काठमाडौं । सरकारका विरुद्ध आन्दोलन र नाराबाजी गरिरहेका प्रदर्शनकारी पक्राउ परेका छन् । वाइडबडी प्रकरण, अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग, निर्मला पन्तको न्यायलगायतका माग राख्दै आन्दोलनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका हुन् ।
बुधबार दोस्रो धर्ना प्रदर्शनमा प्रहरीले ९ जना महिलासहित ३२ जना अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि आयोजित धर्ना प्रदर्शनबाट प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाललाई पक्राउ गरेको छ ।
त्यस्तै अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आर सी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम, अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिम बहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा, सुजन पुडासैनीलाई गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।