यो राशिफल माघ १३ गतेदेखि १९ गते सम्मको हो ।
मेषः पारिवारिक जमघट हुनेछ । यात्रामा सुख पाइनेछ । साताको मध्यमा काममा ढिलासुस्ती, मित्रबाट धोका एवम् स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा वैदेशिक कामबाट फाइदा एवम् धार्मिक रुचि तथा सामाजिक काममा व्यस्त भइनेछ ।
वृषः आपसी वैरभाव टुंगिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको मध्यमा वैवाहिक सुख एवम् दाम्पत्य सहयोग रहनेछ । व्यावसायिक यात्राको योग देखिन्छ । साताको अन्त्यमा अपमान हुनसक्ने, भोजनमा गडबडीले स्वास्थ्यमा समस्या आउनेछ ।
मिथुनः बौद्धिक कामबाट फाइदा मिल्नेछ । सन्तानको सहयोगले काम बन्नेछ । आम्दानी हुनुका साथै स्वास्थ्यमा पनि सुधार आउनेछ । मुद्दामामिलामा फाइदा मिल्नेछ । घरका ठूलाबडालाई स्वास्थ्यमा समस्या एवम् साताको अन्त्यमा भने यात्रामा अवरोध हुनसक्नेछ ।
कर्कटः चिसोको असरले समस्या पर्नेछ । घरायसी सल्लाह नमिल्नाले तनाव बढ्नेछ । साताको मध्यमा भने आर्थिक सहयोग पाइनेछ । विद्यामा सफलता एवम् अन्त्यमा वादविवादमा पर्न सकिनेछ । काम बिगार्नेहरु सक्रिय हुनेछन् ।
सिंहःछोटो यात्रा हुन सक्नेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम् स्त्री समूहसँग सम्बन्ध बिग्रिनेछ । अन्त्यमा नयाँ काम शुरु हुने योग छ । बुद्धिले सही निर्णय लिनेछ ।
कन्याः बोलीको प्रभावले काम बन्नेछ । जीवनसाथीसँग मनमुटाव रहनेछ । दिदी बहिनीबाट सहयोग पाइनेछ । सन्तानको स्वास्थ्यमा समस्या एवम् साताको अन्त्यमा भने पारिवारिक विवाद बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
तुलाः दौडधुप बढी हुनेछ । जिम्मेवारी थपिनेछ । अधूरा काम बन्नेछन् । साताको मध्यमा भने कुटुम्ब भेटघाट रहनेछ । आकस्मिक धन लाभको योग छ । पेटको समस्याले सताउनेछ । साताको अन्त्यमा छोटो यात्रा एवम खर्च बढ्नेछ ।
वृश्चिकःपैसाको अभाव रहनेछ । बढी खर्च हुनुका साथै दाँतको समस्या आउनेछ । बोलीका कारण शत्रुता बढ्नेछ । साताको मध्यमा अधूरा काम बन्ने एवम् आफन्तबाट धनको सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा खर्च एवम् साथीभाइ भेटघाट हुनेछ ।
धनुः धनको जोहो बढ्नेछ । घरायसी समस्या बल्झिनेछ । पेटको समस्याले सताउनेछ । साताको मध्यमा अनावश्यक खर्च हुनेछ । चिन्ता बढ्ने एवम् बीचैमा काम रोकिनेछ । साताको अन्त्यमा व्यस्तता बढ्ने एवम बिलासितामा खर्च हुनेछ । दाम्पत्य प्रेममा सुधार आउनेछ ।
मकरः रिस, आवेग बढ्नेछ । आँखा एवम् टाउकोको समस्याले दुःख दिनेछ । साताको मध्यमा आर्थिक सहयोग पाइनेछ । मानसम्मान बढ्ने एवम् रोजगारीको अवसर मिल्नेछ । साताको अन्त्यमा पारिवारिक झैझगडा एवम शंकाले वैमनस्यता रहनेछ । यात्रामा बढी खर्च हुनेछ ।
कुम्भः भाग्यले साथ दिनेछ । रोजगारीको अवसर मिल्ने एवम् सरकारी पक्षबाट फाइदा पाइनेछ । बोलीका कारण शत्रुता बढ्नेछ । साताको अन्त्यमा व्यापार व्यवसायमा फाइदा, सन्तानको प्रगति एवम स्वास्थ्यका लागि थोरै खर्च हुनेछ ।
मीनः स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । झुटा आरोप आउन सक्नेछ । काम बिगार्नेहरु अघि सर्न सक्नेछन् । चोटपटकको भय देखिन्छ । साताको मध्यमा भाग्यले साथ दिने, धार्मिक रुचि बढ्नेछ । साताको अन्त्यमा भने राजनीतिक फाइदा मिल्ने एवम् काममा जस मिल्नेछ ।
प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४