अस्मिता रिजाल जनता टेलिभिजनकाठमाडौं । आधुनिक समाजको व्यस्तता भनौँ या मानवीय संस्कारको परिमार्जन । आफैँलाई जन्म दिने बाबुआमा पनि उपेक्षित भएर पराइको शरणमा पु¥याइएका उदाहरण धेरै छन् । फेरि यही समाजमा केही यस्ता केही त्यागी मनहरु भेटिन्छन्, जो सेवालाई रगतको नाता भन्दामाथि राखेर समाज परिवर्तनमा लागिपरेका छन् ।
https://www.youtube.com/watch?v=hC2Y_UUvpHM&t=7s
जब, मानिस बेवारिसे बन्छ, उसको न जीवनको ठेगान हुन्छ, न मरणको । एकलासतिरको मरण वन्यजन्तुको आहार, शहरतिरको मरण सडकमै बिस्याहार । कतै सुरक्षकर्मीको फेला परिहाले मूर्दाघरसम्मको बास फेरि उही डम्पिङ साइट या यस्तै–यस्तै ।
विनयजंग बस्नेत, उनै मनकारीको पर्याय नाम हुन् । जसले बेवारिसे शव अन्त्येष्टि गर्ने कामलाई आफ्नो कर्म बनाएका छन् । विनयको ध्यान र मन यही कामका लागि हरदम तत्पर छ, चार वर्षदेखि ।
यसरी शुरु भएको विनयको समाजसेवी यात्राले तीव्र गति लिएको छ, हरेक शवसँग शोकाकुल बन्दै । कुनै समय आफ्नै परिवारको विश्वास गुमाएका विनयलाइ साथ दिन हजारौँ सहयात्री आइपुगेका छन्, यतिखेर ।
https://www.youtube.com/watch?v=hC2Y_UUvpHM&t=7s
वर्षको अवधिमा विनयले १ सय ५० शवको अन्त्येष्टि गरे । उनको समाजसेवाको दायरा यतिमै सीमित छैन । दुव्र्यसनीविरुद्ध परामर्श दिने, दुव्र्यसनहरुलाई उद्धार र उपचार गर्ने अनि परिवारसँगको पुनर्मिलन गराउनेजस्ता सामाजिक काममै समर्पित छ, विनयको जीवन । आफ्नो कामलाई वैधानिक रुप दिन एक्सन फर सोयियल चेन्ज संस्था स्थापना गरे । तर, कुनै विदेशी निकायसँग सहयोगका लागि हात फैलाएनन् ।
https://www.youtube.com/watch?v=jzIRKPdrQG0&t=6s
सहयोगी मनहरुले उनको काममा काँध थाप्ने गरेका छन्, बाँकी आफ्नै फराकिलो मन त छँदै नै छ ।
समाजसेवाका थुप्रै आयाममध्येका निकै जटिल अनि नेपाली समाजसँग अति निष्ठ रुप हो विनयको यो कार्य । जो त्यागी मन र बलियो आँट हुनेहरुसँगबाट मात्रै सम्भव भएको छ सायद ।
https://www.youtube.com/watch?v=hC2Y_UUvpHM&t=7shttps://www.youtube.com/watch?v=jzIRKPdrQG0&t=6s