काठमाडौं । नेपाली कांग्रेसले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्यहरुले वाईड वडी विमान खरिद प्रकरणमा भएको र्आिर्थक अनियमितताको नैतिक जिम्मेवारी लिदै विभागीय मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले विभागिय मन्त्रीले राजीनामा गरेर भ्रष्टाचार छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउनुपर्ने बताउनुभएको हो । उहाँले २ सय ४२ मेट्रिकटन तौलको विमान ल्याउनुपर्नेमा २ सय ३० मेट्रिकटन तौलको मात्रै विमान खरिद गरेर सिधा सिधा भ्रष्टाचार गरिएको भन्दै वाईडवडी विमान खरिद प्रकरणमा भएको अनियमितताको सत्य तथ्य छानविनका लागि तत्काल पर्यटनमन्त्री अधिकारीले राजीनामा गर्नुपर्ने माग गर्नुभयो । विभागिय मन्त्रीले पनि जिम्मेवार नबनी विमान खरिद प्रकरणका बारेमा फरक–फरक मत दिई हल्का ढंगले प्रस्तुत हुने काम भएको भन्दै उहाँले पर्यटन मन्त्रीले राजीनामा गरेर अख्तियारलाई छानविन गर्न बाटो खुल्ला गरिदिनुपर्ने बताउनुभयो ।
संसदीय उपसमितिले आफ्नो प्रतिवेदन पुरा गर्न नपाउँदै सरकारले हतासमा छुट्टै जाँचबुझ समिति बनाउनुले सरकारको नियत खराब देखिएको स्पष्ट भएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले विभागिय मन्त्रीले सदनलाई गुमराहमा राख्ने, ढाड्ने काम गरेको दाबी गर्नुभयो । वर्तमान सरकार गठन भए लगत्तै निर्मला पन्तको हत्या, ३३ किलो सुन काण्ड तथा छिटो निर्माणका कामहरु सम्पन्न गर्ने नाममा ठेकेदारहरुलाई नियन्त्रणमा लिने थुन्ने लगायत काण्डै काण्डै भएको भन्ै उहाँले वाईड वडी विमान खरिद प्रकरण पनि त्यसैको निरन्तरता भएको टिप्पणी गर्नुभयो ।
नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले सरकारले कानुनी राज्यको खिल्ली उठाएको र कानुनी राज समाप्त पार्ने तर्फ उन्मुख भएको आरोप लगाउनुभयो । वाईडवडी विमान खरिद सम्बन्धमा संसदीय उपसमितिले अध्ययन गरिरहेकै समयमा सरकारले छुटै जांच बुझ कमिटी गठन गर्नु सरकारको हतास मनस्थति भएको भन्दै यसले सरकार थप निरंकुशता तर्फ जान लागेको त होइन भन्ने प्रश्न उब्जाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “वाईडवडी काण्डमा सरकार जवानी बसिदिने तर त्यही सरकारको नेतृत्व लिएर जाने विमागिय मन्त्रीेले नैतिक जिम्मेवारी लिनुपर्दैन ? भनी प्रश्न गर्नुभयो । अनियमितताको कुरा उठिसकेपछि पनि अन्तिम किस्ता पठाउने मन्त्रीले त्यसको जिम्मेवारी लिनुनपर्ने ? जेलमा बसेकालाई प्रधानमन्त्रीको आदेशमा सभामुखले सांसद पदको सपथ खुवाउनुले संसदमा सरकारको हस्तक्षेपलाई प्रमाणित गरेको तर्क उहाँले गर्नुभयो ।
नेकपाका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले भने राजपाका सांसद रेशम चौधरीको सपथ सही भएको भन्दै सरकारको बचाउ गर्नुभयो । संसदले मुद्धा हेर्ने, अभियोजन गर्ने, अनुसन्धान गर्ने लगायतका लागि छुट्टा छुट्ै ऐन बनाएको उल्लेख गर्दै आफैले बनाएको ऐन विपरित सांसदहरुले अभिव्यक्ति दिईरहेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो ‘जस्ले जे काम गर्ने हो त्यल्ले त्यो काम नगर्ने, जस्ले त्यो काम गर्नुपर्ने होइन ,त्यल्ले त्यो काम गर्ने, यो कस्तो चलन बनाईयो ? यहीबाट सँचाय गर्ने?,तत्काल राजिनामा दिनुप्यो भन्ने?, तत्काल थुन्नुपर्यो भन्ने ? के भन्या यो ?’ थुनामा बसेको मान्छेलाई चुनाव लड्न दिने र अदालतले ठहर नगरेको व्यक्तिलाई अपराधी भन्न नपाईने भनेर सदनले नै कानुन बनाएको स्मरण गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो ‘संसदले यत्ति बन्न सक्छ । सरकार खबरदार फलानाले गल्ति गर्या हुन सक्छ भन्न सक्छ । अभियोजन गर्ने अधिकारी म होइन । तत्काल अनुसन्धान गरेर दोषी को को हुन् त्यो ठहर गरियोस् पो भन्नुपर्ने हो ।’ विडारी पछि बोलेका कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले सुन देखि चिनी, घुड्ने देखि उड्ने, ठेकेदार देखि डाक्टर लगायतका घटनाको फेयरिस्त दिदै सबै क्षेत्रमा सरकार प्रभावविहीन भएको दाबी गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो ‘एउटा चिप्लेकिरा जसरी हिडिरहेको छ कि ?जापानीज कार सरी घुर्ईकिएको छ ?’ उहाँले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउन सरकारले ढिलाई गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो उही मौलिक हक अन्र्तगतका कानुन बनाउदा जस्तै हुलका हुल एउटा ढोकाबाट आउने अर्को ढोकाबाट जाने जसरी त होला नि यसपालि पनि ।
उहाँले सरकारले सार्वभौम संसदलाई लत्याएको छ , स्वतन्त्र न्यायपालिकाको घाँटी अठ्याएको तथा लोकतन्त्र र मानवअधिकारको धज्जी उडाएको आरोप लगाउनुभयो । सांसदहरुलाई पनि एकै व्यवहार नभएको गुनासो पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो ‘सांसदहरु किन दुई थरि भए? किन विभेद भयो ? एकथरीले करोडौ बाड्ने अर्को थरीले टुलु टुलु हेर्ने ?संविधानले यस्तै भनेको छ ?’ उहाँले प्रधानमन्त्रीसंग सभामुख डराउनुपर्ने कुराले संबैधानिक अंगहरुलाई सरकारले आफ्नो विभाग जस्तो बनाएको प्रमाणित भएको दाबी पनि गर्नुभयो ।