काठमाडौं । ‘सत्यम सेवा सुरक्षणम्’ यो प्रहरीको कर्तव्य हो । जुनसुकै देशको प्रहरीले बहाली हुनुपूर्व कसम खाएको हुन्छ । उसको नजरमा सबै समान । कसैलाई न्यायमा थपघट हुनेछैन् । अन्यायमा परेका जो कोहीका लागि प्रहरी न्यायमूर्ति हुन् । पीडितलाई पहिलो समाज र त्यसपछि प्रहरीले न्यायको आभास सिर्जना गर्नुपर्छ । गराउनु पर्छ । तर, गोधुली साँझ ढल्किनै लागेका बेला सामाजिक सञ्जालमा एक हृदय विदारक पोस्ट भेटिन्छ । जहाँ मानसिक सन्तुलन गुमाएकी एक महिला र अवोध बालक तस्बिरमा छन् । जो कोहीलाई यो दृष्यले स्तब्ध तुल्याउँछ ।
सोमबार साँझ करिब ६ः४४ मा जनता टेलिभिजनका महोत्तरी संवाददाता रञ्जन भण्डारीले पोस्ट गर्छन् एक विहार महिला सानो काखे बालकसहित नेपालको भूमिमा रात काटिरहेकी हुन्छन् । चिसो मौसममा उनलाई दया गर्ने को नै हुन्छ र पराई भूमीमा । तैपनि महोत्तरी जिल्ला प्रहरी कार्यालयको सक्रियतामा उनलाई स्वदेश फिर्ताको तयारी गरिन्छ । सोमबार मात्रै उनलाई विहार पठाइएको छ । नेपाल प्रहरीले जसरी स–सम्मान भारतको भूमिमा उनलाई पठाउन सहयेग गर्छन् तर त्यहीँ देश जुन मुलुककी उनी नागरिक हुन् त्यहाँको प्रहरीको रवैया देख्दा रञ्जन अचम्म परेको भन्दै स्टाटसमा उल्लेख गर्छन् ।
बाँकी स्टाटसबाटः–
पुलिस जसलाई नेपालीमा प्रहरी भन्ने गरेका छौ र अंग्रेजीमा पोलिस । नेपाल, भारत, बंगलादेश वा अन्य कुनै मुलुकको पुलिसको काम सवै देशमा एकै किसिमको रहेको मेरो बुझाई छ । सन्दर्भ जोड्न खोजे फेसवुकमा मैले एक महिला रुखको फेदमा चिसोमा कठ्यांग्रिदै वसिरहेकोले उसको उद्धारको लागि पहल गरिदिन गरेको याचना सम्बन्धि हो । फेसवुकमै मैले पोष्ट गरेको उक्त महिलाको फोटो र सामान्य जानकारीले प्रमुख जिल्ला अधिकारीको आदेशमा नेपाल प्रहरीले महिलाबारे सोधखोज गर्दा उनी भारत विहारको सुतिहाराको रहेको जानकारी पाएपछि उनलाई ससम्मान भिठामोड स्थित भारतिय प्रहरीलाई ह्याण्ड ओभर गर्ने निधो भएपछि म पनि उक्त स्थानमै उपस्थित थिए ।
नेपाल प्रहरीले उक्त महिलाको अवोध वालिका सहित ससम्मान प्रहरीकै भ्यानमा वसाएर भिठामोड पुग्दा म पनि उनको अव उद्धार हुने भयो भनेर भित्र भित्रै प्रसन्न नै थिए । अव एक पिडित महिलाले भारतिय सुरक्षाकर्मी समेतको सहयोगमा उचित उपचार र यदि उनी अन्यायमा परेकि भए न्याय पाउने हुन भनेर म ढुक्क थिए ।
तर, दुर्भाग्य ति महिलाको जो विहार कि नागरिक छिन । मेरो सम्पुर्ण उत्साह त्यति वेला समाप्त भयो जव त्यहाका वडाबाबु भनिनेले आफ्नै एक सम्भवतः भारतिय प्रहरीलाई नै भने, यो साला पागल महिलालाई यहि मर्न आउनु पर्छ । ओई यो महिलालाई बसमा वसाएर यसको घर पठाउ । यसलाई बसमा चढाईदेउ आफ्नो घर जान्छ । अनि ति महिलालाई हेर्दै ओई त जा आफ्नोे घर फेरी हेरे भने तलाई म बताउछु । मेरो दिमागबाट अझै ति बडाबावु भन्नेको व्यवहार र बोली हराईरहेको छैन ।
थोरैपनि मानविय सम्वेदना नभएको विहार पुलिसका ति बडा बाबु ले कसरी त्यहा न्याय सम्पादन गर्दो होला र एउटा देशको प्रहरीले औपचारिक रुपमै ति महिलाको सवै वस्तु स्थिति र सायद उनी अन्यायमै परेको समेत हुन सक्ने सम्भावना समेत वताईरहदा गैर जिम्मेवारीपन रवैयाले ति महिलाको अव के हुने भन्ने चिन्ताले सताएको छ । माफ गर मलाई जो तिम्रो उपचार हुन्छ र तिमि यदि अन्यायमै परेकि छौ भने न्याय पाउछौ र तिम्रो उद्धार हुन्छ भनेर मैले फेसबुकमा लेखेको स्टाटसले तिमीलाई न्याय दिनुको साटो ति बिहार पुलिसको गाली सुनायो । मेरै स्टाटसले तिमिले जसो तसो नेपाली भुमिमै चिसोले कठ्यांग्रिएर वसेपनि कमसे कम तिमि अहिलेसम्म वाचेकि भएपनि अव तिमिलाई त्यो स्थान समेत छोडेर आफ्नै भुमिमा जान बाध्य बनायो ।
हो मलाई थाहा छ तिमि आफ्नो घर जादिनौ र न्याय त के एक थान चिसो छल्न त्यही भुमिमा कसैले तिमिलाई कम्बल समेत दिने वाला छैन । आज बिहार पुलिसका ति हाकिम ले तिमिसंग गरेको व्यवहार र झारो टार्ने कामले हो मलाई तिम्रो भोली प्रति चिन्तित बनायो ।
आशा छ तिमि फेरी पनि नेपालमै आउने छौ र सायद त्यति वेला हामीले आजको सिकाईबाट धेरै कुरा सिक्दै तिमिलाई यहि वस्ने व्यवस्था वा सम्भव हुने सहयोग अवश्य नै गर्ने छौ ।
(महोत्तरी संवाददाता रञ्जनको सहयोगमा खेम बमले तयार पारेको सामाग्री)