पत्रकारिता सुशासनको लागि गरिन्छ । जनताको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व पत्रकारिताको हो । विचार र दृष्टिकोणको प्रवाह गर्ने, चित्त नवुझेकाहरुको भनाई समट्ने र अन्यायमा परेकाहरुको आवाजलाई मुखरित गर्ने पेशा नै पत्रारिताको हो । त्यसैले भनिन्छ पत्रकारिता आवाज विहीनहरुको आवाज हो । निमुखाहरुको सहारा हो, वेथिति विकृति विसंगतिविरुद्ध पहरेदार हो ।
सिद्धान्ततः पत्रकारिताले जनताको वोली वोल्नुपर्छ । जनताको भावनालाई मुखरित गर्नुपर्छ । भिन्न विचार र दृष्टिकोणको स्वतन्त्र प्रवाहवाट नयाँ विचार र सोचको निर्माण गर्ने काममा सहयोग गर्नु पर्छ । निष्पक्ष, तटस्थ र तथ्यमा आधारित सूचनाले मानिसको विचार र दृष्टिकोण निर्माणको काम गर्नु पर्दछ । तर विश्वभर पत्रकार र सञ्चार व्यवसायीबीच द्धन्द छ । पत्रकारितामा प्रशस्त आम्दानी हुने संभावन देखेर व्ष्वसायीले समेत यसमा लगानी गर्ने क्रम बढ्दै गएको छ । बढी मुनाफाको लाचना र बिगिएको छवि सुधार्ने मनसायले पनि व्यवसायीहरु पत्रकारितामा लागनी गर्न चाहन्छन् । पत्रकारिता त्यस्तो लगानी व्याप्त मात्रामा घुसेको मात्र होइन, मौलाएको छ त्यसले पत्रकारिताको मूल मर्म र भावनाथि क्षति पु¥याउने खतरा बढेको छ ।
नेपालमा २०४६ सालअघि पत्रकारिताको खास्सै विकास र विस्तार हुन सकेको थिएन । मिसन पत्रकारिताले प्रमुखता पायो । सरकार र तत्कालीन व्यवस्थाको पक्ष र विपक्षमा लेख्ने क्रम तीव्र रह्यो । त्यसवेलाको पत्रकारिताको प्रवृत्ति अहिले सम्म पनि फैलदै आयो र हामी त्यति क्रमलाई पच्छाउदै सरकारको पक्ष र विपक्षमा विभक्त हुने गर्दछौ । एकखाले सञ्ंचार माध्यम सरकारको नराम्रो मात्र देख्ने र अर्को खाले संचार माध्यम राम्रो मात्रै देख्ने प्रवृत्तिमा आउन नसकेको परिर्वतन यहि हो ।
विश्वव्यापी मान्यता र चुनौतिविश्वव्यापी रुपमा सञ्चार माध्यममा दुईखाले प्रभाव हुन्छ भनिन्छ । पहिलो राजनीतिक र दोश्रो व्यापारिक प्रभाव । यो दुई प्रभाववाट मुक्त नभई सञ्चार माध्यम निष्पक्ष र तटस्थ हुन सक्दैनन् भन्ने मान्यता छ । राजनीतिक प्रभावयुक्त सञ्चार माध्यमले आफ्नो निकट राजनीतिक दल, विचार र दृष्टिकोणको पृष्ठपोषण गर्ने र अन्यको विरुद्धमा समाचार तथा सूचना सम्प्रेषण गर्छन् । जसले निष्पक्ष र तटस्थ सूचना प्राप्त गरी स्वतन्त्र विचार र दृष्टिकोण निर्माण गर्ने जनताको अधिकार कुण्ठित हुन्छ ।
दोश्रो व्यापारिक उदेश्यले खुलेका सञ्चार माध्यम जसमा लगानी गरेपछि मुनाफाको उदेश्य राखिएको हुन्छ । लगानीको प्रतिफल प्राप्त हुनुपर्ने र प्रतिफल प्राप्त नहुँदा उसको निरन्तरतामै प्रश्न उठ्ने भएकोले यो स्वाभाविक मानिन्छ । तर वढी प्रतिफलका लागि पत्रकारितामा अतिरन्जना गर्ने, विषयवस्तुमाथि सौदावाजी गर्ने प्रवृत्ति समेत देखा परेको छ । त्यो प्रवृत्ति नेपाली पत्रकारितामा लामो समयदेखि देखा परेको छ र मौलाउँदो अवस्थामा छ । कतिपय सञ्चार माध्यमले व्यापारिक घरानालाई दुःख दिने र पछि सौदावाजी गर्ने गरेको दृष्टान्त नेपालमै कैयन छन् । यी पत्रकारिता क्षेत्रका मुख्य मान्यता र चुनौति हुन् ।
चुनौतिको समानाचुनौति आउनु सामान्य हो । त्यसको समाना गर्नु अहिलेको मुख्य चुनौति हो । यी चुनौतिको सामनाका लागि विश्वमा अहिले पत्रकारिताको क्षेत्रमा दुईवटा नयाँ विकल्प अघि सारिएको छ । पहिलो विकल्पको रुपमा जनताको सूचना पाउने हकको रक्षाकालागि राज्यले नै निश्पक्ष, तटस्थ, र स्वतन्त्र सूचना पाउने व्यवस्था मिलाउने । त्यस्तो सूचनामा सवै जनताको पहुँच गराउने, त्यस्तो सूचना सम्प्रेषण गर्ने संस्था कानूनी र आर्थिक रुपमा स्वायत्त हुने व्यवस्था मिलाइएको हुन्छ । विश्वभर सार्वजनिक प्रसारण संस्थाको रुपमा विकास भएका यस्ता संस्थामा राज्यले लगानी गर्छ र स्वतन्त्र निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्ने प्रत्याभुति गरिएको हुन्छ ।
त्यस्ता संस्था संचालनमा विज्ञापनको कुनै भूमिका नहुने र राज्यकोषवाटै सिधा लगानी गरि स्वायत्त निकाय वनाउने विधि लामो समयदेखि हुदै आएको छ । नेपालमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभी सार्वजनिक प्रसारण सेवाको रुपमा संचालन गर्ने अवधारणा यसैको सन्दर्भमा आएको हो । यसो गर्दा सत्तारुढ दलको प्रभाव र दवाववाट सरकारी संचार माध्यम मुक्त हुने र स्वतन्त्र निष्पक्ष सूचना पाउने जनताको हक प्रत्याभुत हुने गर्छ । साथै उनीहरुलाई आत्मनिर्भर वन्नुपर्ने वाध्यताका कारण व्यापारिक घरनाको प्रभाववाट समेत मुक्त गर्न सकिन्छ भन्ने अवधारणामा यो बिषय अगाडि आएको छ ।
दोश्रो सञ्चार माध्यममा हुने लगानीको पादर्शिता । यतिवेला विश्वभर ठूला व्यापारिक घरानाको सञ्चार क्षेत्रमा लगानी छ । उनीहरु या त मुनाफाकालागि लागि पर्छन् । या विषयवस्तुमा सौदावाजी गर्न सक्छन् भन्ने मान्यता छ । यस्तो प्रवृत्ति रोक्न सहकारी वा ट्रष्टमार्फत सञ्चार माध्यममा लगानी आउन दिने प्रवृत्तिको बिकास हुदै आएको छ । एकल लगानी नगरी सामूहिक लगानीमा संचार माध्यम आउने वातावरणको श्रृजना गर्न सके एकल लगानीका विकृतिलाई रोक्न सकिन्छ ।
जनतासंगको यात्रामाथिका दुई बिकृतिवारे अध्ययन गर्नेहरुका लागि जनता प्रसारण तथा प्रकाशन लिमिटेड एक गौरवको बिषय हो । सरकार नियन्त्रित सञ्चार माध्यमलाई सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने मेरो लामो प्रयास आफै महाप्रवन्धक भएकै वेला सरकारको नीति तथा कार्यक्रममा पार्न सफल भए । केहि समय लागेपनि यो अवधारणाबाट अबका सरकार पछि फर्कन सक्ने अवस्था छैन । अहिले ऐन ड्राफ्ट भएको र प्रक्रियामा रहेकोले केहि वर्षभित्र त्यो कार्य पूरा होला भन्ने अपेक्षा गर्न सकिन्छ ।
दोश्रो सार्वजनिक लगानीमै निजी क्षेत्रवाट लगानी गरेर संंचार माध्यमलाई निष्पक्ष र तटस्थ वनाउन सकिन्छ भन्ने अवधारणामा यतिवेला क्रियाशील हुने अवसर्र मिलेको छ । करिव १ हजार २ सय भन्दा वढी शेयर सदस्य रहेको जनता प्रसारण तथा प्रकाशन लिमिटेडको नेतृत्व लिन पाउँदा मलाई गौरव छ । नेपालमा निजी लगानीमा यति धेरै शेयर सदस्य रहेको र भविश्यमा आईपिओमा जाने उदेश्यका साथ यो संस्था खुलेको छ । आईपियोमा जाँदा र सर्वसाधारणलाई शेयर निष्काशन गर्दा यसका शेयर सदस्य लाखौ हुनेछन् । प्रत्येक जनताले यो मेरो रेडियो, टेलिभिजन वा अन्य माध्यम हो भन्ने गर्व गर्न पाउनेछन् । लाखौ व्यक्तिको स्वामित्व हुने, उनीहरुले आम्दानी र खर्च हेर्न सक्ने, उनीहरुकै भावना अनुरुप संचालन हुने यो संस्था साच्नै जनताका लागि जनताद्धारा भन्ने हाम्रो मूल नारा मुताविकको हुनेछ ।
जनताको भावना, विचार र दृष्टिकोण अनुसारनै हामी जनता प्रसारण तथा प्रकाशन लिमिटेडलाई संचालन गर्ने छौ । यो संस्थाको मालिक साँच्चै आम नेपाली हुनेछन् । हामी यो संस्थालाई राजनीतिक र व्यापारिक दवाव र प्रभाववाट मुक्त राखि साच्चै जनताको भावना अनुसार संचालन गर्ने प्रयासमा छौ । नेपालमा थालिएको यो नयाँ प्रयासले नेपाली सञ्चार माध्यममा नयाँ पाटोको शुरुवात हुनेछ । प्रत्येक वर्ष हुने साधारणा सभामा हामीलाई हाम्रा शेयरधनी हजारौ लागनीकर्ताले खवरदारी गरिरहनु भएको छ । गरिरहनु हुनेछ । शेयरधनीमा अहिलेसम्म ६३ जिल्ला समेटिएको छ । आगामी दिनमा त्यसलाई ७७ वटै जिल्ला पुर्याउने योजना छ । शेयरधनी लाखौको संख्यामा पु¥याउन र आफ्नो स्वामित्व ग्रहण गराई साच्चै जनताकालागि सेवा गर्ने प्रणका साथ आएका छौ । हाम्रो दोश्रो साधारण सभावाट प्रारम्भ भएको जनतासमाचार डट कमले दुई वर्ष पूरा गरी तेश्रो वर्षमा लागेको छ । यो हाम्रो पहिलो समाचार पोर्टल थियो ।
त्यसको ६ महिनापछि हामीले जनता टेलिभिजन संचालनमा ल्यायौ । अहिले रेडियो जनता संचालनमा ल्याएका छौ । प्रकाशनवाट प्रारम्भ भएको हाम्रो यात्रा २ वर्ष पूरा हुँदा अनलाईन, टेलिभिजन हुँदै रेडियोसम्म पुगेको छ । यसलाई देशव्यापी वनाउदै हामी निरन्तर जनताको पक्षमा हुनेछ । हाम्रो यात्रा हामी अविराम र अनुकरणीय लाग्नेछौ । हामीलाई सवैको साथ र सहयोगको खाँचो छ