँ
सम्झन्छु म त्यो पल...सन्नाटा थियो वरिपरी, केवल थियौँ तिमी र मअनि टिलपिल बत्तीसँगै तिमीले मेरो हात तानेर मायालु नजर जुधाएको,तिम्रो नशालु नजर नियाल्दा अनेकौँ–असिमित भित्री भाव बोलिरहेको थियो,र तिम्रा आतुर हातले मेरो कपाल सुम्सुम्याएकोबिस्तारै तिम्रो प्यासी ओठ मेरा हातका औँलाहरु हुँदै ओठसम्म आइपुगेको,तिम्रो ढुकढुकीले सधैँ झैँ समानरुपले धड्किन बिर्सिएर मैले सुन्नेगरी उफ्रिएको,तिम्रो उत्तेजित अंग–प्रत्यंगको अनियन्त्रित चाहना महसुस गरेको,
अहँ, मलाइ त्यस्तो मन चुलबुल गराउने, तन सिरिङ्ग बनाउनेतिम्रो कामुक भौतिक शरीर चाहिन्न,तर पक्कै पनि चाहिन्छ मलाइ तिम्रो भावनात्मक साथ ।
हो मलाइ आध्यात्मिक माया देऊ,जुन मायामा तिम्रो स्पर्श दूर रहोस्तिम्रो स्पर्श त केतिम्रो बास्ना मेरो लागि अपरिचित बनोस् ।