काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ । काठमाडौंमा प्रदर्शन गर्दै कांग्रेसले सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सर्वसत्तावाद र अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न जनतालाई आह्वान गर्दै नेपाली कांग्रेसले सोमबार काठमाडौंमा ¥यालीसहितको विरोध प्रर्दशन गरेको हो ।
काठमाडौंको रत्नपार्क्स्थित शान्ति वाटिकाबाट शुरु भएको कांग्रेसको विरोध प्रर्दशन बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, सहिदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नारबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनीहरुले वाईडबडी विमान खरिदमा ठूलो घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जब्बरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, द्वन्दकालीन मुद्दा लागेकाहरुलाई माफी दिनेलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।
¥यालीपछि आयोजित कोण सभामा बोल्दै कांग्रेस नेताहरुले सरकारविरुद्ध आन्दोलनमा होमिन जनतालाई आह्वान गरेका थिए । उनीहरुले वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड भन्दाबढि भ्रष्टाचार गरेको भन्दै त्यसको विरोधमा उत्रिन पनि जनतालाई अपिल गरे । कांग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिनुभयो । उहाँले राणा शासन ढालेको, बहुदल ल्याउने तथा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व लिएको आफ्नो पार्टीलाई कमजोर ठान्ने गल्ती गरे जनताले वर्तमान सरकारलाई पनि ढालीदिने दाबी समेत गर्नु भयो । नेता सिंहले सरकारले कैलाली घटनाका आरोपी रेशम चौधरीलाई सांसदको शपथ गराएर विधिको शासनको धज्जी उडाएको आरोप पनि लगाउनु भयो ।
कांग्रेसका अर्का नेता राजेन्द्रकुमार केसीले ४ अर्ब ३५ करोड वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको दाबी गर्दै सरकारविरुद्ध आन्दोलनमा उत्रन जनतालाई आह्वान गर्नु भयो । उहाँले सरकारले जनताविरोधी काम गरिरहेकाले त्यसको विरोधमा आफूहरुले प्रदर्शन गर्नु परेको पनि बताउनुभयो । नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंको आह्वानमा आयोजना गरिएको सरकारविरोधि प्रदर्शनमा कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकमा शान्ति, सुरक्षा समेत दिन नसकेको भन्दै आक्रोश पनि व्यक्त गरिएको थियो ।
हेटौंडायता, कम्युनिष्ट सरकारले कांग्रेसको इतिहास र अस्तित्वलाई समाप्त पार्न खाजेको कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले आरोप लगाउनुभयो । सरकारको अधिनायकवादी शैली र देशमा बढिरहेको महंगी भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारलगायतका घटनाको विरुद्धमा नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा गरेको विरोध प्रदर्शनीलाई सम्बोधन गर्दै नेतृ भुषालले देशको स्वाधीनताको रक्षाको लागि योगदान पु¥याएका व्यक्तिहरुको नामलाई अहिलेको सरकारले मेट्न खोजेको आरोप लगाउनुभयो । उहाँले कम्युनिष्टको सरकार आएपछि देशमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार बढेको दाबि गर्नुभएको छ ।
धनुषात्यस्तै देशभरी नै घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा बृहत प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट निस्केको विशाल विरोध जुलुश नगरपरिक्रमा गर्दै रेल्वे स्टेशनमा कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी वर्तमान ओली सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनुभयो । उहाँले सम्वोधनका लागि माइक समात्दै सरकारविरुद्ध नारा लगाउनुभयो । उपसभापति निधीले प्रतिपक्षीदलको अधिकारलाई पनि हनन गरेर वर्तमान ओली सरकारले विगतको राणा शासनलाई उदय गरेकोे आरोप लगाउनुभयो । विरोध कार्यक्रममा पूर्व खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मधेशी दलहरु प्रति आक्रमक बन्नुभयो । उहाँले धनुषा तीन नम्वर क्षेत्रबाट जितेर विलिन भएका राजपाका नेता राजेन्द्र महतो ओली सरकारको कांखमा गएर बसेको आरोप लगाउनुभयो ।
चितवनयता, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मुलुकमा रेल सञ्चालन गर्ने कुरा सकारात्मक भए पनि प्रष्ट भिजनसहित रेलका कुरा गर्नुपर्ने बताउनुभएको छ । रेल नेपालमा आउनुपर्छ, रेल नेपालमा ल्याइनुपर्छ भनेर नेपाली कांग्रेसले पनि घोषणा पत्रमा उल्लेख गरेको बताउँदै शर्माले सपनाको शीरमा रातो रिबन बाँधेर रेलको सपना पूरा नहुने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै शर्माले अन्य देशसँग सहयोग मागेर रेल निर्माण गर्न सकिने भएपनि ऋण लिएर तथा नेपालकै लगानीमा रेल सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो । रेलको सपना पूरा गर्न संकल्प, योजना, डीपीआर र लगानी आवश्यक पर्ने भन्दै शर्माले रेल बनाइदिन विदेशीलाई आग्रह गर्दै उनीहरुकै मुलुकको नाममा रेलको नाम राख्न सकिने बताउनुभयो । नेपाली काँग्रेस चितवनले नारायणगढमा आयोजना गरेको बिरोधसभाका कारण पूर्व पश्चिम राजमार्ग करिब दुई घण्टा अवरुद्ध भएको थियो । भरतपुरको चौबिसकोठीबाट ब्यानर र नारासहित ¥याली तथा सभामा विद्यार्थी तथा जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो ।
बाँकेनेपाली कांग्रेस बाँकेले सोमबार नेपालगन्जमा बृहत बिरोध ¥यालीको आयोजना गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यक्रम अनुसार बाँकेमा बृहत बिरोध ¥यालीको आयोजना गरिएको नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले जानकारी दिनुभयो। बिरोध ¥यालीमा कार्यकर्ताहरुले मृल्य बृद्धि कम गर, निर्मलाका हत्यारालाई कारबाही गर, सुन तस्करलाई कारबाही गर भन्दै बिरोध जनाएका थिए । बिरोध ¥याली नेपालगन्जको बिपि चोकबाट शुरु भई धम्बोजी चोक, सेतु बिक चोक, त्रिबेणी मोड हुदै त्रिभुवन चोकमा गएर समापन हुने जनाइएको छ ।
काभ्रेयता, नेपाली कांग्रेस काभ्रेले सरकारको बिरोधमा बनेपामा विरोध प्रदर्शन कार्यक्रम गरेको छ । आइतबार बनेपामा बर्तमान सरकारले जनताको हितमा केहीपनि काम नगरेको हत्या हिंसा बृद्धि, निर्मला हत्या काण्डमा दोषी पत्ता नलागेको बिषयमा नारा जुलुस सहित विरोध कार्यक्रम गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. रामशरण महतले यो सरकारले चुनाबको नारा अनुसार काम नगरेको समृद्धि नेपाल बनाउन भन्ने कुरा मात्र रहेको बताउनुभयो । सरकारको जनता, मिडिया र नागरिक समाजले नै बिरोध गरिरहेको बताउनुभयो । कांग्रेसले अहिले बहुमतको सरकारको बिरोध सदन देखि सडक सम्मको कार्यक्रम गरिरहेको बताउनुभयो ।
भक्तपुरयसैबीच नेपाली कांग्रेस दुई तिहाईको दम्भका कारण सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै विरोध प्रदर्शनको आयोजना गरेको छ । विरोध सभालाई कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गर्दै नेताहरुले बाइडबडी खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त बलात्कार, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा कांग्रेसले सरकारको विरोध गरेको हो । कांग्रेसले मुलुकमा महंगी, अपराध र अराजकता मौलाउँदै गएको भन्दै सरकारको विरोध गरेको हो । नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको विरोध सभामा बोल्दै पार्टीका केन्द्रिय नेताहरुले सरकारको गतिविधि अधिनायकवादी शैलीको भएको आरोप लगाएका छन् । कांग्रेसले वर्तमान सरकारले आफूलाई सच्याएर जनताको पक्षमा काम गर्न समेत आग्रह गरेको छ ।