कविता–सन्ध्या सापकोटा
कसले बोलाएकोमैयाँ तिमीलाईतिमी गयौ सबेरैतिमीलाई प्रेम थिएन ?आफ्नै बाआमा, भाइ बहिनीको ....?तिमीलाई याद भएन ?
तिम्री आमाले चियामा सातु फिटेएर खुवाएको...तिम्रा ङोलो,ङोल्स्योसँग झोरा,मारुनी, सालैजो नाँच्न गएको ...
तिम्रो आप्पाले उ त्यो बेशीमाहड्डी खियाएर तिम्रो नाममाल्याइदिनु भएको त्योचोला,घाटु सारी,कर्मु ,फगि,र बिरु,सम्झिएनौ र ...तिमीलाई झनै धेरै सुहाउँथ्यो,काजी, मारटा, झोका, शिरफूल, कर्मे, र भेची ।
किन गयौ मैयाँ तिमी कुवात्यो कलिलो कम्मरमाजिन्दगीको मुहान उघाएर ल्याउछु भनी...
मैयाँ तिमीलाई सानैदेखि तिम्रो आप्पालेजीवन नाचिरहन्छ,अस्तित्व मुस्काइरहन्छएक दार्शनिक ढाँचामा भनेर सुनाइरहनु हुन्थ्यो ।
सुन्न चाहिनौ कहिल्यै त्यसैलेएक आपसमा समाहित हुनजसरी नदीका दुई किनाराअनि चुम्बकका दुई धुर्वहरूजस्तै लाचार भएका छन्,त्यसरी नै यो दुनियाँलाईआफ्नो व्यथा, वेदना, कथा सुनाउँदैछन् मैयाँ तिम्रा आप्पा र आमा ।
तिमीमा त अधैर्यता, डर त्रास थिएनदिग्भ्रमित कहिल्यै थिइनौअन्यौलताको भूमरीमा परिनौ ।तर पनि तिम्रो बच्पनाको अगाडि कसैले सकेनन् र त..कल्पनाका प्वाँख सिउँरिएर,कालो आकाश निल्दैछु भन्दैपँधेरीमा पानी लिन गएकी तिमीपोखरीको रानी भयौ मैयाँ....