यो राशिफल पुस २९ गतेदेखि माघ ५ गतेसम्मको हो ।
मेषः अधूरो काम बन्नेछ । आफन्त भेटघाट हुनेछ । आकस्मिक धन लाभ हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । वैवाहिक प्रसंग चल्नेछ । दाजुभाइबाट फाइदा तथा सानो यात्राको योग छ । नयाँ सरसामान प्राप्ति हुनेछ ।
वृषः साताको शुरुमा खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा मानसम्मान मिल्नेछ । पारिवारिक सहयोगले आर्थिक अवस्था सुध्रिनेछ । नयाँ ठाउँ भ्रमण तथा साताको अन्त्यमा इष्टमित्र भेटघाट, सभा सम्मेलनमा सहभागी तथा व्यापारमा फाइदा मिल्नेछ ।
मिथुनःआम्दानी राम्रो हुनेछ । व्यापारबाट फाइदा मिल्नेछ । सहयोग गर्नेहरु अगाडि बढ्नेछन् । साताको मध्यमा भने पैसाको तनाव, यात्रामा सास्ती तथा मनमुटाव बढ्नेछ । अन्त्यमा काममा सफलता, नयाँ ठाउँको भ्रमण र दाम्पत्य साथीबाट सहयोग मिल्नेछ ।
कर्कटः राजनीतिबाट फाइदा मिल्नेछ । रोजगारीको अवसर आउनेछ । काममा प्रशंसा तथा धनको कारोबार बढ्नेछ । कृषिबाट फाइदा, सन्तानबाट सुख हुनेछ । साताको अन्त्यमा भने अधिक व्यय हुनेछ । सरसामान हराउने तथा स्वास्थ्य प्रतिकुल रहनेछ ।
सिंहः धार्मिक रुचि बढ्नेछ । भाग्यले साथ दिनेछ । विदेशबाट फाइदा मिल्नेछ । साताको मध्यमा सरकारी पक्षबाट फाइदा मिल्नेछ । ठूलाबडाले साथ दिनेछन् । गरेको काममा प्रगति हुनेछ भने साताको अन्त्यमा व्यापारबाट प्रशस्त फाइदा हुनेछ । अधूरा काम बन्नेछन् तथा धन सम्पत्ति प्राप्ति हुनेछ ।
कन्याः साताको शुरुमा स्वास्थ्यमा बाधा, काममा ढिलासुस्ती, आफन्तबाट धोका मिल्नेछ । मध्यमा भने विदेशबाट फाइदा, वैदेशिक यात्रा तथा भाग्यले साथ दिनेछ । अन्त्यमा भने पद प्रतिष्ठा मिल्ने, राजनीतिबाट फाइदा र साथीहरुबाट सहयोग पाइनेछ ।
तुलाः प्रेममा सुधार हुनेछ । ससुराल पक्षबाट फाइदा मिल्नेछ । साझेदारीबाट काम बन्नेछ । व्यावसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा गडबडी मानसम्मानमा घात तथा आफन्तबाट धोका मिल्नेछ । अन्त्यमा भने धार्मिक रुचि बढ्ने तथा सन्तानबाट सुखको योग छ ।
वृश्चिकः प्रतिस्पर्धा बढी हुनेछ । विरोधीसँग मुकाबिला गर्नुपर्नेछ । मुद्दा मामिलाबाट फाइदा मिल्नेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । प्रेमिप्रेमीकाबीच माया प्रेम बढ्नेछ । अन्त्यमा भने काममा धोका, स्वास्थ्यमा गडबडी तथा अपमान मिल्नेछ ।
धनुःअध्ययनमा सफलता मिल्नेछ । बुद्धिले सही निर्णय लिनेछ । आम्दानी बढ्ने, व्यापारबाट फाइदा तथा सन्ततिको प्रगति हुनेछ । आलोचित भए पनि जीत आफ्नै हुनेछ । साताको अन्त्यमा नयाँ ठाउँ भ्रमण तथा पारिवारिक जमघट हुनेछ ।
मकरः साताको शुरुमा काममा बाधा, मानसिक अशान्ति, तरल पदार्थबाट समस्या, चिसोबाट स्वास्थ्यमा बाधा हुनेछ । मध्यमा भने आकस्मिक धन लाभ, प्रशन्नता बढ्ने, खेलकुदमा रुचि बढ्नेछ । अन्त्यमा खर्च बढे पनि स्वास्थ्यमा सुधार हुनेछ । पारस्परिक कलह मित्रतामा बदलिनेछ ।
कुम्भः व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिनेछ । अरुको सहयोग कम पाइनेछ । भ्रातृ सहयोग पाइनेछ । मध्यमा भने घरायसी झमेला, छरछिमेकीसँग मुटाव तथा छातिसम्बन्धि समस्या देखिनेछ । अन्त्यमा भने छोराछोरीबाट खुशीको खबर र धनसम्पत्तिमा वृद्धिको योग रहेको छ ।
मीनः भोज भतेरमा सहभागी भइनेछ । बोलीले काम बन्नेछ । धनसम्पत्तिबाट कारोबारमा फाइदा हुनेछ । कुटुम्वबाट सहयोग पाइनेछ । साताको मध्यमा छोटो यात्राको योग छ । पराक्रम बढ्ने तथा दिदीबहिनीबाट भने सहयोग मिल्नेछ । अन्त्यमा भने काममा बाधा तथा पारिवारिक असन्तुष्टि रहनेछ । गरेको काममा जस नमिल्नाले घरबाट बाहिरको काममा व्यस्तता रहनेछ ।
प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४