काठमाडौं । संगीतकार मनराजा नकर्मीको एकल साँझ भव्यताका साथ सम्पन्न भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको एकल साँझमा नकर्मीद्वारा संगीतबद्ध २१ उत्कृष्ट गीतहरु प्रस्तुत गरिएका थिए । ३ दशक लामो सांगितिक यात्रापश्चात् गरिएको नकर्मीको एकल साँझमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना वाद्यवादकहरुका साथमा लोकप्रिय गायक गायिकाहरुले नेपाली तथा नेपाल भाषाका गरी करिब २१ उत्कृष्ट गीतहरु प्रस्तुत गरेका थिए ।
नकर्मीद्वारा संगीतबद्ध दुर्गालाल श्रेष्ठ, भीमबहादुर नकर्मी, डा. रामविक्रम सिँजापति, डा. कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की, डा. दीर्घ्सिंह बम, आनन्दरत्न बज्राचार्य, डा. सुनलाल थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका रचनाहरु मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनबहादुर गोपाली, जुजुकाजी रन्जित, स्वयम्भूराज शाक्य, निशा देसार, टीका प्रसाइँ, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बू, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरीता शाही, मेनुका पौडेल र प्रकाश तिमल्सिनाले प्रस्तुत गरेका थिए । सोहि कार्यक्रममा संगीतकार नकर्मीकी सुपुत्री नायिका आशिष्मा नकर्मी सहितका कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।