कविता
-दाजु गुरुङ
दिनचर्या फेरिएको छ–सधैँ ऊसमर सिजनमासागर धाउनको अल्छीलेबाँधमा नुहाउँथ्यो, पौडी खेल्थ्योर अल्छी लाग्दाबल्छी खेलेर बिताउँथ्योबाँदर धपाउँथ्योबँदेल लखेट्थ्योतर आजकल यसो गर्दैन ऊ ।
उठबसरहनसहन, खाना दानामाबदलाव आएको छ,चोइसाम फलफूलदही, दूध, घ्यू, खुब मन पराउँथ्यो पहिलेदालभात, ढिँडो, रोटी, गुन्द्रुक, सिन्की र मुन्टाका स्वादहरुबिर्सिएको छगफ गरे जस्तो हुन्छ अचेलआयातीत ब्रेकफास्ट, लञ्च, डिनर खान्छ ऊपानी पँधेरी–कुवा–जरुवा बुझ्दैन अचेलउसले बुझेको छ–कुनै बेला जिन्दगीसेन्ट्रलको ट्राम जस्तो थियो
वारी पारि गर्ने स्टार फेरि जस्तो थियोतर जिन्दगीजमीनमुनि दौडिन सक्ने एनटीआर होआकाशमाथि माथि उड्ने यान होसीमा वारपार गर्ने केसिआर हो–हाईवे ब्रिज होसमयको डुङ्गा सवार भएपछिकेही न केही, धेरै–थोरैयस्तै–यस्तै हुन्छ नैसोच्ने गर्छ र भन्ने गर्छ ऊ ।
कुनै समय थियोतलतल परपर आकाश गङ्गा जस्तो लाग्नेसहरका बत्तीहरु रातमा झुल्किँदाकाला रात्रीबीच आफ्नो अनुहार खोज्ने गर्थ्यो ऊर, बत्तीको उज्यालो तापेरहिउँदका सिरेटो भगाउँथ्योएकसरो सुतीको बर्को काफी हुन्थ्योएउटा अलग समय थियो–संसार थियो–परिचय थियोठीकै थियो, खुशी थियो ऊ ।
तर आज ऊपटक्कै सन्तुष्ट छैन हिजोसँगहिजो भुल्न चाहन्छ सधैँ सधैँका लागिर, त हरेक दिनहरु पछि आउने हप्ता हरहप्ताविद्रोह ,आक्रोश, असन्तुष्टि, सन्तुष्टि, खुशी बेखुशीपोख्ने गर्छ समयमाथिअनि एउटा अलग सुपर इगो पालेरफरक उपस्थिति र पहिचानको खोजीर घोषण गरिरहन–भनिरहन– सुनाइरहनडाँडाको काँखमा साउन्ड बक्सहरु झुण्ड्याएरधावा वोल्छ फूल साउडमा हल्लाकोमन परी मन नपरी कोयलाका थुप्राहरुमा आगो झोस्छआयातीत बासी मांसको धुप चढाउँछसिधासाधा निमुखा बाँदरहरुलाई नचाउँछ र उफार्छ–पछार्छर हाँगा हाँगाबाट पोथ्रा पोथाहरुबाटचराहरु तर्साउँछ–भगाउछ बुख्याँचा बनेरअनि आत्मारति एउटा लामो श्वास फेर्छर कुखुरे छाती तन्काउछ ऊ ।
र, आजभोलिहरेक हप्ता हरहप्ताडाँडामाथिको को आउछनु जान्छन् ?कुनै हेक्का राख्दैन ऊजो आए गए पनि बाँदर नै देख्ने गर्छमात्तिनु–पात्तिनु–छाद्न्–छेर्नु–उफ्रिनु–पछारिनुजहाँ गए पनि ,जहाँ भए पनिबाँदर बाँदर नै हुन्छ, त्यसै गर्छसोच्छ र सोचिरहेछ ऊ ।बाँदरहरु सधैँ मङ्की हिलमा हल्ला गर्छन् ? पौँठेजोरी खेल्छन्कुन्नि किन नदुखेको घाऊ पनि बारम्बार कोटुयाई रहनछन्तर कुनै मतलब राख्दैन मालव-सान अचेलवेफिकर छ मङ्कीहिल ।
–हङकङ