जोसेफ शाहीकाठमाडौं । भारतकी निकै व्यस्त गायिका नेहा कक्करका दर्जनौं गीत सुपरहिटको लिस्टमा छन् । उनका गीतमध्ये एउटा सर्वप्रिय गीत हो ‘मिले हो तुम हमको, बडे नशीवो से’ । यो गीत युट्युबमा ६६ करोड २८ लाख भन्दा बढी हेरिएको छ ।
साँगीतिक यात्रामा एकपछि अर्को सफलता हातपार्दै गएकी नेहाले व्यक्तिगत जीवनमा भने निकै ठूलो घात ब्यहोर्नु पर्यो । ४ वर्षदेखि नायक हिमांश कोहलीसँग प्रेमसम्बन्धमा रहेकी नेहाको सम्बन्ध टुट्यो । सम्बन्ध टुक्रिएपछि विक्षिप्त उनले हिमांशसंगका तस्विर डिलिट मात्र गरिनन् आफ्नो पीडा खुलेर इंस्टाग्राममा पोखिन् । बिछोडको पीडाले उनी डिप्रेशनमा गएको समाचार प्रकाशित, प्रसारित भए ।
जिन्दगीसँगै बिताउने भन्दै सँगत गरिएकासँगको बिछोडलाई सहन कहाँ सजिलो छ र ? तर पनि नेहाले आफूलाई सम्हाल्दै भर्खरै आत्मबिश्वासले भरिएको गीत सार्वजनिक गरेकी छन् । ‘ईश्मे तेरा घाटा, मेरा कुछ नहीँ जाता’, गजेन्द्र बर्माको आवाजमा पहिलेनै रेकर्ड भइसकेको यो गीत नेहाको आवाजमा पनि उत्तिकै मिठो सुनिन्छ । गीतले भन्छ, यसमा घाटा तिमीलाई छ, मेरो केही बिग्रिने वाला छैन, धेरै प्रेम हुन्थ्यो भने दिलले सहने सामथ्र्य राख्थेन ।
यो गीतका प्रत्येक शब्दले उनका पूर्वप्रेमीलाई झापड हानेझै लाग्छ । हामी कसरी विश्वस्त हुन सक्छौं भने, आफैमा एक बा्रण्ड, दर्जनौं हिट गीतकी गायिकाले सम्बन्ध टुक्रेको खबर सेलाउन नपाउदै अरुलेनै गाएर हिट भइसकेको गीत गाइन् । उनलाई थप हिट हुनलाई यही गीतनै गाउन शायद जरुरी थिएन । तर, मनभरीको पीडा र आवेगलाई पोख्ने गतिलो माध्यम यही गीत भएर हुनुपर्छ उनले गाइनन् मात्रै अभिनय समेत आफै गरेकी छन् । सुन्दा लाग्छ, मुटुमाथि खसेको बिश्वास घातको पहाड उल्ट्याउने साबेल बनिदिएछ यो गीत ।
नेहाको आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत ४ दिनमै २ करोड २९ लाख ५० हजार भन्दा बढीले हेरिसकेका छन् । गीत युट्युब ट्रेन्डिङको ५औं नम्बरमा छ । गीत हेराईको रफ्तारले नेहाको टुटेको आत्मविश्वास अझै बलियो हुँदै जानेमा विश्वस्त हुन सकिन्छ । वास्तवमा गीत संगीतले जोडिएका मनहरु टुटाउने होईन, टुटेका मन जोड्न सक्नुपर्छ ।
https://www.youtube.com/watch?v=AmXRYGI9sRI