हिमलाल पराजुलीस्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समजदारी विना देशको विकास सम्भव नरहेको बताउनु भएको छ । आज स्याङ्जाको वालिङमा सातौँ वालिङ महोत्सव २०७५ एवं गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले अहिलको परिर्वतन सहमती र सहकार्यबाट मात्रै सम्भव भएको बताउदै सरकार सहमती र सहकार्यका साथ अगाडी बढ्ने बताउनु भयो ।
सरकारले केही पनि गरेन भन्ने कुरा साचो नभएको बताउदै सरकार छिमेकीहरु संग सन्तुलित नीतिका साथ अगाडी बढेको बताउदै सरकरले चिन संग गरेको सम्झौता निकै महत्वपुर्ण भएको बताउदै अब नेपाल भुपरिवेष्टित नभइ भुजडित मुलुक भएको बताउनु भयो । पार्टीको एउटै मात्र लक्ष्य समृद्धि र विकास भएकोले सरकार र पार्टी प्रतिपक्ष लगायतका दलहरु संग सहकार्य गरेर अगाडी बढने बताउनु भयो । १२ बुदे सम्झौता संगै धेरै चुनौतीको सामना गररे याहा सम्म आएकोले आफ्नो एउटै मात्र उद्देय देशको विकास र जनताको समृद्धि भएकोले आफ्नो बाकी जिवन यसकै लागि सदुपयोग गर्ने बताउनु भयो ।
मुलुक राजनीतिक परिवर्तन मात्रै नभएर सिष्टमको समेत परिवर्तन भएकोले नयाँ संविधानले गणगत गरेको बताउनु भयो । निजी क्षेत्रको सहयोग विना देशको विकास सम्भव नरहेकोले सरकार र आफ्नो पार्टी निजि क्षेत्र संग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो । सरकारले निजि क्षेत्रको लगानी सुरक्षित गर्न प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा भूमी व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पदमा अर्यालले स्याङ्जाको म्रग विकासको लागि आफुले पहल गर्ने बताउदै सिद्धार्थ राजमार्गको विस्तारका लागि चिन सरकार संग कुरा भइरहेको बताउदै छिट्टै निष्कर्षमा पुग्ने बताउनु भयो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार प्रतिपक्षलाई बेवास्ता गरेर अगाडी बढे पनि कांग्रस जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत भएको बताउनु भयो । बुढि गण्डकी सरकार आफैले नबनाएर चिनिया कम्पनीलाई जिम्मा दिने कार्यले गर्दा सरकार विकास प्रति जिम्मेबार नभएको आरोप लगाउनु भयो । अब सरकारर्ला अल्मलीने छुट नभएको बताउदै नेपाली कांग्रेस सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भयो । नेपाल उद्योग वाणिज्य महासंका पुर्व अध्यक्ष चण्डी राज ढकालले सरकारले निजि क्षेत्रका माग प्रगि गम्भीर हुन आग्रह गर्नु भयो । निजि क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।
प्रत्येक दुइ दुइ वर्षको अन्तरालमा वालिङ उद्योगवाणिज्य संघले आयोजना गर्दै आए पनि यस पटकको सातौं महोत्सव भने वालिङ उद्योगवाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयो जनामा गरिएको हो । १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा ४ सय बढि स्टल रहेका छन् भने १५ करोड भन्दा बढीको व्यापारिक कारोबार गर्दै ५ लाख बढी दर्शक भित्र्याउने लक्ष्यरहेको वालिङ उद्योग बाणिज्य संका अध्यक्ष एवं महोत्सव आयोजक मुल समितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो ।
महोत्सव व्यवसायिक चेतना अभिवृद्धि गर्ने, उत्पादक र उपभोक्ताहरुबीचको सम्बन्ध अभिबृद्धि गर्ने, हस्तकला व्यवसायको खोजी तथा प्रर्बद्धन गर्ने, कृर्षीउजको प्रर्बद्धन गर्र्नेे, आन्तरिक एवं बाह्य पर्यटन प्रर्बद्धन गर्ने, लोक संस्कृतीको जर्गेना गर्ने, सूचना प्रविधिको ज्ञान दिनेलगायतका उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । भने प्रादेशिक ओद्योगिक व्यापार मेला, कृषि सामाग्री, पशुपंक्षी प्रदर्शनी, पर्यटन मेला तथा फोटो प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, राट्रिय कलाकारको प्रस्तुती, स्थानीय उत्पादन तथा हस्तकला प्रदर्शन, सूचना प्रविधि तथा शैक्षिक सामाग्री एवम् पुस्तक प्रदर्शनी, बाल उद्यान, प्याराग्लाईडिङका साथै आँधिखोलामा निर्माण गरिने तालमा जलयात्रा लगायतका मेलाका मुख्य आकर्षणहरु रहेका छन् । यस वर्ष महोत्सवमा बिभिन्न प्रजातीका जनावरको तस्वीर समेतको अवलोकन गर्न पनइने भएको छ । विद्यार्थीले परिचयपत्रका आधारमा ७० रुपैयाको टिकट काटेर महोत्सवको अवलोकन गर्न पाउने छन भने अन्यको लागि १ सय रुपैयाको टिकट लाग्ने आयोजकले जनाएको संस्थाले जनाएको छ ।
महोत्सव सम्पन्न गर्न १ करोड ५० लाख ५१ हजार १ सय ११ रुपैँया खर्च हुने संघले जनाएको छ । ६० लाख बचत गर्ने लक्ष्य रहेको महोत्सवमा प्रति टिकटको ५ रुपैँया व्यवसायिक हितकोषमा जम्मा गर्ने, प्रति टिकटको १ रुपैँया खेलमैदानको व्यवस्थापन गर्ने र बचत रकमबाट निर्माणधीन बहुउद्देश्यीय सामुदायिक भवनको विकास र नयाँ सचिवालय भवन निर्माण गर्ने संघले जनाएको छ ।