सनिउल्ला धोबी
कपिलवस्तु । मधेस अन्दोलनले सधै अशान्त बनेकाे चोक चौराहा अहिले भने शान्त छ । सधैै टायर बालेर अन्दोलन गर्दै पाटी विरोधी नारा लगाउने कार्यकर्ता भेला हुने ठाउँमा विकास निर्माणका कुरा हुने गरेका छन् ।
दोस्रो जनआन्दोलन लगत्तै २०६३ माघमा मधेसमा ठूलो आन्दोलन भयो । मधेस मूलका जनताले सदियौंदेखि आफूहरु राज्यको उत्पीडनमा परी आफ्नो अधिकार सुनिश्चित नहुन्जेल आन्दोलन नरोक्ने भन्दै आन्दोलन चर्काएका थिए । पटक–पटक महिनाैँसम्म मधेसमा आन्दोलन चल्यो ।
आन्दोलनमा ५० जनाभन्दा बढी मधेसेका युवाले बलिदान दिए । मधेश अन्दोलनको समयमा कपिलवस्तुको तौलिहवा, पकडी, लवनी, महाराजगंज, बहादुरगंज, चन्द्रौटा र कृष्णनगर लगायतको क्षेत्र प्रभावित भयोे । तत्कालिन मधेशी दलका नेता तथा कार्यकर्ताहरु दिन भारी चौराहामा बसेर अन्दोलन सफल पार्न जुटेका हुन्थे ।
मधेस अान्दोलन शुरुवात भएको १२ वर्ष पुगेको छ । मधेश अन्दोलनबाट मधेशीको हक अधिकार स्थापित भएको तत्कालिन मधेश अन्दोलनका अगुवा सतिस चन्द्र गुप्ताले बताउनुहुन्छ । १२ वर्षभित्र पटक–पटक आन्दोलन भइसकेको तराई र मधेशका जनताले पहिचान पाएको बुद्धिजीवीहरुको धारणा छ ।
मधेसका जानकार कृष्ण कुमार चौधरी मधेस आन्दोलनपछि धेरै परिवर्तन आएको बताउनुहुन्छ । उहाँको भनाइलाई आधार मान्ने हो भने ‘मधेसको पहिचान राजनीतिक र संविधान’मा पनि स्थापित भइसकेको छ ।मधेस आन्दोलन राष्ट्रिय पहिचान, सामाजिक न्याय, स्वाभिमान र राज्यका विभिन्न तहमा उचित अवसर प्राप्तिका लागि मधेस मूलका जनताले स्वतस्फुर्त रुपमा गरेको आन्दोनलले अहिले शान्ति छाएको छ ।
मधेस जनविद्रोह भएको १२ वर्षपछि अहिले मधेशमा स्थिरता आएको छ । मधेशी जनताको जीवनस्तरमा समेत परिवर्तन आएको छ । मधेशी आन्दोलनका क्रममा ज्यान गुमाएहरुको सम्झनामा सिरहाको लहानमा माल्याअर्पर्ण गर्ने कार्यक्रम छ ।प्रदेश २ सरकारले मधेशको आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत वितरण गर्देछ ।
त्षसबेला राष्ट्रिय जनता पार्टी (राजपा)ले पार्टी कार्यालय बबरमहल अर्थात मधेस भवनमा बलिदानी दिवस मनाउने कार्यक्रम छ । तराई मधेश राष्ट्रिय परिषद्ले शनिबार बेलुकी माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।