जमाना फेरियो । अब पुजारी एवम् पूरोहितको समूह एउटा शक्तिशाली हैसियत राख्नसक्ने बन्नपुग्यो । अब त्यो देवताको साख्खै भएर देवता विराजमान हुने पवित्र बगैँचामा आउने र जाने गर्न सक्ने भयो । अब त ताराहरूद्वारा भरिपूर्ण आकासरुपी पुस्तकबाट कुन देवताको कस्तो इच्छा हुन्छ भनेर पढ्न अग्ला अग्ला मचान (वेदशाला)हरूमा जान्थ्यो । यस प्रकारको आकासीय पुस्तकलाई उसले मात्र पढ्नसक्थ्यो । कुनै पनि लडाइ हुनु भन्दा पहिले दिइने बलिका बाख्राको आन्द्राभुँडी हेरेर लडाइमा जीत हुन्छ कि हार हुन्छ भनेर भविष्यवाणी गथ्र्यो । अन्ततोगत्वा यसरी पूरोहित या पुजारी, मानिस र देवताका बीचमा दलाली गर्ने दलालका रुपमा परिणत भयो ।
जादु–टुना–मुना (अदृश्यशक्ति)का दुनियाँको घना कुहिरोबाट बस्तुहरूको वास्तविक रुपरेखा र बनोटका विषयमा सुस्तसुस्त मानिसका अगाडि छर्लंग हुँदैगयो । एउटा जमाना थियो । जब प्रागैतिहासिक मानिसहरूको विश्वास थियो, हरेक ठाउँ, हरेक ढुंगा, हरेक रुख, हरेक जीवमा आत्माको निवास छ ।
तर समय क्रममा यसप्रकारको विश्वास घट्दै गएको छ । मानिसले यो कुरा विचार गर्न बन्द नै गरिदियो कि हरेक जनावरमा आत्मा हुन्छ उसका परिकल्पनामा आएको वनदेवता जुन घना जंगलमा निवास गथ्र्यो त्यसले नै सबै जनावरहरूको आत्माको ठाउँ लिन थाल्यो ।
किसानले पनि यो कुरा सोच्न छाडिदियो कि गहुँका हरेक मुठामा आत्माले निवास गरेको हुन्छ । आज उसका दिमागमा अन्नमा रहने सबै आत्माहरू उर्वरताकी देवीसंँग एकाकार भएर गएका छन् । जुनले हरेक कुरा उब्जाउ गर्नमा मद्दत पु¥याउँछन् ।
अहिले आएर पुरानो व्यापक आत्माको ठाउँ यी नयाँखालका देवी देवताहरूले ग्रहण गरेका छन् । अब ती देवताहरू सामान्य खालको जीवन र मरण भएका मानिस सँगै बस्दैनन् । मानवीय ज्ञानको विस्तारले ती देवताहरू मानिसबाट टाढाटाढा हुँदै जानथाले । त्यसै कारण ती देवताहरूलाई यस्तो ठाउँहरूको खोजी गर्नुप¥यो जहाँ कहिल्यै पनि मानिसका पाइला पर्न नसकेका हुन् । ती देवताहरू बस्ने ठाउँहरू भनेका अँध्यारा गुफाहरू, पवित्र भनिएका वनजंगलहरू, जंगलात क्षेत्रहरूले घेरिएका पहाड पर्वतका टाकुराहरू, ठूलाठूला नदी र झीलका किनाराहरूतर्फ गए ।
तर केही समयपछि मानिसहरू यी ठाउँहरूमा पनि पुगे । मानवीय ज्ञानले अँध्यारा जंगलहरूलाई उज्यालो बनाइदियो पर्वतीय क्षेत्रहरू र तिनका भिराला पाखाहरूमा उडिरहेको भ्रमको कुहिरोलाई पनि यसले छिन्नभिन्न पारिदियो । अब उनीहरू धेरै जसो आकासतिर गए । कोही समुद्रका पींधतिर गएभने देवता पृथ्वीका सतहदेखि धेरै तल अन्धकारमय पाताल दिशातर्फ लागे ।
अब देवताहरूको अवतरण अधिकाधिक रुपमा पातलिँदै जान थाल्यो अब विगत समयका ती आख्यानहरू पुस्तौंपुस्तादेखि लोकगाथाहरूमा सुन्दै र पूराण कथाहरूमा पढ्दै आएका छौं कि जब ती देवताहरू पृथ्वीमा कुनै युद्धरतहरूको सहायता गर्न किलाबन्दी या घेराबन्दीमा भाग लिन स्वर्गतिरबाट पृथ्वीतर्फ आँउदै गरेका थिए । त्यस्ता अमर मानिएका देवताहरूले पनि तरबार भाला हतियारहरू लिएर मरण धर्मा मानिसहरूका झैझगडामा भाग लिन स्वर्गबाट पृथ्वीमा आउँथे । जब युद्धका बेलामा निर्णायक घडी आउँथ्यो । त्यसबेलामा ती युद्धको नेतृत्वकर्तालाई सहायता पु¥याउँन बादलको सिर्जना गरिदिन्थे । यस्तैगरी शत्रुमाथि बज्रघात गरिदिएर उनीहरूलाई प्रत्यक्ष सहयोग पु¥याउँथे ।अनुष्ठान पनि एकदमै सरलीकृत हुनेगथ्र्यो । उदारहणका रुपमा पृथ्वीमा वर्षा गराउनुप¥यो भने अथवा वर्षा ल्याउन मानिसले मुखमा पानी राखेर एउटा विशेष किसिमका नाचको आयोजना गथ्र्यो र आफ्ना मुखको पानी चारैतिर फोहोराले घेरेझैँ गरी छरिदिन्थ्यो । यति गरिसकेपछि अब वर्षा अवश्य हुन्छ भन्ने विश्वास थियो चाहे त्यो वर्षा होस् या नहोस् । यदि आकासको बादललाई त्यहाँबाट पन्छाउनु प¥योभने मानिस अग्लो ठाउँमा जान्थ्यो र हावाको अनुकरण गर्दै मुखैले फुफु गथ्र्याे र बादललाई हटाउने अनुष्ठान पूरा गरिदिन्थ्यो ।
अहिले आएर हामीलाई थाह भइसकेको छ न त हामीले मुखमा पानी हालेर त्यसको फोहारा आकासतिर फ्याँक्दैमा वर्षा हुन्छ न त हामीले मुखले फूफू गर्दैमा आकासको बादल नै पन्छिन्छ । अब उप्रान्त मानिस यसप्रकारको निष्कर्षमा पुगेको छ कि त्यो देवता भन्नेले उसका प्रार्थनाहरू र विन्तिहरूलाई सजिलैसँग सुन्नेवाला छैन । त्यसै समयमा देवता र मानिसका बीचमा मध्यस्थकर्ताका रुपमा पुरोहितको जन्म भयो । पुरोहितकै सहायक पुजारी पनि त्यसै अन्तर्गत जन्मिएको हो । अब त्यस पुजारी या पुरोहितले सामान्य मानिसहरू र देवताहरू बीच दलालीको काम शुरु ग¥यो । त्यसैका लागि उसले सबैखालका दुर्बोध्य संस्कारहरू विधिविधानहरूको सिर्जना ग¥यो । यिनै पूरोहित र पुजारीहरूलाई देवताहरूका सबै गुप्ति कथाहरूको ज्ञान छ भन्ने विश्वास सर्वसाधारणमा परेको थियो ।
पुरानो जमानामा शिकारमा जानुभन्दा पहिले चलाख किसिमको शिकारीले शिकार नृत्यको आयोजना गथ्र्यो र त्यसको निर्देशक पनि हुन्थ्यो । आफ्नो कुलका सदस्यहरूभन्दा टाढा रहेको कुनै प्रकारका आत्माका नजिकको हुँदैनथ्यो । किनभने उसका सबभन्दा नजिकका हितैषी त आफ्नै गणका सदस्यहरू हुन्थे ।
तर अहिले जमाना फेरियो । अब पुजारी एवम् पूरोहितको समूह एउटा शक्तिशाली हैसियत राख्नसक्ने बन्नपुग्यो । अब त्यो देवताको साख्खै भएर देवता विराजमान हुने पवित्र बगैँचामा आउने र जाने गर्न सक्ने भयो । अब त ताराहरूद्वारा भरिपूर्ण आकासरुपी पुस्तकबाट कुन देवताको कस्तो इच्छा हुन्छ भनेर पढ्न अग्ला अग्ला मचान (वेदशाला)हरूमा जान्थ्यो । यस प्रकारको आकासीय पुस्तकलाई उसले मात्र पढ्नसक्थ्यो । कुनै पनि लडाइ हुनु भन्दा पहिले दिइने बलिका बाख्राको आन्द्राभुँडी हेरेर लडाइमा जीत हुन्छ कि हार हुन्छ भनेर भविष्यवाणी गथ्र्यो । अन्ततोगत्वा यसरी पूरोहित या पुजारी, मानिस र देवताका बीचमा दलाली गर्ने दलालका रुपमा परिणत भयो ।
तर सर्वसाधारण मानिसहरू देवताहरूबाट झन् टाढिन लागे । त्यो समय व्यतित भइसकेको थियो जब देवता र मानिसमा बराबरी थियो अथवा यी दुवै बराबर नै हुन् भन्ने रहेको थियो र देवताहरूले पनि सबै मानिसलाई बराबर रुपमा ख्याल गर्छन् भन्ने विश्वास थियो । अब स्वयम् मानिसहरूले नै आफ्नो घर छिमेकीहरूको अवस्थातर्पm ध्यान दिन्छन् । त्यसबेला उनीहरूले नै अनुभव गर्न थाल्दछन् कि पूरानो जमानाको जस्तो समानताको अवस्था कहीं पनि बाँकी रहन सकेन । पूरोहित र पुजारीहरूले त “यस्तै असमानता नै हुनुपर्छ । भन्ने कुरामा नै जोड दिएका हुन्थे र उनीहरूले यस्तै प्रकारका असमानतालाई पुष्टि गर्ने साहित्य र स्मृतिशास्त्र रचना नै गर्दथे ।
पुजारी एवम् पुरोहितहरूले अझै भने, ‘मानिसले हरेक कुरा देवता या दैवका जिम्मामा नै छाडिदिनु पर्छ । जसरी राजा र युद्ध सरदारहरूले मानिसहरूमाथि शासन चलाउँछन् ।’ तर यिनै पुजारी र पुरोहितहरूका उपदेशहरूलाई विनम्रता पूर्वक सुनेर पनि सबैलाई समान किसिमले सन्तुष्टि प्रदान गर्न सक्दैनथ्यो । यस्ता मानिसहरू पनि थिए जुन देवताहरूका इच्छाका अगाडि झुक्न तयार थिएनन् ।
अलि अगाडि बढेपछि एकजना यूनानी कविले जोडजोडसँग चिच्याउँदै प्रश्न गरेका थिए, ‘जब धर्मात्मा भनिएकाहरूले अपार कष्ट सहन्छन् पापी भनिएकाहरूले मौजमज्जा गर्दछन् र पिताहरूले पाप गर्दछन् तर त्यसको दण्ड सजाय छोराहरूलाई दिइन्छ भने हे ? जियस त्यतिबेला तिम्रो न्याय कहाँ गएको हुन्छ ?’
अब त मानिसहरूका साथमा एक्लो रुपमा त्यो कुरामात्र बाँकी रहृयो । त्यो भनेकी आशा नामक देवी हुन् जसको उपासना गरिरहनु गर्दछ । जुन देवीले अहिलेसम्म पनि मानिसहरूको साथ दिइरहेकी छन् । अब अरु सबै देवताहरूले त ओलिम्पसको बाटो समाते ।
क्षितिज अझै फराकिलो भयोप्रागैतिहासिक मानिसहरूले सत्यकुरा के हो ? र कथा एवम् कल्पना या मिथकका कुरा के हुन् भनेर छुट्याउन सक्दैनथे । ज्ञान के हो? र अन्धविश्वास र अन्ध श्रद्धा बीचको भेद पनि छुट्याउन सक्दैनथे । यी दुई कुराहरूमा के के कुरामा फरक हुन्छ भन्ने कुरा पनि थाहा थिएन ।
यदि तातो दूध कुनै ठाउँमा राखिएको हुन्छ भने त्यसमाथि तरको जालो जम्न केही समय लाग्छ । ठीक त्यस्तैगरी ज्ञानलाई अन्धविश्वासबाट छुट्याउँन पनि हजारौं वर्ष लाग्यो ।
पन्ध्रौँ शताब्दीसम्म पनि रुसका मानिसहरूलाई यसकुराको पक्का विश्वासथियो कि उराल पर्वतदेखि परवर्ती क्षेत्रमा यस्ता मानिसहरू बस्दछन्, जसमा भालुहरूले जस्तै जाडोयाममा शीतनिद्रामा रहन्छन् । त्यस विषयको एउटा प्राचीन पाण्डुलिपि अहिलेसम्म पनि छ र त्यसमा लेखिएको छ, ‘पूर्वी देशका अज्ञात मानिसहरू’ यस पाण्डुलिपिमा विस्तारपूर्वक यस्ता मानिसहरूको वर्णन गरिएको छ, जसको मुख उनका टाउकामाथि हुन्छ र बिनाटाउकाका मानिसहरू जसका आँखाहरू छातिमा रहेकाहुन्छन् । यी सबै कुराहरू सुन्दा मजा आउने खालका छन् । अहिले पनि वैज्ञानिक गल्पकथाका लेखकहरूले आफ्ना पुस्तकहरूमा बाह्य अन्तरिक्षबाट आएका उडनतस्तरी एवम् अज्ञात दुनियाँबाट पृथ्वीमा आएका भयानक दैत्य एवम् अचम्मका मानिसहरूको वर्णन गरेको देख्न सकिन्छ । यस्ता कुराहरूलाई कथाकार एवम् साहित्यकारहरूले स्थापित पनि गरिदिएका छन् ।
अहिले हामीसम्ममा जुन किसिमका गीत, भजन र महाकाव्यहरू आएका छन् तिनीहरूमा वर्णित देवताहरू, वीरहरूका किस्सा कहानीहरू विभिन्न कबिला (गणसमुदाय) का सरदारहरूको इतिहासलाई र तिनीहरूले परिकल्पना गरेको भूगोलबाट भौगोलिक ज्ञानलाई र प्राचीन आख्यानहरूमा पाइने तारा ग्रहणका विषयको पहिलो जानकारी कुन हो भनेर त्यस ज्ञानलाई छुट्याउनु नै धेरै मुस्किल काम हो ।
यूनानीहरूले हामीलाई ‘इलियाड’ र ‘ओडिस्सी’ यी दुईवटा महाकाव्यहरू छाडेर गए । जसमा प्राचीनतम गीत र आख्यानहरू छन् । यी महाकाव्यहरूमा यूनानी सेनाद्वारा विजय गरिसक्ने ट्रायका किल्लाको पतन र ओडिस्सिअस नामक यूनानी सरदारले आफ्नो जन्मस्थान इथाका फर्किने सम्मका कुराहरू र बाहिरी देश र समुद्रमा यताउति भौंतारिएका कुराहरू आख्यानका रुपमा विद्यमान रहेका छन् । ट्रायको किल्लामा देवता र मानिसहरू एकदोस्राका सहयोगी बनेर लडेका थिए । केही आक्रमण कारीका पक्षमा थिएभने केही रक्षकहरूका पासमा थिए । त्यस युद्धमा यदि कुनै देवता पक्षीय व्यक्ति घायल भएको हुन्थ्यो भने त्यसलाई देवताहरूले सरक्क युद्ध मैदानबाट उठाएर सुरक्षित ठाउँहरूमा पु¥याईदिन्थे । तिनै देवताहरूले ‘ओलम्पिस पर्वत’ माथि आयोजना गरिएका भोजका अवसरहरूमा यस विषयमा छलफल गरिरहेका हुन्थे कि यस लडाईलाई जारी हुन दिइरहने कि यसलाई बन्द गराउने र युद्धरत दुवै पक्षका बीचमा मेलमिलाप गराउँने आदि ।
यी आख्यानहरूमा सत्यताका साथमा कल्पना यतिधेरै समिश्रण भएको छ त्यसलाई छुट्याउनु नै मुस्किल छ । त्यसमा सत्य कुरा कुनकुन हो र कल्पनाको आरम्भ कहाँबाट भएको हो? भन्ने विषयमा पनि छुट्टिनै पथ्र्यो तर के यूनानीहरूले भनेजस्तो ट्रायनामक शहरको असली अस्तिस्व थियो त ?
अहिले हाम्रा विद्वानहरूले यस्तै विषयमा बहस गरिरहेका छन् तर जबसम्म पूरातत्वविद् वैज्ञानिकहरूले त्यस ठाउँलाई कोदालीले खनेर तिनीहरूको अस्तित्व भए नभएको पत्ता लगाउँदैनन् र यसप्रकारका भ्रमर सन्देहहरूलाई छुटाउने संकेतका आधारमा पुरातत्वविद्हरूले ‘एसिया कोचाक’को यात्रा प्रारम्भ गरे । त्यहाँ ट्रायका भग्नावशेषहरूको खन्ने काम पनि त्यही गएर आरम्भ गरे । जहाँ ट्रायको किल्ला थियो भनेर विश्वास गरिएको थियो ।
यस्तै प्रकारको सत्यता ‘ओडिस्सी’ मा पनि थियो । भूगोलवेत्ताहरूले यो कुरा प्रमाणित पनि गरिसकेका छन् । जुनजुन वैज्ञानिक पूरातत्वविद्हरूले ओडिस्सियसको यात्रालाई एउटा नक्साका आधारमा प्रारम्भ गरे ।
यदि तपाईं आफ्नो नक्सा खोलेर हेर्नुहुन्छ भने त्यसमा तपाईंले स्वप्न विलासीहरूको देश इओलुस द्वीपसमूह, सिल्ला र कारिब्डिस सम्मको जानकारी पाउँनुहुनेछ । जसले आफूहरूका माझैबाट अगाडि बढिरहेको ओडिस्सियसको जहाजलाई लुट्न र नष्ट गर्न तयार भएर बसेको थियो । स्वप्नविलासीहरूको देश भनेको असली रुपमा अफ्रिकाको त्रिपोली भन्ने समुद्री किनारा हो जसलाई ओलुस द्वीपसमूहका नामबाट जान्दछौं । यसै सन्दर्भमा उल्लेख भएको सल्ला र कारिबडिस, सिसिली र इटालीका बीचमा पर्ने जलडमरु मध्ये ‘ओडिस्सी’मा उल्लिखित केही कुराहरू सत्यतामा आधारित छन् तर तपाईंले प्राचीन विश्वासको भूगोललाई ओडिस्सीका माध्यमबाट अध्ययन गर्ने विचार गर्नु भएको छ भने त्यो ठूलो गल्ती हुनेछ ।
मानिसका समकालीन गतिविधि क्रियाकलापहरू र यात्राका विवरणहरूलाई यी सबैभन्दा पहिलाका पुस्तकहरूमा उल्लिखित भूगोललाई अचम्मलाग्दो जामा लगाइदिएको देखिन्छ । यी गल्पकथाहरूमा पहाडपर्वतहरूलाई दैत्यमा परिणत गरिएको छ । भने यी द्वीपहरूमा निवास गर्ने असभ्य भनिएका जातिहरूलाई विराट् किसिमको एउटा आँखा भएको नरभक्षी दैत्यका रुपमा चित्रित गरिएको छ ।
त्यस समयमा मानिसहरू खाली आफ्नो वरपरको परिवेशसँग मात्र परिचित थिए । यति हुँदापनि व्यापारीहरू ठूलो खतरा उठाएर भएपनि जहाजहरूमा मालसामान हालेर लामो यात्रामा निस्किन्थे । तर तिनीहरू पनि समुद्रका किनाराहरू भन्दा धेरैटाढा जाने साहस गर्न सक्दैनथे किनभने खुला समुद्रमा अलि टाढासम्म पुग्नु कम चुनौतिपूर्ण हुँदैनथ्यो र त्यति नै भयावह पनि हुन्थ्यो । ती दिनहरूमा न कुनै नक्सा थियो न त दिशासूचक यंन्त्र नै हुन्थ्यो । जहाज चलाउने मानिसहरू अड्कलबाजका आधारमा सुर्य र ताराहरूका सहायताले आफ्नो बाटो पहिल्याउँने काम गर्थे । समुद्री किनाराको कुनै चट्टान या अग्ला रुखहरू नै उनीहरूका मार्गदर्शक थिए ।
समुद्रीयात्रा हजारौं खतरा र समस्याहरूले भरिभराउ थिए । सानो भन्दा सानो किसिमको हावाचल्यो भने पनि फराकिलो पींध भएको उनीहरूको जहाज या नौका पानीमा डग्मगाउन थालि हाल्थ्यो । नुघाउँन नमिल्ने जहाजका पालहरूलाई हावा चल्दा नियन्त्रण गर्न एकदमै मुस्किल हुन्थ्यो । हावालाई मानिसले भनेको मान्नैपर्छ भन्ने कुनै बाध्यता थिएन । त्यसैले त हावाले उनीहरूको पानी जहाजलाई जथाभावी जहाँसुकै पु¥याइदिन्थ्यो । मानौं उनीहरूको जहाज समुद्री लहरमा हल्लिएको कुनै काठको टुक्रो होस् ।
तर जसरीतसरी भए पनि मानिसहरूको जहाज समुद्री किनारामा आइनैपुग्थ्यो । थकाइले लखतरान भएकाहरूले जसरीतसरी भए पनि खिचेर त्यस जहाजलाई किनारमा नै पु¥याउँथे । अब यहाँको सुख्खा जमीनमा उनीहरूले आराम गर्नसक्थे । तर पनि उनीहरू ढुक्क हुन सक्दैनथे । जुन अन्जान ठाउँभन्दा पनि डरलाग्दो थियो । ती जहाजका यात्रीहरूलाई नरभक्षी यहाँका दैत्य या राक्षसहरूले कहिले आएर आक्रमण गर्ने हुन् भन्ने आशंका रहिरहेकै हुन्थ्यो । किनभने उनीहरूले अरु समुद्र यात्रीहरूबाट जंगली र असभ्य मानिसहरूबाट यस प्रकारका आक्रमणकारी किस्सा कहानीहरू सुनेकै थिए । तिनीहरूका डरले त्रसित आँखाहरूमा हरेक अनजान नयाँ खालको जनावर पनि उनीहरूका लागि भयानक दैत्य या राक्षस झैँ लाग्थ्यो । त्यसैकारण उनीहरू बसेका ठाउँतिर जाने हिम्मत कहिल्यै गर्दैनथे ।
यति हुँदाहुँदै पनि हरेक नयाँ यात्राले मानिसको परिवेश या क्षितिजलाई अझै फराकिलो बनाइदिन्थ्यो । अज्ञात सीमा बन्धनहरू र रहस्यमय किस्सा कहानीहरूका समेत सीमाबन्धनहरूलाई पछाडि पारेर मानवीय चेतनाको परिवेश अझै फराकिलो बन्दै जान्थ्यो । यसमा पनि सबैभन्दा साहसी समुद्रीयात्राहरू समुद्रको अन्तिम किनारासम्म पुग्थे । अब त्यहाँबाट महासमुद्रको यात्रा आरम्भ हुन्छ । यस महासागरलाई उनीहरू सम्पूर्ण संसार जस्तै असीम हो भन्ने सम्झिन्थे । जब उनीहरू घर फर्किन्थे तब उनीहरूले आफ्ना साथी संगतिहरूलाई बताउँथे उनीहरूले त दुनियाँको अन्तिम सीमासम्म पुगेर आइयो र यो जमीनजति चारैतर्फबाट महासागरहरूले घेरिएको रहेछ ।
हजारौँ वर्षपछि मानिसहरू यूरोपबाट भारत र चीन, त्यहाँबाट फेरि यूरोप तर्फको यात्रा गर्नेछन् । समुद्र यात्रीहरूले महासागरहरू पनि पार गर्नेछन् र अर्को किनारामा रहेको जमीनमा पुग्नेछन्, जहाँ मानिसहरूको बसोबास छ ।
फेरि पनि पृथ्वीमा विज्ञानको प्रयोगद्वारा कयौँ विकास भइसके पनि पुरानो युगका किस्सा कहानीहरू युगौँयुगसम्म त्यसको छाप परिरहेको हुनेछ । क्रिस्टोफर कोलम्बस जसले अमेरिकाको खोजी गरे । त्यस बेलासम्म मानिसहरूमा एक प्रकारको विश्वास थियो । पृथ्वीमा कहिं एउटा त्यसैका टाकुरामा स्वर्ग भन्ने ठाउँ अवस्थित छ । क्रिस्टोफर कोलम्बसले स्पेनकी महारानीलाई एउटा चिठ्ठी लेखेका थिए । ‘उनी स्वर्गको एकदमै नजिक पुगेका छन् । त्यहाँको परिवेश कस्तो रहेछ भनेर त्यसको जानकारी प्राप्त गर्न थालिरहेका छन् । अब यसमा उनलाई सफलता प्राप्त हुनेवाला छ ।’
गएको पन्ध्रौँ शताब्दीसम्म पनि रुसका मानिसहरूलाई यसकुराको पक्का विश्वासथियो कि उराल पर्वतदेखि परवर्ती क्षेत्रमा यस्ता मानिसहरू बस्दछन्, जसमा भालुहरूले जस्तै जाडोयाममा शीतनिद्रामा रहन्छन् । त्यस विषयको एउटा प्राचीन पाण्डुलिपि अहिलेसम्म पनि छ र त्यसमा लेखिएको छ, ‘पूर्वी देशका अज्ञात मानिसहरू’ यस पाण्डुलिपिमा विस्तारपूर्वक यस्ता मानिसहरूको वर्णन गरिएको छ, जसको मुख उनका टाउकामाथि हुन्छ र बिनाटाउकाका मानिसहरू जसका आँखाहरू छातिमा रहेकाहुन्छन् । यी सबै कुराहरू सुन्दा मजा आउने खालका छन् । अहिले पनि वैज्ञानिक गल्पकथाका लेखकहरूले आफ्ना पुस्तकहरूमा बाह्य अन्तरिक्षबाट आएका उडनतस्तरी एवम् अज्ञात दुनियाँबाट पृथ्वीमा आएका भयानक दैत्य एवम् अचम्मका मानिसहरूको वर्णन गरेको देख्न सकिन्छ । यस्ता कुराहरूलाई कथाकार एवम् साहित्यकारहरूले स्थापित पनि गरिदिएका छन् ।
पृथ्वीका सतहको विस्तृत अध्ययन भइसकेको यहाँको चर्चा गर्न त्यति वाञ्छनीय नरहेको र लेखकहरूले पृथ्वीका पात्रहरूलाई नलिएर चन्द्रमा र मंगलग्रहतिरका पात्रहरूलाई आफ्ना कथानायक बनाएका छन् र ती पात्रहरूलाई पृथ्वी केन्द्रतर्फ ल्याएका छन् ।
अलि अगाडि बढेपछि एकजना यूनानी कविले जोडजोडसँग चिच्याउँदै प्रश्न गरेका थिए, ‘जब धर्मात्मा भनिएकाहरूले अपार कष्ट सहन्छन् पापी भनिएकाहरूले मौजमज्जा गर्दछन् र पिताहरूले पाप गर्दछन् तर त्यसको दण्ड सजाय छोराहरूलाई दिइन्छ भने हे ? जियस त्यतिबेला तिम्रो न्याय कहाँ गएको हुन्छ ?’
(जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा प्रकाशित पुस्तक ‘मानव यसरी महावली भयो’ बाट)