कथाः
मेरो शरीर लगलग काँप्न थाल्यो । कोठा फनफन घुमेको महसुस मैले गरेँ । चारैतिर अँध्यारो देख्न थालें । सुष्मालाई सराप्नसम्म सरापेंँ । अनि आफ्नो अज्ञानताप्रति रिसाएँ । के नै हुन्थ्यो र ? के गरु कसो गरुँ कुनै बाटो पाइन अनि जुरुक्क उठेंँ । मेरा पाइलाहरु होटलको सिंढीतिर लागे अनिश्चित भविष्यतिर ।
ढ्याक ढ्याक... ढ्याक ढ्याक बाहिरबाट कसैले ढोकामा आवाज दिइरहेको थियो । एक दुई पटकको ढ्याक–ढ्याक गराइपछि मैले सोधे– को हँ ? बाहिरबाट एउटी महिलाकै आवाज आयो– म... सुष्मा तिम्रो क्याम्पसको साथी । जाडोको समय बाहिर कुइरो निकै बाक्लो लागेको थियो ।
दिउँसो बाह्र एक बज्दासम्म पनि घामलाग्ने कुनै सङ्केत थिएन । त्यसैले म बिस्तरामै सिरकभित्र गुटुमुटिएर किताबका पानामा आँखा दौडाइरहेकी थिएँ । ढोका खोल्न जान पनि मलाई निकै अल्छी लागेको थियो । तर पनि क्याम्पसको साथी भनिसकेपछि त उठ्नै प¥यो भन्दै खाटबाट तल ओर्ले । मेरो दिमागमा सुष्माको अनुहार प्रष्ट आएको थिएन । मलाई लागिरहेको थियो, को सुष्मा रहेछ ? मेरो कक्षामा त कुनै सुष्मा छैनन् । को रहेछ ? आ... होला कोई मैले नचिनेको । यस्तो जाडोमा पनि किन आउनु परेको होला अर्काको कोठा कोठा ? थपक्क सिरक ओडेर नसुतेर । छुट्टीको फाइदा उठाउनु नि भन्दै म मन नलागी–नलागी ढोका खोल्न पुगें ।
मैले ढोका खोल्दै तस् उसले भनी– हैन यो नमिता, ढोका खोल्न पनि कति बेर लगाएकी ? के हो ? मलाई नचिनेर हो कि क्या हो ? उसले निकै दिन पहिलेको चिनजान जस्तै गरी भनी । मैले पनि बिस्तारै कोठाको ढोका खोलेंँ र फिस्स हाँस्दै भने, होइन... होइन त्यस्तो भनेर त । मलाई लागेको थियो, मेरो कक्षामा त सुष्मा नामकी कुनै केटी थिइन । फेरि को सुष्मा होला हाम्रो क्याम्पसको भनेर सोच्न थालेकी नि । अनि तपाईसँग कहिल्यै नजिकबाट बोलीचाली भएकै थिएन । कसरी चिन्नु नि ? मैले त क्याम्पसमा पनि तपाईलाई देखेकै थिइन । आउनुस् न भित्र । कसरी पत्ता लगाएर आउनुभयो त मेरो कोठा ? केही काम थियो कि मसँग ? मैले एकपछि अर्को प्रश्न गर्दै गएँ ।
कता–कता उसको रङ्गरूप, कुरा गराइको तरिका देखेर मलाई डर डर लागेर आएको थियो र नराम्रो आशङ्काले घेरेको थियो । मेरो प्रश्नप्रति आपत्ति जनाउँदै सुष्माले भनी– के म तिम्रो कोठामा बिना काम आउनु हुँदैन ?
मैले भने– मैले त्यसो भनेको कहाँ हो र ? को रहेछ भनेर सोच्दा नि ।
सुस्माले भनी, ‘आफ्नै गाउँठाउँकोे बैनी भन्ने सुनेर, म भने माया लागेर भेट्न आएको । तिमीले भने नचिनेजस्तो ग¥यौ ? जहिले पनि क्याम्पसमा भेटेर कुरा गर्छु भन्यो कहिले के कहिले पर्छ । आज त छुट्टी पनि छ जाडोको दिन, पक्कै कोठामा छौ भनेर भेट्न आएकी ।’
नमिताले भनी, हेर न जाडो पनि कति हो । तराईको जाडो त अचम्मको हुँदोरहेछ । थुप्रै दिनसम्म घामको मुखै देख्न नपाइने । पहाडमा त बिहान कुइरो लागे पनि दिउँसो टन्न घाम लाग्छन् । मलाई तराईको जाडोको थाहै थिएन । बल्ल पहिलो पटक पहाडबाट क्याम्पस पढ्न तराई झरेको । जाडो लाग्यो कि सिरकभित्र पस्यो । यति भन्दै मैले उसको शरीरतिर आँखा दौडाएँ । उसले टन्न शरीरभरि बाक्ला र भुवादार लुगा लगाएकी थिई । खुट्टामा जुत्ता र बाक्ला मोजा । देख्दा लाग्थ्यो जाडोले त उसलाई छुनै सक्दैन बरु जाडो नै उसलाई देखेर टाढा भाग्छ ।
सुस्माले पनि मतिर हेर्दै भनी– जाडोमा पनि के यस्तो लुगा लगाएर बसेको ? अलि ग्वाम्म परेको बाक्लो लुगा लगाउनु नि, अनि त जाडो छ भन्दै सिरक भित्र बसिरहनु पर्दैन । हिंँड लुगा लगाएर बाहिर यसो जाउँ र तातो पिरो खाएर आउँला । कति कोठाभित्र मात्रै बसिरहनु उसले अपनत्व जनाउँदै भनी ।
मैले भने, ‘भो बाहिर नजाने । यही मैले चिया पकाउँछु, अनि खाउँला भन्दै म खाटबाट उठ्न खोजे र पछ्यौरा तान्दै शरीरमा लपेटे । उसले मलाई रोक्दै भनी, भो यहाँ चिया नपकाउ, बरु कपडा लगाउ र बाहिर गएर चिया नास्ता खाएर आउँला छिटो गर न । मसँग पनि हिंँड्न हुन्छ क्यारे । कहिले कहिले त यहाँको वातावरण पनि बुभ्mनुपर्छ के । सधै कोठामा भित्र र क्याम्पसभित्र गरेर हुन्छ र अलि टाठो बाठो पनि बन्नुपर्छ । हिंँड कपडा लगाऊ ।’
मलाई निकै फसाद प¥यो र असजिलो पनि लाग्यो । मसँग उसकाजस्ता बाक्ला लुगा थिएनन् । सामान्य लुगा मात्र थिए । त्यही पनि थोरै मात्रै । क्याम्पसको ड्रेस बाहेक दुईजोडी लुगा मात्र मसँग थिए । मैले कोठामै बस्दा लगाउने लुगामाथि एउटा ठिक्कैको सुइटर भिरें र बाहिरबाट पछ्यौरा ओढेंँ । अनि सामान्य चप्पल घिसार्दै उसँग बाहिर जान तयार भएँ । अनि भनेँ– लौ जाऊँ त ।
सुस्माले मलाई माथिबाट तलसम्म हेरी, अनि भनी, ‘अलि बाक्लो लुगा लगाउ न । जाडो लाग्दैन र ?’
मैले पनि उसलाई मेरो गरिबी देखाउन चाहिँन र भनेँ, 'हैन मलाई त्यति जाडो लागेको छैन । फेरि हिंँडेपछि जाडो कम हुन्छ भन्दै कोठाकोढोका लगाउन थालें ।' हामी दुबै सडकमा आयौं । हिंड्दै उसले मलाई आफ्नो परिवार गाउँबारे धेरै कुरा सोधी । म पनि सोझै तबरले उसको प्रश्नको जवाफ दिंदै गए ।
सुस्माले मलाई एउटा रेष्टुरेण्टमा लगी । त्यहाँ उसले मोमो र सुपको अर्डर गरी । मोमो मैले पहिलो सुनेको नाम थियो किनकि बुबाले पहाडबाट आएर क्याम्पस भर्ना गरेर गएपछि म कहींँ गएकै थिइनँ । बुबा आमाले पटकपटक चेतावनी स्वरूप सल्लाह दिइरहनुहुन्थ्यो–शहर बजारकाहरुसँग धेरै दोस्ती नगर्नू, आफ्नो काम पढ्ने हो पढ्ने कुरामा मात्र ध्यान दिनु । यिनै कुरा म सम्झिरहन्थें । मलाई पहिलो पटक रेष्टुरेण्टको कुर्सीमा बस्दा नौला लागेको थियो र भान भइरहेको थियो कि मैले आमा–बुबाको उपदेशलाई बेवास्ता गर्दैछु र कुनै ठूलो अपराध गर्दैछु तर फेरि नकार्न सक्दिनथे ।
मोमो र सुप टेबुलमा आइपुग्यो । उसले पहिले नै काँटा चम्मच चलाई । मैले उसैको नक्कल गर्न थाले । एक पटक त काँटा मोमोमा गाड्न नपाउँदै, मोमो उछिट्टिएर टेबुलमा खस्यो । म जिल्ल परेर, लाजले उसको मुखमा पुर्लुक्क हेरँें । उसले भनी– त्यो नटिप अरु खाउ । मैले सावधानी पूर्वक त्यो खाएँ । अनि सुप चम्मचाले सुरूप–सुरूप पार्नु पर्दोरहेछ । स्वाद लागेन । पहाडमा झोलिलो कुरा कटौरामा राखेर तनक्क तन्काएको बानी थियो ।चम्चाले खाने झोल खाएजस्तो लागेन तर पनि खाएंँ । त्यो दिन केही समय ऊसँग घुमेर म उसँग बिदा भई कोठामा आएँ ।
यस्तै गरी क्रमशः रेष्टुरेण्ट, मिष्ठान्न भण्डार जाने क्रम बढ्दै गयो । उसले मलाई निकै माया गर्न थालेकी थिई । पछि पछि त उसले मलाई कपडा, जुत्ता उपहार भन्दै ल्याइदिन थाली । मेरो आवश्यकताका वस्तुहरु उसैले पूरा गरिदिन्थी । ऊ बरोबर मेरो डेरामा आउँथी । मलाई अनेक कुराहरु सिकाउँथी । खानपानदेखि लाउने, हिंँड्ने कुरा समेत उसले मलाई सिकाउँथी । उसको र मेरोबीच अब राम्रोसँग चिनजान भइसकेको थियो । मलाई ऊ, राम्रै केटी रहेछ भन्ने लागेको थियो । त्यसैले मैले उमाथि शङ्कागर्न छाडेकी थिए । उसलाई कुनै दिन नभेट्दा मलाई पनि खुल्लो लाग्न थालेको थियो । हामी जहाँ जान्थ्यौं सँगै जान्थ्यौं । ऊसँगको सङ्गतले मलाई पनि राम्रो लाउने मिठो खाने र टिपटप भएर हिंँड्ने बानी परिसकेको थियो ।
सुष्मा र मेरो मित्रता भएको पनि छ महिना बितिसकेको थियो । यसैबीच मेरो आइ.ए. प्रथम वर्षको परीक्षा सिद्दियो, दोस्रो वर्षको सुरुआत हुने बेला भएको थियो । पहिलो वर्षको परीक्षामा म राम्रै पास भएँ । यही खुशीयालीमा घर आमाबुबालाई चिठ्ठी लेखेंँ चिठ्ठीमा मैले सुष्माका बारेमा धेरै कुरा लेखेंँ र, सुष्मा यो ठाउँमा मेरो सबैभन्दा नजिकको मित्र र सहयोगी मित्र भएको बताएँ । उसलाई मैले सबैभन्दा गतिलो साथीको रूपमा बुबा–आमालाई चिनाएँ ।
एक दिन सुष्मा सधैँ जस्तै मेरो कोठामा आइ र भनी, ए नमिता अब त यसो मनोरञ्जन पनि गर्नुपर्छ हिंँड जाउँ सिनेमा हेर्न । परीक्षा पनि सकियो, पढ्न अहिले पर्दैन । उसको कुरा काट्दै मैले भनें– हैन सुष्मा के भनेकी तिम्ले । तिमी त मेरो दिदी जस्ती । मेरो अभिभावक । तिमीले त झन् मिहिनेत गरेर पढ नहिंड पो भन्नुपर्छ झन् हेर्न जाउ भन्ने ? म यहाँ मनोरञ्जन गर्न आएको हो र ? मेरो आमा–बुबाले मलाई कति दुःख गरेर यहाँसम्म पढ्न पठाएका छन् । मलाई मनोरञ्जन गर्ने पैसा कहाँ पुग्छ र ? फेरि सिनेमा हलमा कसैले देखेर बाबा–आमालाई कुरा लगाए दिए भने के भन्नुहोला उहाँहरुले ?
मेरो कुरा सुनेर सुष्माले भनी, ‘अँ तैले मात्र पढेकी छस् र ? दुनियाँले पढेका छन् । सबैले मनोरञ्जन पनि गर्छन् पढ्छन् पनि । पास पनि हुन्छन् । फेरि सिनेमा हेर्नलाई तँसँग कसले पैसा मागेको छ र ? मैले नै टिकट काट्छु । साथी मात्र न जाउँ भनेको हो । हिंड्न जाउँ–उसले भनी ।’सुष्मा सुखदुःखकी साथी जस्तै भएकी थिई । हामीबीच हाँसो, ठट्टा–मजाक सबै हुन्थ्यो । उसले बेलाबेलामा जिस्काउने पनि गर्थी । म पनि उसको जिस्काइलाई मनमनै आनन्द मान्दै स्विकार्थे र बाहिरी रूपमा धत् भन्दै गाली गर्थे ।
त्यसदिन उसको सिनेमा जाने कुरालाई पूरै नकार्न सकिन र जानको लागि तयार भएँ । हामी दुबै सिनेमा हलमा पुग्यौंँ । सिनेमा हलमा उसले मलाई एक जना युवकसँग परिचय गराई ऊ कुनै अफिसमा जागीर गर्ने व्यक्ति रे, नाम रवि । त्यो भन्दा बढी मैले उसबारे जान्न चाहिन र पोस्टरतिर आँखा दौडाएँ । सुष्मा र रवि धेरै बेर गफ गरिरहे । उनीहरुको गफतिर पनि मैले ध्यान दिइन । सिनेमा सुरु हुने बेला भएछ । सुष्माले भित्र जानको लागि बोलाई । हामीभित्र गयौं । रवि र सुष्माको बीचमा म परें । सिनेमा सुरु भयो । मेरा आँखा सिनेमाका दृश्यतिर रमाउन थाले । सिनेमा चलिरहेकै थियो । बीचमा म परेकोले मेरो मन भने त्यसै उकुसमुकुस भइरहेको थियो । सिनेमा र सुष्मालाई नै छाडेर जान मन लागेको थियो । तर त्यो पनि गर्न सकिनँ मैले सुष्माका लागि । यस बीच रविले मसँग नजिकिदै कहिले काँमा हात राख्थ्यो, कहिले टाँसिन आईपुग्थ्यो, कहिले कम्मरमा हात पु¥याउँथ्यो । रविको मप्रतिको रवैया ठीक लागेन मलाई । उसले बेलाबेलामा मप्रति नराम्रो हरकत गरिरहेको थियो । उसको हरकत झन् पछि झन् बढ्दै थियो । हाम्रो छेउँको सिट टनाटन भरिएको थियो । सिट फेरेर बस्न सकिन्छ कि भनेर अँध्यारोमा आँखा दौडाएँ तर खाली सिट कतै थिएन ।
हामी सिनेमाको बिचोबीच आइपुगेछौं क्यारे, बत्ती बल्यो । दर्शकहरुको चहलपहल सुरु भयो । कोही बाहिर जान थाले । रवि पनि बाहिर जानको लागि उठ्यो । जब ऊ उठ्यो तब मैले लामो सास ताने । अलि हिम्मत र साहास पनि आयो । मैले सुष्मालाई सबै कुरा बताएँ र उसको छेउमा बस्न पुगें । सिनेमा सुरु हुने घण्टी बज्यो सबै भित्र आए । रवि पनि आयो र सुष्माको छेउमा बस्यो । केही छिन ठिकै रह्यो । तर फेरि उही हरकत शुुरु भयो । मलाई निकै रिस उठ्यो र भनें– कति इडियट मान्छे रहेछ । ती दुवैले बुझे बुझेनन् मलाई थाहा भएन । सिनेमा सकियो । म दुवैसँग कुनै कुरै नगरी सरासर डेरातिर लागेंँ ।
भोलिपल्ट सुष्मा फेरि मेरो डेरामा आई सायद म रिसाएजस्तो लागेर होला । ऊ आए पनि केही छिन् म उसँग बोलिनँ । उसले भनी, कस्तो तिमी न्यारो माइन्ड भएकी । आजको जमानामा केटीहरु फ्री भएर केटासँग मात्र पनि सिनेमा जान्छन् । तिम्रो लागि त म साथी थिएँ । सुष्माको कुरा प्रतिवाद गर्दै मैले भनें– मलाई त्यति सारो फ्रि हुन परेको छैन । मलाई मेरै हालमा छाडिदेऊ । सुष्माले अनेक कुरा गरी मलाई फकाउने प्रयास गरी । व्यवहारमा अहिलेसम्म सुष्मा ठिकै थिई । त्यसैले म पनि उसको कुरासँग सहमत हुन पुगें ।
दुई चार दिनको अन्तरालपछि सुष्मा फेरि आई । म जाँचको तयारीमा थिएँ । ऊ सरासर मेरो कोठामा भित्र पसी र भनी, ‘हैन कति पढ्न सक्छ्यौ तिमी । धेरै पढेपछि त दिमाग आउट हुन्छ के ।’
मैले पनि उस्तै जवाफ दिएँ, ‘तिम्र्रो आउट हुन्छ होला मेरो हुँदैन । त्यसपछि उसले मैले पढ्दै गरेको किताब खोसेर बन्द गर्दै भनी, ‘अहिले किताब राख अनि यसो बाहिर गएर फ्रेस भएर आऊँ । उसको यो हरकत प्रति मलाई मनमनै रिस उठेको थियो ।’ मैले भने, ‘तिमी जाऊ म जाँदिन । तब पनि उसले मलाई फकाउन छाडिन । म कुनै प्रतिक्रिया नजनाई छ्या यो सुष्मा त भन्दै उसको पछि लागेँ ।’
सुस्माले मलाई एउटा रेष्टुरेण्टमा लगी । त्यहाँ उसले मोमो र सुपको अर्डर गरी । मोमो मैले पहिलो सुनेको नाम थियो किनकि बुबाले पहाडबाट आएर क्याम्पस भर्ना गरेर गएपछि म कहींँ गएकै थिइनँ । बुबा आमाले पटकपटक चेतावनी स्वरूप सल्लाह दिइरहनुहुन्थ्यो–शहर बजारकाहरुसँग धेरै दोस्ती नगर्नू, आफ्नो काम पढ्ने हो पढ्ने कुरामा मात्र ध्यान दिनु । यिनै कुरा म सम्झिरहन्थें । मलाई पहिलो पटक रेष्टुरेण्टको कुर्सीमा बस्दा नौला लागेको थियो र भान भइरहेको थियो कि मैले आमा–बुबाको उपदेशलाई बेवास्ता गर्दैछु र कुनै ठूलो अपराध गर्दैछु तर फेरि नकार्न सक्दिनथे ।
हामी दुवै शहरको एक होटलमा पुग्यौंँ केही खान भन्दै । मलाई पटक्क जान मन थिएन तापनि म सुष्माको पछिलागेेंँ । जब हामी होटलमा पुग्यौं । मैले रबिलाई देखें । त्यहाँ पहिलेदेखि रविको उपस्थिति रहेछ । रविलाई देख्नासाथ मलाई रीस उठ्यो र सुष्मालाई भने म जान्छु डेरातिर । रवीले मलाई छड्के नजरले हेरेको थियो मन्द मुस्काएको थियो । मैले ऊतिर हेरिन । उसले म कामवश यहाँ आएको हुँ । यही होटलको माथि बसेको छु, जाऊ न माथि भन्यो र सिंढी चढ्यो । मलाई पनि सुष्माले हातमा समाती र माथि लगी । साँझको पाँच बजिसकेको थियो । मेरो मन पढाई छुटेकोमा पिरोलिएको थियो तर सुष्मा रविसँग गफ गर्नमा व्यस्त थिई । यसैबीच केही खानेकुरा आयो सायद पहिले नै अर्डर रहेछ क्यारे । मलाई पनि एउटा प्लेटमा खाने कुरा दिइयो । सबैसँगै म पनि खान थालँें । त्यति खेरसम्म साँझको सात बजिसकेको भित्ते घडीमा मैले देखेंँ । फेरि सुष्मालाई भने जाउँ घर । ऊ पख न पख भन्दै गई । त्यतिखेरसम्म मलाई निद्राले छोप्लाजस्तो भयो, फेरि डेरामा जाने कुरा दोहो¥याएँ । उसले भनी, ‘तिमीलाई निद्रा लाग्यो भनें यही यसो पल्ट न । जाने बेलामा म उठाउँला ।’ म आज्ञाकारी छात्रजस्तै त्यसै गरेंँ ।
जब मेरो निन्द्रा खुल्यो भित्तातिर आँखा दौडाएंँ । घडीमा सात बजिसकेको थियो । अनि मैले आफू सुत्दा पनि सात बजेको सम्झेंँ । यो साझै हो कि बिहान मैले केही बेर छुट्याउन सकिन । शरीरबाट सिरक हटाए । शरीर थाकेजस्तो लाग्यो । यताउता हेरें आफ्नो कोठा नभएको बल्ल थाहा पाएँ । जुरुक्क विस्तराबाट उठें, शरीर सर्वांग नांगो पाएँ । कपडा छरपष्ट बिस्तरामा थिए । हत्तपत्त कपडा तानेर लगाएँ । पर्दामा घामका किरणहरु देखिए । बल्ल मैले आफू लुटिएको थाहा पाएँ । सुष्माको योजना बल्ल मेरो सम्झनामा आयो । म आफु गलत सङ्गतमा पुगेछु भन्ने लागेर आफैलाई धिक्कारें । म निकै रोएँ । जोडले चिच्याएँ सुष्मा... ।
मेरो आवाज सुनेर होटलको मान्छे आयो र भन्यो– उनीहरु सबेरै गइसके । तपाईलाई यसैगरी यही कोठामा आउन बाध्य पारेर ।
मेरो शरीर लगलग काँप्न थाल्यो । कोठा फनफन घुमेको महसुस मैले गरेँ । चारैतिर अँध्यारो देख्न थालें । सुष्मालाई सराप्नसम्म सरापेंँ । अनि आफ्नो अज्ञानताप्रति रिसाएँ । के नै हुन्थ्यो र ? के गरु कसो गरुँ कुनै बाटो पाइन अनि जुरुक्क उठेंँ । मेरा पाइलाहरु होटलको सिंढीतिर लागे अनिश्चित भविष्यतिर ।
जाँदै मैले सोचें, अब म त्यसै बस्नेवाला छैन । साथी बनेर साथीलाई नै धोका दिने धोखेवाजहरुका विरुद्ध लाग्नेछु । त्यसलाई पनि म त्यसै छाड्ने छैन ।
म जस्ता कति युवतीहरुलाई यस्तै नरभक्षी पिचासहरुका फन्दामा पारी होला उसले । कैयौंँ सोझा–सीधा युवतीहरुलाई साथी बनी बनी गलत दिशातिर धकेलिदिएर पैसाको मुठ्ठा समाई होला । अब म उसलाई त्यसै छाड्दिनँ । साथि बनेर झुक्याउने ब्वाँसाहरुलाई म त्यसै छाड्दिनँ । समाजका सीधासादा युवतीहरुलाई सचेत पार्ने काममा लाग्नेछु । यही अठोटका साथ उसका पाईलाहरु आफ्नो लक्ष्यतिर अघि बढे । त्यसपछिका दिनमा सुष्मा मेरो डेरातिर देखिन छाडी । म भने उसलाई जसरी पनि सजायं दिलाउन उसलाई खोज्दै हिड्न थालेंँ ।
मेरो कुरा सुनेर सुष्माले भनी, ‘अँ तैले मात्र पढेकी छस् र ? दुनियाँले पढेका छन् । सबैले मनोरञ्जन पनि गर्छन् पढ्छन् पनि । पास पनि हुन्छन् । फेरि सिनेमा हेर्नलाई तँसँग कसले पैसा मागेको छ र ? मैले नै टिकट काट्छु । साथी मात्र न जाउँ भनेको हो । हिंड्न जाउँ–उसले भनी ।’ सुष्मा सुखदुःखकी साथी जस्तै भएकी थिई । हामीबीच हाँसो, ठट्टा–मजाक सबै हुन्थ्यो । उसले बेलाबेलामा जिस्काउने पनि गर्थी । म पनि उसको जिस्काइलाई मनमनै आनन्द मान्दै स्विकार्थे र बाहिरी रूपमा धत् भन्दै गाली गर्थे ।
(जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा प्रकाशित पुस्तक ‘रसाएका आँखा’बाट)