मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन खोजिरहेको दावी गरिएपनि वास्तविक लोकतन्त्रको प्रत्याभुती हुन नसकिरहेको भन्दै विभिन्न टिकाटिप्पणीहरु सुनिन थालेका छन् । शासन व्यवस्थाको नाम लोकतन्त्र भएतापनि नागरिकको जीवनमा कुनै सुधार हुन नसकेको जस्ता विश्लेषणहरु पनि एकपछि अर्को थपिँदै गएका देखिन्छन् । खासगरी नेपालबाट सामन्तवादी राज्यव्यवस्थाको अन्त्य गरिएको भनिएपनि व्यवहारमा सामन्तवाद झन झाँगिदै गएको निष्कर्श छ – युवा लेखक सुदर्शन अर्यालको । लेखक अर्यालद्धारा लिखित “लोकतान्त्रिक सामन्तवाद” पुस्तकले उठाउन खोजेका विषय र विविध सैद्धान्तिक पक्षमा केन्द्रित रहेर जनता समाचारकालागि नरेश न्यौपानेले गर्नुभएको संक्षिप्त कुराकानीः–
आ–आफ्नो ठाउँबाट यसैगरी वेथितीका विरुद्ध आवाज उठाउँदै जाने हो भने सकारात्मक परिवर्तनका लागि ठुलो योगदान हुन सक्छ कि ? यो पुस्तक यादगार पुस्तकका रुपमा पनि चिनिन सक्छ । जसरी राणाशासन र राजतन्त्र फाल्न लेखकका पुस्तकहरुको भूमिका रहेको थियो, त्यसैगरी आजको व्यवस्थामा सुधार ल्याउनका लागि पनि मेरो लेखनको महत्वपूर्ण भूमिका रहन सक्छ भन्ने ठानेकाे छु ।
तपाईद्धारा लिखित लोकतान्त्रिक सामन्तवाद पुस्तक लेखनको पृष्ठभूमि के हो ?वास्तवमा नेपाली समाजले सामन्तवादका प्रमुख प्रतिनिधि मानिएका राणा र राजाको शासन व्यवस्थाका विरुद्द लड्दै लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि कठिन संघर्ष ग¥यो । उनीहरु सामन्तवादी भएकाकारण बाट नै समाजमा असमानता बढेको र गरिबी चर्केको थियो । त्यस्तो असमानता र विभेदको अन्त्यका लागि लोकतान्त्रिक आन्दोलनहरु गरिए । अझ आन्दोलनहरु सफल भएर लोकतन्त्रको उदय भएपछि जनताको जीत भएको भनियो र खुसियाली समेत मनाईयो । त्यसपछि २८ वर्षको अवधिमा व्यवहारमा जनताले लोकतन्त्रको साँच्चीकै अनुभूति गर्न पाए वा पाएनन त ? समाजमा जकडिएको असमानता, विभेद तथा राज्य प्रणालीमा भएको कुशासन, भष्ट्राचार र अराजकता कस्तो देखियो त ? भन्ने सन्दर्भले मलाई यो पुस्तक लेख्ने पृष्ठिभूमि तयार ग¥यो ।
मुलुक लोकतन्त्र कार्यान्वयनको क्रममै छ, यस्तो खालको पुस्तक प्रकाशित गरिहाल्न अलि हतार भएको हो की ?मलाई त्यस्तो लाग्दैन, किनभने हामीले प्रजातन्त्र हुँदै लोकतन्त्र वा गणतन्त्र ल्याएको आज २८ बर्ष पार भैसकेको छ । वास्तवमा हामीले यतिबेला नीतिगत भ्रष्टाचारलाई सुधार्दै कुशासन र वेथितीमा नअल्झेर देश विकाशको एउटा प्रारम्भिक चरणमा प्रवेश गरिसक्नुपर्थ्याे । तर समाजमा र शासन प्रणालीमा आजपनि सामन्ती राणा र राजाको बेलाकै जस्तो हुकुमी, स्वच्छाचारी र विभेदपूर्ण छ । श्रमजीवी र किसानवर्गमा व्यापक असन्तोष देखिन्छ । लोकतन्त्र २८ बर्षको लक्का जवान हुँदा पनि यसलाई सिथिल बनाउने प्रयत्न गरिँदै छ । योजना बनाइएको छ तर कार्यान्वयन छैन । लोकतन्त्र शब्दमा मिठो भएको छ तर व्यवहारमा सामन्तवाद नै हावी भएको देखिन्छ । लोकतन्त्र भित्र भएको यस्तो वेथितीका विरुद्ध बोल्न यो पुस्तक प्रकाशनको हतार भन्दा पनि बरु ढिलो भएको हो की भन्ने मेरो बुझाई छ । बरु पुस्तकमार्फत आजको वेथितीलाई सुधार्न थोरै भएपनि केही योगदान दिनसके कि जस्तो चै लाग्छ ।
तपाई अकस्मात लेखनमा सक्रिय हुनुभएको जस्तो देखिन्छ, लेखनको माध्यमबाट व्यवस्था सुधारमा योगदान गर्न सकिएला त ?मैले यो पुस्तक लेख्न चै पक्कै पनि अकस्मात नै शुरु गरेको हुँ । किनकी अहिलेको सबैखाले असमानता । वोली र व्यवहारमा देखिएको फरक । जनतालाई दिने आवश्वासन र गराईको भिन्नता जस्ता कुराहरुले मलाई अकस्मात उत्प्रेरित गरेकै हो । वेथिती विरुद्धका एउटा पनि पुस्तकले सिंगो समाज र देशलाई सही सूचना दिनसक्छ भन्ने मलाई लाग्छ । सुधारका लागि वेथितीहरुको चाङको एउटा सामान्य चित्रण गर्दिन सक्छ लेखकले तर व्यवस्थामा नै सुधार गर्न सक्ने भन्ने त होइन । तर सबैले आ–आफ्नो ठाउँबाट यसैगरि वेथितीका विरुद्ध आवाज उठाउँदै जाने हो भने सकारात्मक परिवर्तनका लागि ठुलो योगदान हुन सक्छ कि । यो पुस्तक यादगार पुस्तकका रुपमा पनि चिनिन सक्छ । जसरी राणाशासन र राजतन्त्र फाल्न लेखकका पुस्तकहरुको भूमिका रहेको थियो, त्यसैगरी आजको व्यवस्थामा सुधार ल्याउनका लागि पनि मेरो लेखनको महत्वपूर्ण भूमिका रहन सक्छ भन्ने ठानेकाे छु ।
तपाईको विचारमा नागरिकहरुको बिचमा साँच्चीकै लोकतन्त्रको आभास कसरी दिलाउन सकिन्छ ?पहिलो कुरा त देशको नेतृत्वमा रहेको वर्गले आफुलाई साँच्चीकै देश र जनताप्रति जिम्मेवार भएर निस्वार्थ नीतिहरुको निर्माण र व्यवहारमा कार्यान्वयन गर्नतिर लाग्नुपर्यो । अहिले देखिएको सानालाई ऐन र ठुलालाई चैनको अन्त्य हुनुप¥यो । जनताले अनुभूति गर्नेगरी सामाजिक विभेद र असमानता हटाउने खालका कार्यक्रमहरु थालनी गर्नुप¥यो । सत्तामा पुगेका नेताले आफ्ना आसेपासेका नीम्ति राज्यका संयन्त्रहरुको दुरुपयोग रोक्नुप¥यो । मुख्यकुरा उल्लेखनीय मात्रामा बढिरहेको भ्रष्ट्राचार र गतिहीनताको अन्त्यका लागि सरकार संवेदनशिल हुनुप¥यो । जनतालाई आजको राज्यप्रणाली सुशासनतिर लम्कदैँछ भन्ने सन्देश व्यवहारबाट दिनुपर्यो । यसका लागि राजनैतिक नेतृत्वसँग इच्छाशक्ति र दुरदृष्टि आवश्यक हुनप¥यो । यही कुरा मैले पुस्तकमा उल्लेख गरेको छु ।
तपाईले आफ्नो पुस्तकमा नेपालका वर्तमान राजनैतिक पार्टीहरु विकाशको नेतृत्व गर्न सक्दैनन् भनेर लेख्नुभएको छ, तर यिनिहरुको विकल्पबारे मौनताजस्तो देखिन्छ नि ?राज्य भनेको जनताका इच्छा, आकांक्षा र आवश्यकतालाई पूर्ति गर्ने संस्था हो । शासन प्रणाली त एउटा पुल हो जसले जनताको समस्या समाधानका लागि र आवश्यकतालाई पुरा गर्नका लागि राज्यको श्रोत, साधन र अवसरलाई जनतासम्म पु¥याउने काम गर्दछ । लोकतन्त्रको सुगन्ध भनेको राजनीतिक पार्टीहरु नै हो जो जनताका समस्या लिएर समाधानका लागि राज्यसत्तामा पुगेका हुन्छन । तर ती राजनीतिक पार्टीहरु यिनै र यहीँ हुन्छन भन्ने छैन । लाग्न सक्छ सबैले जनताको समस्या समाधानका लागि नै हो भन्लान तर व्यवहारले त्यो देखाउको छ कि छैन भन्ने मुल कुरा हो । देशले वि.सं. २०४६ देखि वि.सं. २०७५ सालसम्म कतिवटा राजनीतिक पार्टीका सरकारलाई बोक्यो । तर जनताको बस्तिमा भएको अभाव, असमानता, विभेद र समस्यालाई कुन पार्टीको सरकारले हल ग¥यो त ? हल गर्ने प्रयत्न गर्दै थिएँ भन्ने अरु के सुन्न पाइयो त ? जनताको सरकारले जनताको समस्या समाधानका लागि २८ बर्षसम्म पनि प्रयत्न गर्दै थिएँ भन्दै ढाँट्न मिल्छ ?
कुन चाँही पार्टीको नेतृत्वले वा नेताले शासन प्रणाली गलत रुपमा संचालन हुँदैछ है यसलाई सच्चाउन प¥यो भनेर वकालत गरेको सुनियो त ? यसकारणले मैले आजका सत्ता संचालकले विकासको नेतृत्व गर्न सक्दैनन् भनेको हुँ । आवरणमा लोकतन्त्र जस्तो लागेता पनि यो वास्तविक लोकतान्त्रिक व्यवस्था होइन, लोकतान्त्रिक सामन्तवाद हो र लोकतन्त्रमा सामन्तवाद फस्टाउन नपाओस् भनेर पुस्तक मार्फत वास्तविक लोकतन्त्रका लागि चेतना छर्ने काम गरेको हुँ ।