भारत । मुम्बईमा एउटा स्कुल छ, जहाँ अधिकांश बलिउड स्टारका छोराछोरी पढ्थे र पढिरहेका पनि छन । त्यो स्कुलको नाम हो, धीरुभाई अम्बानी स्कूल । स्कुलको फाउण्डर एवम् अध्यक्ष नीता अम्बानी हुन् । धीरुभाई अम्बानी स्कुल बलिउड स्टारका छोरी–छोरीको रोजाईमा पर्नुको रहस्य नीताको बलिउड उद्योगसँग निकट्ता पनि हुनसक्छ ।
त्यतिमात्र होइन, भौतिक पूर्वाधार, व्यवहारिक र गुणस्तरीय शिक्षाका सवालमा पनि स्कुल अग्रस्थानमै छ ।
अम्बानी स्कुलको मासिक शुल्क संरचना यस्तो छःमन्टेश्वरीदेखि ७ कक्षासम्म पढ्ने विद्यार्थीका लागि १ लाख ७० हजार र ८ देखि १० कक्षासम्म १ लाख ८५ हजार शुल्क छ । यो स्कुल शुल्कको हिसाबले मात्रै महंगो होइन, यहाँका विद्यार्थीले ठूला अवसर पनि पाउछन । यहाँ अध्ययन गरेका विद्यार्थी विश्वविख्यात प्रिन्सटन, ऐल जस्ता युनिभर्सिटीमा विशेष प्राथमिकताका साथ पढ्ने अवसर पाउँछन् ।
कुन–कुन स्टारका छोराछोरीले पढे र पढ्दैछन् ?
१. अर्जुन–सारा तेन्दुलकर (सचिन तेन्दुलकर)२. सुहाना–आर्यन खान (शाहरुख खान )३. आराध्या बच्चन (ऐश्वर्य राय–अभिषेक बच्चन)४. जानवी कपुर (श्रीदेवी, बोनी कपुर)५. रेहान, रिदान रोशन (ऋतिक रोशन)६. इरा खान (आमीर खान)७. शक्या, अकिरा अख्तर (फरहान अख्तर)८. अन्या, दिवा, त्जार कुन्दर (फराह खान)