काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा फरक प्रचार शैलीका कारण बहुप्रतिक्षित चलचित्र हो बुलबुल । चलचित्र घोषणा र फस्र्ट पोष्टर लुक्स सार्वजनिकदेखि नै नायिका स्वस्तिमा खड्काको हालसम्मकै उत्कृष्ट भूमिका रहेको भनिएको निर्माण टिमको ‘फ्लासमोब शैली’मा पहिलो गीत ‘खुद्राखाद्री माया’ रिलिज गरेको थियो ।
लगत्तै छोटो, रमाइलो टिजर क्रमशः सार्वजनिक गर्दै आएको निर्माण युनिटले टिजरहरुबाट चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुषाललाई रनकला र चोपेन्द्रको भूमिकामा दर्शकमाझ परिचित गराइसकेपछि चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ ।
विनोद पौडेलको निर्देशन रहेको चलचित्र बुलबुललाई अविरल थापा, भीम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेले निर्माण गरेका हुन् । स्वस्तिमा खड्का, मुकुन भुषालका अलावा बुद्घि तामाङ, जोयस पान्डे, लक्ष्मी बर्देवा, उज्वल अधिकारी, दीपक क्षेत्री, एलिना कार्कीको समेत अभिनय छ ।
चलचित्रमा टेम्पोचालक स्वस्तिमा खड्काको जीवनका उतारचढावलाई रोमाञ्चक ढंगबाट देखाइएको निर्माता अबिरल थापा बताउँछन् ।
लाइमलाइटकी नायिका स्वस्तिमा खड्काको फरक रुप, भाषाशैलीले चलचित्र प्रतिक्षित त बनेको छदैँछ । त्यसमाथि निर्माण टिममा चलचित्र विषयमै डिग्री होल्डर व्यक्तित्व भएकाले कस्तो चलचित्र निर्माण गरेको छ त भनेर सबैको चासो बढेकाले चुनौति बनेको निर्माता थापा स्वीकार्छन् । निर्माता थापा स्वयम् आमसञ्चारमा स्नातकोत्तर अध्यापन गराइने पोलिगन कलेजका प्रबन्ध निर्देशक हुन् । निर्देशक तथा लेखक विनोद पौडेल चलचित्र विषयको अध्यापन गराइने ओस्कर इन्टरनेसनल कलेजका प्रबन्ध निर्देशक हुन् । जसले चलचित्र बुलबुलबाट निर्देशकीय डेब्यु गर्दैछन् । यसअघि चलचित्र विश्लेषकहरुद्वारा प्रशंसित चलचित्र साँघुरो विनोदले नै लेखेका हुन् । चलचित्रबाट डेब्यु गरिरहेका कलाकार मुकुन भुषालले ओस्कर इन्टरनेसनल कलेजबाट स्नातक गरी भारतबाट अभिनयमा स्नातकोत्तर गरेका छन् । चलचित्र साँघुुरोका निर्देशक जोेयस पाण्डे चलचित्र बुलबुलमा कलाकारका रुपमा देखिँदैछन् ।
चलचित्रको प्रचारप्रसारले तिब्रता लिईरहदा नायिका स्वस्तिमा खड्काको उपस्थिती किन नदेखिएको भन्ने प्रश्नमा उनि भारतमा एक चलचित्रको छायांकनको क्रममा रहेको र छिटै नेपाल फर्किएर प्रमोशनमा सामेल हुने निर्माण टिमले जनाएको छ । जनता टेलिभिजनको एक कार्यक्रम सेलिब्रटी किचनमा चलचित्र प्रमोशनको लागि आएका निर्माता अबिरल थापाले चलचित्रसम्बन्धी विविध जानकारी दिँदै एउटा परिकारसमेत बनाएका थिए । चलचित्र फागुन ३ गते अलनेपाल रिलिज हुँदैछ ।
https://youtu.be/q9ROBPk2q3I