काठमाडौं । जनता टेलिभिजनका कार्यक्रम निर्माता धीरेन्द्र प्रेमर्षी प्राज्ञ नियुक्त हुनुभएको छ । लामाेसमयदेखि भाषा तथा साहित्यमा क्रियाशील हुँदै आउनु भएका प्रेमर्षी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्नु भएको हो ।
अन्य प्राज्ञमा हरिदेवी कोइराला, नमुना शर्मा, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल(मञ्जुल) नियुक्त हुनुभएको छ । त्यस्तै प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्य नियुक्त हुनुभएको छ ।
प्रेमर्षीले यसअघि प्रज्ञासभा सदस्य र संस्कृति मन्त्रालयअन्तर्गतको अभौतिक सांस्कृतिक सम्पदा परिषद् सदस्यको जिम्मेवारी बहन गरिसक्नु भएको छ । प्रेमर्षीको मैथिलीको साथै अन्य भाषाका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका कृति पाठ्यक्रममा समावेश भएका छन् ।
प्रेमर्षीले जनता टेलिभिजनमा “वाह ! क्या राम्रो” साहित्यिक कार्यक्रम संचालन गरिरहनु भएको छ । सञ्चार, कला, साहित्य, गीत तथा संगीतमा अनवरत क्रियाशील प्रेमर्षीले कामना अवार्ड २०७५, र डि सिने अवार्ड लगायतका मानसम्मान प्राप्त गरिसक्नु भएको छ।