काठमाडौं । फागुन २ गते अर्थात् फेब्रुअरी १४ तारिखमा हरेक व्यक्तिले आफ्नो प्रेमी वा प्रेमिका मिलोस् भन्ने चाहना हुन्छ । यति तपाईँहरु पनि आफ्नो मनमा यस्ता चाहना पालेर बस्नुभएको छ भने आफ्नो राशीअनुसार प्रेम अभिव्यक्त गर्न सक्नुहुन्छ । यस वर्षको प्रणय दिवस कुन राशीका लागि कस्तो रहनेछ ? र कुन राशीका मानिसहरुको स्वभाव कस्तो हुन्छ ? भन्ने विषयमा जानकारी गराउदैछौँ ।
मेष : ज्योतिष शास्त्रका अनुसार मेष राशिका मानिसहरु स्वाभिमानी हुन्छ । यो राशीका मानिसहरु आफ्नो प्रेमको बारेमा मन खोलेर कुरा गर्ने गर्छन् ।
वृष : यो राशिका मानिसहरु भौतिकवादी हुन्छन् । यिनीहरु संख्यामा भन्दा पनि गुणस्तरमा विश्वास गर्ने किसिमका हुन्छन् । यस्ता मानिसहरु सुन्दरता भन्दा बढी मानवीय गुणतर्फ बढी ध्यान दिन्छन् ।
मिथुन : यो राशिका मानिसहरु शान्त स्वभावका हुन्छन् । यो राशिका मानिसहरु हरेक कामलाई आफ्नो पुरा उर्जाको साथमा गर्छन्। यी राशिका मानिसहरु आफ्नो हरेक काममा नयाँपन चाहिन्छ ।
कर्कट : कर्कट राशिका मानिसहरु भावुक स्वभावका हुन्छन् । यो राशिका मानिसहरुलाई पुरानो यादहरु समेटिएको केहि उपहार दिदाँ एकदमै खुशी हुन्छन् ।
सिंह : यो राशिका मानिसहरुले आफ्ना अगाडी अरु कसैले भनेका कुरा पनि सुन्दैनन् । यी राशिका मानिसको मुड ठिक बनाईराख्नको लागि यो वर्षको प्रणयदिवसमा केहि नयाँ सोच्नु जरुरी देखिन्छ ।
कन्या : यो राशिका मानिसको चाहना अलिक अनौठो किसिमको हुन्छ । यिनीहरुले कुनैपनि कुरा सजिलै मनपराउँदैनन् तर तपाईँ यिनीहरुलाई एउटा ग्रीटिङ कार्ड दिएर पनि प्रेमप्रस्ताव राख्न सक्नुहुन्छ ।
तुला : यो राशिका मानिसले यदि कसैलाई प्रेमप्रस्ताव राख्दै हुनुहुन्छ भने अर्को ब्यक्तिलाई तपाईको बारेमा बलियो भरोसा दिलाउनुहोस् । यसो गर्नाले सम्बन्धलाई सधैँ रोमान्स भइरहन्छ ।
वृश्चिक : यो राशि भएका मािनसहरुले कसैलाई प्रपोज गर्नुअघि सम्हालिनु जरुरी छ । प्रणय दिवसको दिन यी राशि भएका मानिसहरुले कसैलाई प्रेम प्रस्ताव नराख्दा नै उचित हुन्छ ।
धनु : यो राशिका मानिसहरुले प्रणय दिवसमा आफ्नो साथीलाई डिनर डेटमा लगेर प्रेमप्रस्ताव राख्नु उत्तम छ ।
मकर : यो राशिका मानिसहरुले यस पटकका प्रणय दिवसमा साथी बन्ने प्रस्ताव राख्दा मात्र उचित हुने देखिन्छ । समयसँगै साथीको सम्बन्ध प्रेममा बदलिन सक्ने सम्भावना छ ।
कुम्भ : यो राशिका मानिससँग भित्री मनको कुरा बाहिर ल्याउनु त्यति सहज छैन । यो राशिका मानिसहरुलाई प्रेम प्रस्ताव राख्दा उनीहरुको बानीको बारेमा बुझ्नु अत्यन्त जरुरी छ ।
मीन : यो राशिका मानिसहरु एकदमै भावनात्मक हुन्छन् । मधुरो संगीतमा डिनर डेटमा लगेर यी राशिका मानिसहरुलाई प्रेमप्रस्ताव राख्न सकिन्छ ।