काठमाडौं । पछिल्लो समय नेपाल बाल यौनदुराचारीहरुका लागि सुरक्षित थलो बन्दै गइरहेको छ । नेपालमा पर्यटक भिसामा आउने, गाउँघर र गरिब बस्तीमा सजिलै पुग्न सकिने वातावरणको फाइदा उठाउँदै बाल यौनदुराचार बढेको छ । गरिबका छोराछोरीलाई काठमाडौं ल्याएर पढाइदिन्छु भन्ने विदेशी नागरिकहरुले बालिका मात्र होइन, बालकमाथि पनि यौनदुराचार गरेका घटना धमाधम सार्वजनिक हुन थालेको छ । केही पैसामा अभिभावक मनाएर बालबालिका शहर पठाउने अभिभावकहरुले अब गम्भीर भएर सोच्ने बेला भएको छ ।
यौन दुराचारी पक्राउनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाल यौनदुराचार आरोपमा बेलायती नागरिक पक्राउ गरेको छ । काठमाडौंको कालीमाटी–१३ स्थित मथुरी सदनमा अपार्टमेन्ट नै भाडामा लिएर बसेका ५० वर्षीय इयान रोबर्ट कउल शनिबार बिहान ४ बजे समातिएका हुन् । उनी ३ नेपाली बालकसहित पक्राउ परेका हुन् । उनले यौन दुराचार गरेको आरोप छ । उनलाई यो काममा सघाउने २ नेपालीसमेत समातिएपछि एउटा डरलाग्दो घटना सार्वजनिक भएको हो ।
को हुन् कउल ?सिआइबीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुअघि नै इयान रोबर्ट कउलबारे अनेक अपराध खबर बाहिर आएका छन् । कउल ३ पीडित बालक र २ सहयोगीसहित समातिएकै थिए । बाल यौन दुराचार र अप्राकृतिक मैथुन आरोपमा समातिएका उनको काम भने समाजसेवा नै देखिएको छ । गाउँघर पुगेर नेपाली बालबालिकालाई पढाउने नाममा काठमाडौं ल्याउने अपार्टमेन्टमै राखेर अप्राकृतिक मैथुन गर्ने उनको आदत नै देखिन्छ ।
अठारौँ पटक नेपाल आएका थिएइयान रोबर्ट कउल १८ औँ पटक नेपाल आउँदा पक्राउ परेका हुन् । सिआइबीले उनीमाथि थप अनुसन्धान यस अर्थमा गरिरहेको छ कि, उनलाई पक्राउ गर्न इन्टरपोलमा सूचना मात्र थिएन । बेलायत प्रहरीले कउल नेपाल भएको र उनलाई पक्रेर बेलायत पठाउन पत्राचार पनि गरेको थियो । यही क्रममा खोज्दा कउल नेपालमा अप्राकृतिक मैथुनमा सरिक भएको पाइएको हो ।
अश्लील भिडियो निर्माण सञ्जालसिआइबीले छानबिन गरिरहेका कउलको अन्तर्राष्ट्रिय सञ्जाल रहेको पाइएको छ । उनले विभिन्न देशमा आफ्नो सम्पर्कसूत्र बनाएका छन् । यौन दुराचार र अप्राकृतिक मैथुनमात्र होइन, उनले डिभाइस जोडेर अन्तर्राष्ट्रिय यौन दुराचारी सञ्जालमा नेपाली बालकको अश्लील भिडियो पनि पठाइरहेका थिए । गरिब अभिभावकलाई केही पैसा दिने, बालबालिकालाई काठमाडौंमा सुखसुविधामा राख्ने आवरणमा उनले गरेको धन्दा अरु डरलाग्दो भएकाले सिआइबीले अदालतबाट म्याद थपेर अनुसन्धान जारी राखेको छ । अरु देशका यौन दुराचारीलाई नेपाल ल्याउने काम पनि कउलले गरेको आशंका छ ।
यो नवौँ मुद्दा होसिआइबीमा बाल यौनदुराचारमा विदेशी नागरिक जोडिएको यो नवौँ मुद्दा हो । यसअघिका मुद्दामा विदेशी नागरिक सामान्य ढंगमा जोडिएका थिए । उनीहरुले गरिबीको फाइदा उठाएर यौन दुराचार गरेका थिए । तर यसपटक पक्राउ परेका कउलको घटनाले नेपाल पेडोफिलियास्थल बन्दै गइरहेको पुष्टि मात्र गरेको छैन । इन्टरपोलमै सूचना जारी भएका व्यक्तिले नेपालमा बालकमाथि गरिरहेको अप्राकृतिक यौनदुराचारको घटनासँगै अश्लील भिडियो निर्माण र अन्तर्राष्ट्रिय सञ्जालसमेत निर्माण गरेको घटना खुलासा भएको छ ।
के हो पेडोफिलिया ?सामान्य भाषामा भन्नुपर्दा ‘पेडोफिलिया’ एक प्रकारको बालयौनाकर्षण हो । पेडोफिलिया विशेष गरेर यौवनावस्थामा प्रवेश नगरेका वा भर्खरै यौवन अवस्थामा पुगेका बालक वा बालिका वा दुवै बालबालिकाप्रति हुने यौनअभिरुचि या हिंसा हो । परिभाषामा केही विवाद भए पनि वास्तवमा पेडोफिलिया भन्नाले बालबालिकाप्रतिको यौन परिकल्पना र उनीहरुप्रति देखाइने यौन व्यवहारहरू नै भन्ने नै बुझिन्छ ।
यस्तो व्यवहार भएका व्यक्तिले बालबालिकाको रुचि तथा आवश्यकतालाई ध्यानले हेरिरहेका हुन्छन् र उनीहरूको आवश्यकता परिपूर्ति गर्न सक्दो प्रयास पनि गर्छन् भन्ने यौन शिक्षा विशेषज्ञहरुको बुझाई छ । यस्तो यौन चाहना हुने मानिसहरूले ससाना बालबालिकालाई पनि यौन दुर्वव्यवहार गर्दछन् ।
ससाना नानीहरुलाई काखमा लिइ संवेदनशील अंगहरू छोएर वा चलाएर या छुन लगाएर या यौनसम्पर्क राख्ने जस्ता क्रियाकलाप त्यस्ता व्यक्तिले देखाउने व्यवहारमा पर्छन् । यस्तो प्रकारको यौन व्यवहार गर्ने व्यक्तिहरू विशेष गरी सँगै बस्ने परिवारका सदस्य, आफन्त, छिमेकी नै सबैभन्दा बढी हुने गरेको अध्ययनहरूले पनि बताएको छ ।
नाम: IAIN ROBERT COLE उमेर: ५० वर्षस्थायी ठेगाना: UNITED KINGDOM राहदानी नं: 511123659